Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025
Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote
100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung
PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen
Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026
Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben?
Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten
Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten
Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen
Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen
Casino Prämie exklusive Einzahlung 2025
In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen
Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor
Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode
Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter
Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren
Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail!
Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote
Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren
Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC
टोकियो । जापान पूर्वी एसियामा पर्ने टापुहरूको देश हो । नेपालीका लागि जापान नौलो होइन । हरेक शहर र गाउँबाट कोही न कोही नेपाली जापान गएको छ । अधिकांश विद्यार्थी र केही कामदारसमेत जापान पुगेका छन् । प्रचुर सम्भावना र आशै आशाले भरिएको राष्ट्र हो जापान । आधुनिक शिक्षा प्रणाली, प्रविधिमा अग्रसरता र पढ्दै कमाउन सक्ने सम्भावनाले धेरै विद्यार्थीले जापान रोज्ने गर्छन् ।
सम्भावना र आशाहरूले जापानका हरेक शहरहरू भरिपूर्ण छन् । शहरको उज्यालो हेर्दा लाग्छ यसले भविष्यलाई त्यसै पनि उज्यालो बनाइदिन्छ । यहाँका शहरहरूको दृष्टि जति उज्यालो छ, त्योभन्दा निकै डरलाग्दो यसभित्रको अन्धकार पनि छ । भित्रको वास्तविक चित्र भने केही फरक छ ।
यो नितान्त मेरो व्यक्तिगत अनुभवमा आधारित छ । २०८१ वैशाख २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ हुँदा मलाई धेरै पीडा भएको थियो । देश छोड्नुपर्ने बाध्यात्मक पीडा मसँग थियो नै । त्यो पीडामाथि थप पीडा वैशाख २६ गते माता तीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनले थपेको थियो ।
शास्त्रमा पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाबाट आशीर्वाद थाप्ने दिनमा म देश छोडेर जाँदै थिएँ । त्योभन्दा पनि दुःखको कुरा मलाई बिदाइ गर्न विमानस्थलमा आमा थिइनन् । केवल बुबा मात्रै हुनुहुन्थ्यो ।
भन्छन्, मानिस सबैभन्दा बढी र लामो समयसम्म रुन्छ भने त्यो जन्मेको समयमा हो । जन्मको बेला म कति रोएकी थिएँ ? त्यो त मलाई थाहा भएन तर, त्यसपश्चात सायद कहिल्यै सबैभन्दा धेरै रोएको र आँखाबाट आशु खेसेका छ भने त्यो वैशाख २६ गते नै हो । यद्यपि विदेशको बसाइँमा कयौँ रात रोएरै कटाएँ, कयौँ रात कल्पना र सम्झनामा आँसु झारेरै कटाएँ । अझै कति दुःख भोग्नुपर्ने हो त्यो बाँकी नै छ ।
जापानमा नेपाली विद्यार्थीहरूले भाषा, संस्कृति, रहनसहनको समस्या भोगिरहेका हुन्छन् भन्ने कुरा सुनेको मात्रै थिएँ । जब आफू जापान आएँ सबै कुरा छर्लङ्गै भयो । यसलाई सामान्य समस्या भन्न सकिन्छ । किनभने यो नेपाल होइन र यहाँ आउनेहरूलाई यहाँको रहनसहन, भाषा र संस्कृतिबारे थाहा नभएको पनि होइन । तर, फरक के भइदिन्छ भने आर्थिक बोझको भारी बोक्दै जापान आएपछि कहिल्यै आनन्दको निन्द्रा भने पर्दो रहेनछ ।
