५ बैशाख २०८३, शनिबार 18 Apr 2026, Sat
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । ​लिबियाको त्रिपोली क्षेत्रबाट १ हजार ५०० आप्रवासी कामदार पक्राउ परेका छन् ।​ 

लिबियाली अधिकारीहरूले राजधानी त्रिपोलीको पूर्वमा रहेको एक वस्तीमा शनिबार छापा मारी करिब १ हजार ५०० कागजातविहीन आप्रवासी कामदारहरूलाई पक्राउ गरेका हुन् ।

शनिबारको अनुगमनमा कागजातविहीन विदेशी कामदार बस्ने घरहरू फेला परेका हुन् । ‘विभिन्न देशका यी कामदारहरूसँग आवासीय अनुमति, आधिकारिक राहदानी र स्वास्थ्यसम्बन्धी कुनै रेकर्ड थिएन’, एक अधिकारीले भने ।​ 

लिबियामा सन् २०११ मा नेटो समर्थित विद्रोहमा लामो समयदेखि सत्तामा रहेका मोआमेर कद्दाफीलाई सत्ताच्युत गरी हत्या गरिएपछि लिबिया द्वन्द्वको चपेटामा परेको छ ।​

त्रिपोलीस्थित प्रधानमन्त्री अब्देल हामिद देबेइबाको सरकार र पूर्वमा रहेको प्रतिद्वन्द्वी प्रशासनबीच देश विभाजित छ ।

इटालीबाट करिब ३०० किलोमिटर टाढा रहेको लिबिया समुद्रमा आफ्नो ज्यानको जोखिम मोलेर युरोप पुग्ने हजारौं आप्रवासीका लागि प्रमुख ‘शुरूवात विन्दु’ बनेको छ ।​

त्रिपोलीको पूर्वतिर लक्षित उक्त क्षेत्रमा अग्ला पर्खाल र ठूलो ढोकाले घेरिएको अस्थायी शिविरहरू रहेका छन् ।

अधिकांश इजिप्ट र उप–सहारा अफ्रिकी मुलु्कका सयौं आप्रवासीहरू त्यहाँ बसोबास गर्ने गरेको पाइएको अधिकारीहरूले बताएका छन् ।