२२ जेष्ठ २०८३, शुक्रबार 05 Jun 2026, Fri
kyodainews
ताजा खबर
Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025 Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote 100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026 Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben? Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen Casino Prämie exklusive Einzahlung 2025 In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail! Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचनको दौडबाट डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बनेका राष्ट्रपति जो बाइडेन बाहिरिएपछि उपराष्ट्रपति कमला ह्यारिसको इन्ट्री भएको छ । उनी अमेरिकाको पहिलो महिला उपराष्ट्रपति हुन् ।

भारतीय आमा र जमाइकन बाबुबाट जन्मेकी कमला एसियाली-अमेरिकी र अफ्रिकी-अमेरिकी मूलकी नेतृ पनि हुन् । 

उनलाई अहिले अमेरिकी राजनीतिमा एक प्रमुख नेतृ मानिन्छ । उनको व्यक्तित्व, संघर्ष र सफलताले उनलाई एक प्रेरणादायी विश्वव्यापी नेतृको रुपमा उभ्याएको छ ।

कमलाको जन्म अक्टोबर २०, १९६४ मा क्यालिफोर्नियाको ओकल्याण्डमा भएको थियो । उनका आमा भारतीय मूलकी श्यामला गोपालन ह्यारिस र बुवा जमाइकन मूलका डोनाल्ड ह्यारिस हुन् । उनकी आमा स्तन क्यान्सर अनुसन्धानकर्ता र बुवा स्ट्यानफोर्ड विश्वविद्यालयमा अर्थशास्त्रका प्राध्यापक थिए ।

कमलाको प्रारम्भिक शिक्षा क्यालिफोर्नियामा सम्पन्न भयो । उनले हावर्ड विश्वविद्यालयबाट राजनीति विज्ञान र अर्थशास्त्रमा स्नातक गरेकी थिइन् र त्यसपछि क्यालिफोर्निया विश्वविद्यालयको हेस्टिङ्स कलेज अफ द लबाट कानूनको डिग्री प्राप्त गरिन् ।

कमलाको राजनीतिक यात्रा सन् फ्रान्सिस्कोको जिल्ला अधिवक्ताको कार्यालयबाट सुरु भएको थियो । उनले २००३ मा सन् फ्रान्सिस्कोको जिल्ला अधिवक्ताको पद जितेर आफ्नो कानूनी करिअरको आधारशिला तय गरेकी थिइन् । 

उनले आफ्नो पदमा रहँदा अनेकौं महत्वपूर्ण मुद्दाहरूमा काम गरिन्, जसमा घातक हतियारको प्रयोग, घरेलु हिंसा र बालबालिकासम्बन्धी अपराधहरू समावेश थिए ।

२०१० मा कमला क्यालिफोर्नियाको महान्याधिवक्ता पदका लागि उम्मेदवार बनेकी थिइन् । उनले यो पद जित्न सफल भइन् र क्यालिफोर्नियाको पहिलो महिला तथा पहिलो अफ्रिकी-अमेरिकी महान्याधिवक्ता बनिन् । उनको कार्यकालमा उनले विवाह समानता, आप्रवासी अधिकार र पर्यावरणीय मुद्दाहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरिन् ।

उनी सन् २०१६ मा अमेरिकी सिनेटका लागि निर्वाचित भइन् । उनी क्यालिफोर्नियाबाट सिनेटर बन्ने दोस्रो अफ्रिकी-अमेरिकी महिला बनिन् ।

सिनेटमा रहँदा उनले न्याय, आप्रवासी अधिकार, स्वास्थ्य सेवा, र शिक्षा जस्ता विभिन्न मुद्दाहरूमा काम गरिन् । उनी न्यायिक समितिमा सक्रिय रहिन् र ट्रम्प प्रशासनको धेरै निर्णयहरूको विरोधमा कडा अडान लिइन् ।
सन् २०२० मा जो बाइडेनले उनलाई उपराष्ट्रपति पदका लागि उम्मेदवार चयन गरे । फलतः बाइडेन राष्ट्रपति बने र कमलाले उपराष्ट्रपतिमा बाजी मारिन् । 

उनी उपराष्ट्रपति भएपछि कोरोनाभाइरस महामारी नियन्त्रण, आप्रवासन सुधार, र जलवायु परिवर्तन जस्ता मुद्दाहरूमा ध्यान केन्द्रित गरेकी छन् । उनले अमेरिकी राजनीतिमा विविधता र समावेशीताको नयाँ युग सुरु गर्न महत्वपूर्ण भूमिका खेलेको चर्चा हुने गरेको छ । 

अहिले राष्ट्रपति बाइडेन चुनावी अभियानमा कमजोर बन्दै गएको टिप्पणीसँगै राष्ट्रपतीय चुनावको दौडबाट पछि हटेपछि कमलाले इतिहास रच्ने अवसर प्राप्त गरेकी हुन् ।