मलाई लग्थ्यो, नेपालमा केही गर्न सकिएन, ऋण लिएर भए पनि जापान गएपछि आर्थिक रूपमा सम्पन्न भएर भविष्यको चिन्ता त लिनुपर्दैन । आखिर सबै भविष्यकै लागि भाग दौड गरिरहेकै हुन्छन् । तर जुन भविष्यको लागि जापान आएकी थिएँ त्यही भविष्यलाई लिएर म स्तब्ध हुन्छु । जापान भविष्यभन्दा पनि पढ्ने र पैसा कमाउने शहर मात्रै हो भविष्य बनाउने होइन ।
एक वर्ष पूरा भएर दुई वर्ष हुँदैछ जापान आएको । अबको दुई वर्षपछि मेरो पढाइ सकिन्छ । त्यसपछि के हुन्छ ? भन्ने कुराले म चिन्तित छु । पढाइको खर्च र यहाँको खर्च अनि आउँदा लिएको ऋण तिर्नमै ठिक्क छु । यहाँ जहिलेसम्म दिनरात खट्न सक्यो पैसा आउँछ । दिनरात खट्न बन्द भएको दिन पैसा पनि बन्द हुन्छ ।
सबैभन्दा डरलाग्दो कुरा त मलाई के लाग्छ भन्दा म भोलिको दिनमा के गर्छु ? मसँग सायद केही लाख रुपैयाँ होला । तर, के गर्ने ? कुनै विषयमा विज्ञता हुनेछैन । यसरी दिनरात कहिले होटेलमा, कहिले पसलहरूमा, कहिले सरसफाइ त कहिले के हो के ? यस्तो कामले मलाई के को विज्ञता दिन्छ ? मलाई के आउँछ ? नेपालमा फर्केपछि मैले के गर्ने ? लगायत प्रश्नहरू झनै डरलाग्दा छन् ।
अबको केही वर्षसम्म चाहेर पनि घरपरिवार र आफन्तजनलाई भेट्न सक्दिनँ भन्ने कुरा स्वीकारेर विमानस्थलबाट बिदाइ भएको स्मरण छ । तर, सबै कुरा थाहाँ पाउँदा पाउँदै पनि दिनहुँ जापानको बसाइ निकै गाह्रो हुँदै जाने रहेछ । एकातिर देश, घरपरिवार, साथीभाइ तथा आफन्तजनबाट टाँढिएको दुःख र अर्कोतर्फ रहनसहन र काँधमा बोकिएको ऋणको भारी ।
आर्थिक बोझ र मानसिक तनावको सामना गरिरहेकी छु । मभन्दा निकै कम उमेका पनि दिनहुँ जापान आइरहेको देख्छु । भर्खरै १८ वर्ष लागेका भाइ बहिनीहरू पनि विदेश भन्दै जापान आइरहेका छन् । शहर कस्तो हुन्छ भन्नेसमेत नदेखेकाहरू पनि भाषा पढेर जापान आइरहेका छन् । तर ती उमेर नपुग्दै जापान आउने तथा काँचो उमेरमै जापान आउनेहरू कोठामा झुन्डिएको खबर पनि सुनिन्छ । यसले झन् मनोबल घटाउँछ ।
भाषा र संस्कृतिको अवरोध
जापान पुगेपछि मैले पहिलो झमेला भाषा रहेछ भन्ने कुरा थाहा पाएँ । सुन्न त सुनेकी थिएँ तर, जापान आउने विद्यार्थीहरूले भाषाको समस्या भोग्ने रहेछन् भन्ने कुरा आफैंले भोगेपछि थाहा पाए । यद्यपि धेरै जना जापानी भाषा विद्यालयमा भर्ना हुन्छन् । तर, छोटो समयमा धाराप्रवाह रूपमा बोल्न सक्नु सम्भव हुँदैन ।
भाषागत समस्याले सबैभन्दा ठुलो समस्या पढाइमा हुन्छ । किनभने हामीले जापानमा यहाँकै भाषामा पढ्नुपर्ने हुन्छ । पढाइ मात्रै होइन, काम खोज्न र सामाजिक रूपमा घुलमिल हुन पनि भाषा निकै चुनौतीपूर्ण भइदिन्छ ।
जापानी संस्कार, शिष्टाचार, र कार्यशैलीमा घुलमिल हुन मलाई निकै समय लागिरहेको छ । यो नेपाली विद्यार्थी सबैले भोग्ने कुरा हो ।
आकर्षक देखिने जापानको आर्थिक पक्ष
जापान आउनेहरूको पहिले सोच हुन्छ पढ्दै धेरै पैसा कमाउने । तर, नेपालमा हामीले गर्ने हिसाबभन्दा फरक यहाँको हिसाब आउने रहेछ । यहाँ आउने विद्यार्थीहरू अधिकांश ऋण लिएरै आउने हुन्छन् । ऋणले विद्यार्थीहरूको भविष्यलाई उज्जवल र अझै राम्रो बनाउने आशा बोकिएको हुन्छ । तर, त्यही आशाले नेपाली विद्यार्थीलाई क्षमताभन्दा बढी काम गर्न बाध्य बनाउँछ ।
जापानको महँगो जीवनशैली र पढाइ खर्चले हामीजस्ता विद्यार्थीलाई निरन्तर काम गर्न बाध्य बनाउँछ । यहाँको नियमअनुसार विदेशी विद्यार्थीहरूले हप्ताको २८ घण्टा मात्र काम गर्न पाउँछन् । यो २८ घण्टा काम गरेर जति रकम आउँछ त्यसले यहाँको बसाइ खर्च धान्नै ठिक्क हुन्छ । त्यसबाहेक पढाइ खर्च पनि त्यही हप्ताको २८ घण्टा काम गरेर धान्छु भन्नु मूर्खता मात्रै हो । अब जापान आउँदा घरकाले विभिन्न बैङ्क तथा सहकारीबाट ब्याजमा लिएको ऋण तिर्छु भनेर सोच्न पनि सकिँदैन ।
