१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो। बहुप्रतिक्षित नेपाली चलचित्र महाजात्रा टोकियोमा पनि प्रदर्शन हुने भएको छ। आन्भी एण्ड पिरो इन्टरटेन्टमेन्टको सहयोगमा सचिन आचार्यले जापान भित्र्याएको उक्त चलचित्र मार्च २३ तारिख टोकियोको नाकानो जेरो हलमा प्रदर्शन हुन लागेको हो।

चलचित्र महाजात्रा यसअघिका जात्रा र जात्रै जात्राको तेश्रो सिकुएल हो । चलचित्रमा जात्रा र जात्रै जात्राका अधिकांस कलाकारले अभिनय गरेका छन् भने यसपटक आकर्षणको केन्द्र हुन् हरिबंश आचार्य ।

आचार्यलाइ फिल्मको पोस्टरमा भिलेन लूक्समा प्रस्तुत गरिएता पनि उनको पात्रबारे केही खुलाइएको छैन।

जापानमा जात्रा र जात्रै जात्राले दर्शकको मान राम्रो संग जितेकाले महाजात्राले पनि दर्शकको माया पाउने बिश्वास गरिएको वितरकले जनाएको छ। ‘हामीले आइतवार फिल्म प्रदर्शन गर्ने सोंच बनाएका थियौं’ जापानमा महाजात्रा भित्र्याएका आचार्यले भने ‘तर आइतवार हाल नपाएकाले शनिवार राखिएको हो।’

महाजात्राले दर्शकको मन कत्तिको जित्छ त्यो भने प्रदर्शनका दिन थाह हुने आयोजकको भनाइ छ।