१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। बिहुँकोट समाज जापानको १८ औँ साधारणसभा सस्थाको बिधान संसोधन गर्दै टोकियोमा सम्पन्न भएको छ । २००८ मा टोकियोमा गठन भएको समाजले १८ औँ साधारण सभा सम्पन्न गरेको हो ।

बिहुँकोट समाज जापानका अध्यक्ष दिपक कडेंलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं एनआरएनए जापानका अध्यक्ष नविन निऊरेले नेपालीहरु संख्या बढे संगै सबै संघ सस्थाको सामाजिक दायित्व पनि बढ्दै जाने बताए।

उपाध्यक्षद्वय फणिन्द्र शर्मा र टिकाराम कंडेलले समाजका हाल सम्मका गतिबिधि र भबिष्यमा गर्नुपर्ने कार्यहरुको बारेमा प्रकाश पारेका थिए। कार्यक्रममा कोषाध्यक्ष नारायण कडेलले आयव्यय विवरण र महासचिव घनश्याम कंडेलले प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा बिहुँकोट समाज जापान कान्साई क्षेत्रीय समितीका अध्यक्ष बलबहादुर कंडेल क्षेत्री मुकेश, उपाध्यक्ष लक्ष्मण न्यौपाने, कुडुँले समाज जापानका अध्यक्ष रामप्रसाद आचार्य, बागलुङ्ग समाज जापानका उपाध्यक्ष गुरूप्रसाद सापकोटा , बिहुँकोट समाज जापानका सस्थांपक सदस्य अनन्त रिजाल, पूर्व अध्यक्ष अशोक शर्मा , सागरप्रसाद कंडेल, सह- सरंक्षक डिपी कंडेल, सरंक्षक दिपक सुबेदी लगायतले आफ्ना धारणाहरु ब्यक्त गरेका थिए।

साधारणसभाले बिधान शंसोधन समितिका संयोजक अशोक शर्माद्वारा प्रस्तुत गरीएको बिधान शंसोधन सहित पारित गरेको आयोजकले जानकारी दिएको छ। कार्यक्रममा लोक तथा दोहोरी गायक बिष्णु खत्रीको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा संस्थाको दुइ कार्यकाल नेतृत्व गरेका संस्थापक अध्यक्ष ऋषिराम कंडेल र पूर्व अध्यक्ष सागरप्रसाद कंडेललाई दोसल्ला र सम्मानपत्रका साथ सम्मान समेत गरिएको आयोजकले बताएको छ।

त्यस्तै संस्थाको कान्तोउ क्षेत्रीय समिति तीन महिना भित्र गठन गर्ने गरी सहजीकरणका लागि पूर्व अध्यक्ष अशोक शर्माको नेतृत्वमा अध्यक्ष दिपक कंडेल र उपाध्यक्ष फणिन्द्र शर्मा सदस्य रहने गरी तिन सदस्यीय समिति समेत गठन गरिएको छ।

महासचिव घनश्याम कंडेलले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष रामु कंडेलले स्वागत मन्तब्य ब्यक्त गरेका थिए।