त्यसैले यहाँ तोकिएको समयभन्दा अतिरिक्त काम गर्नै पर्छ । नियम उल्लङ्घन गर्दै हप्तामा तोकिएको कामभन्दा ३/४ गुणा बढी काम गरिरहेकी छु । म मात्रै होइन सबैले तोकेभन्दा अत्यधिक काम गर्ने गर्दछन् । अब यसलाई अत्यधिक काम गर्न बाध्य छन् भन्दा फरक पर्दैन होला ।
तोकिएको समयभन्दा बढी काम गर्नु अथवा झुकाएर बढी काम गर्नु राम्रो नराम्रो आफ्नो ठाउँमा होला । तर, यसले विद्यार्थीको स्वास्थ्य अवस्थामा पक्कै पनि प्रभाव पार्छ । सानैबाट दुख गरेरै हुर्केको भएर मलाई धेरै लामो समयसम्म अत्यधिक काम गर्न गाह्रो भएन । शुरूवाती महिनाहरूमा सहनै सकिँदैन थियो भने, कसैलाई भन्न पनि सक्दिनँ थिएँ ।
शोषण
जापानमा पनि शोषण हुन्छ होला र जस्तो लाग्छ होला । तर यहाँ पनि शोषण हुन्छ । यहाँ आइसकेपछि हामीले गर्ने भनेको विशेषगरी रेस्टुरेन्ट, कारखाना तथा सर–सरसफाइजस्ता कामहरू हो । किनभने अन्य कामहरू पाउन निकै गाह्रो हुन्छ तर, यी कामहरू पाउन सजिलो हुन्छ । तर, यस्ता कामहरूमा बढी खटिनुपर्छ । पारिश्रमिक निकै कम दिन्छन् । यसका साथै यस्ता काममा भाषाको समस्या हुने बित्तिकै बढी काम गराउने र काममा बढी कडाइ समेत गर्ने गर्दछन् ।
कानुनी जानकारी नहुनाले डरका कारण आफूमाथि शोषण हुँदा पनि बोल्न सकिँदैन । यो वास्तविकता हो । जोकसैले पनि सबै कुरा राम्रो छ भनेर भन्ने गर्दछ उसले यस्ता शोषणका विषय लुकाएको हुन्छ । यहाँसम्म पनि आफ्नै आँखाले देखेकी छु कि, कतिपय काम गर्ने ठाउँमा न्यून पारिश्रमिक दिनुका साथै निःशुल्क ओभरटाइम गर्न बाध्य पार्छन् । तर यस्ता विषयहरू बाहिर आउँदैनन् । किनभने यहाँको कानुन विपरीत हप्ताको २८ घण्टाभन्दा बढी काम गर्नुपर्ने बाध्यता हुन्छ ।
जापानको अस्त व्यस्त जीवन, एक्लोपन, आर्थिक र शैक्षिक तनावले गर्दा विद्यार्थीहरू मानसिक समस्या भोगिरहेका हुन्छन् । डिप्रेसन र आत्मग्लानिजस्ता समस्या देखा पर्नु सामान्य भइरहेको देखिन्छ । मानसिक स्वास्थ्यप्रति चेतना र सहयोगको कमीले गर्दा सबै चुपचाप नै हुन्छन् ।
पढाइमा चुनौती
यहाँ काम र पढाइको मिलन बिरलै हुन्छ । काम र पढाइलाई मिलाउनमै यहाँका दिनहरू जान्छन् । कठिन हुन्छ समय मिलाउन । सायद कसैले पैसा माग्यो भने दिन सकिन्छ होला तर, समय माग्दा दिन सकिन्न होला जस्तो लाग्छ ।
एक मात्रै कामले धान्न नसकेर दुई काम गर्नुपर्ने बाध्यता छ । एकातिर कामको हतार हुन्छ अर्कोतिर पढाइका लागि कक्षा छुट्ने समस्या हुन्छ । नेपालमा हुँदा जहिल्यै मन लाग्यो क्याम्पस जाने मन नलागे नजानेजस्तो यहाँ हुँदैन । अनिवार्य रूपमा पढ्न कक्षाकोठामा जानै पर्ने हुन्छ ।
कामको चाप यतिसम्म हुन्छ किन कतिपय साथीहरू दिइएको गृहकार्य नगरेर परीक्षासमेत नदिने अवस्थामा पुगेको देखेकी छु । यसका साथै कतिपय विद्यार्थी विद्यालय छोड्न बाध्य भएको समेत यही आएर सुनेँ ।
यस्तो परिस्थितिले विद्यार्थीको भविष्य मात्र नभई यहाँको बसाइसमेत सङ्कटमा पर्न जान्छ । जे होस अहिलेसम्म मैले यहाँसम्मको परिस्थितिको सामना गर्दै आएकी छु ।
भन्छन् नि जीवन सबै प्रकारका भोगाइहरूको संगालो हो र जीवनको भोगाइ नै जन्मको अर्थ हो । जापान पनि मेरा लागि सङ्घर्ष, हिम्मत र आशाको मिश्रणले भरिएको शहर हो । सुनौलो भविष्यको सपना देखेर जापान जाने धेरै नेपाली युवाहरूलाई यथार्थको पनि सामना गर्नुपर्छ भन्ने थाहा हुँदैन । त्यसैले विदेशको बसाइ बाहिर देखेजस्तो रंगीचंगी हुँदैन ।
नोट : प्रस्तुत सामग्री लोकान्तर डट्कमबाट साभार गरिएको हो ।