२१ जेष्ठ २०८३, बिहीबार 04 Jun 2026, Thu
kyodainews
ताजा खबर
Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025 Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote 100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026 Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben? Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen Casino Prämie exklusive Einzahlung 2025 In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail! Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC

टोकियो। गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको अध्यक्षमा सुबास लामिछाने बिजयी भएका छन्।

आइतवार भएको निर्वाचनमा ७ हजार १५२ मत प्राप्त गरि लामिछाने अध्यक्ष पदमा बिजयी भएका हुन्। उनका प्रतिद्वन्दी सिद्दार्थ श्रेष्ठले ५ हजार १९३ मत प्राप्त गरेका थिए।

त्यसैगरी बरिष्ठ उपाध्यक्ष पदका लागि भएको मतदानमा निबर्तमान महा-सचिब टिकाराम खरेलले ६ हजार ४१८ मत प्राप्त गरी बिजयी भएका छन्। बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका निबर्तमान उपाध्यक्ष कृष्ण गैरे शर्माले ५ हजार ९२७ मत प्राप्त गरे।

त्यसैगरी उपाध्यक्ष पदमा भएको मतदानमा ८ हजार ७०२ मत प्राप्त गर्दै मुक्तिराम खनाल (बिनोद), ६ हजार ९४९ मत सहित दिलिप कंडेल र ६ हजार १०१ मत सहित दिपक सुनार बिजयी भएका छन्।

उपाध्यक्ष पदकै लागि उम्मेदवारी दिएका नारायण सुबेदीले ५ हजार ९२८, दिपेश खत्री (केसी) ले ५ हजार ७८३ र रुद्र मल्ल (मनोज) ले ३ हजार ५७२ मत प्राप्त गरेका थिए।

क्षेत्रीय उपाध्यक्ष पदमा आफ्ना प्रतिद्वन्दी हरि प्रसाद कंडेललाइ पराजित गर्दै बिष्णुप्रसाद सुबेदी (विश्व) बिजयी भएका छन्। सुबेदीले ६ हजार ९८३ मत प्राप्त गर्दा कंडेल ५ हजार ३६२ मत प्राप्त गर्न सफल भए।

त्यस्तै महा-सचिब पदका लागि भएको निर्वाचनमा श्याम कुमार श्रेष्ठ (श्याम शितल) ले ६ हजार ३८४ मत प्राप्त गरी बिजयी भएका छन् । सोही पदका लागि उम्मेदवारी दिएका निबर्तमान प्रबक्ता बिश्वास गौतम (खगराज) ले ५ हजार ८६३ मत प्राप्त गरेर उप-विजेतामा सिमित रहे।

त्यसैगरी सचिब पदका लागि ८ हजार ८ मत सहित नेत्र पाण्डे र ५ हजार ८६३ मत सहित डिल्ली प्रसाद सापकोटा (बिष्णु) निर्बाचित भएका छन्।

क्षेत्रीय सचिब पदमा भएको निर्वाचनमा सागर कार्की सर्बाधिक मतान्तर सहित बिजयी भएका छन्। उनि आफ्ना प्रतिद्वन्दी ज्ञानेन्द्र भट्ट (ज्ञानु) लाइ ४ हजार ६८५ मतले पछि पार्दै बिजयी भएका हुन्। कार्कीले ८ हजार ५१५ मत प्राप्त गर्दा भट्टले ३ हजार ८३० मत प्राप्त गर्न सके।

हिजै सम्पन्न निर्वाचनमा कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका मुक्तिराज रेग्मी निर्वाचित भएका छन्। आफ्ना दुइ कृष्णप्रसाद पोखरेल (बाबु) र राकेश लामालाइ पछि पार्दै निर्वाचित भएका हुन्।

निर्वाचन समितिले दिएको जानकारी अनुसार रेग्मीले ५ हजार ७८६, पोखरेलले ३ हजार ५३१ र लामाले ३ हजार २८ मत प्राप्त गरेका थिए।

त्यस्तै क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका तीन जना मध्ये ४ हजार ४२४ मत सहित सन्दिप जिसी बिजयी भएका छन्। सोही पदका लागि उम्मेदवारी दिएका रमेश गिरिले ४ हजार २९ मत र नासिरदीन मियाले ३ हजार ८९२ मत प्राप्त गरे।

त्यसैगरी सदस्य पदका लागि मिलन अर्याल (६ हजार १६), कमलेश जिसी (५ हजार ३६९), नबिनदीप गुरुङ (५ हजार ३६८), रमेशराज जैसी(५ हजार १३६), निराजन मल्ल (४ हजार ५५२), कृष्णप्रसाद भूसाल (४ हजार ८५६), भिमबहादुर बुढाथोकी (४ हजार ५८१), सुरेश सापकोटा ( ४ हजार ५७३) र प्रकाश बिश्वकर्माले ४ हजार ५४६ बिजयी भएका छन्।

सदस्यका अन्य उम्मेदवारहरु शंकर सुबेदीले ४ हजार ३९४, कुशल पौडेलले ४ हजार ३२२, खिम राज शाहले ४ हजार ८ यमलाल सापकोटाले ४ हजार ७, सुरेश सापकोटा (टोकियो)ले ३ हजार ८३२, अनिल गिरीले ३ हजार ७८५, सुर्य लामिछानेले ३ हजार ६२४, सुरेन्द्र गिरीले ३ हजार ५४४, गोपाल काफ्लेले ३ हजार ५०१, अशोक भट्टराईले ३ हजार ४२८, गणेश अधिकारीले ३ हजार १४२, मिलन नाम्बु (महर्जन)ले ३ हजार ५१, अनिल शर्मा पौडेलले २ हजार ९६५ अरुण खड्काले २ हजार ६८३, बालकृष्ण सापकोटा २ हजार ६३१, भुमिराज दवाडीले २ हजार ६०५, चर्चिल कार्कीले २ हजार ५९६, मंगल बहादुर सुनारले २ हजार ५६०, शोभाकर कंडेल २ हजार ५२३ र कृष्ण बहादुर पाण्डेले २ हजार ५०७ मत प्राप्त गर्न सफल भए।