बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
चिबा, जापान। चिबा प्रिफेक्चरको नागारेयामाको एक मिनिस्टप पसल, जसको संचालक हुन् निरज पाण्डे। बिद्यार्थी भिषामा जापान आएका पाण्डेले अध्ययन सकेपछि सन् २०१८ मा उक्त पसल खोलेका हुन्।
सन् २०२४ अप्रिल २१ तारिख दिउँसो करिब १ बजे उनी भर्खरै प्रवेश गरेका कर्मचारीलाइ काम सिकाइरहेका थिए। छेउको काउण्टरबाट १० मान (एक लाख) भन्ने शब्द सुनेपछि पाण्डेले ध्यान त्यतै मोडे।
‘अक्सर कम्बिनीमा एउटै व्यक्तिले १ लाखको सामान किन्न आउदैन’ पाण्डेले क्योदाई न्यूजसंग भने ‘त्यसपछि म नयाँ कर्मचारीलाइ काम सिकाउन छाडेर अर्को रेजीमा (काउण्टर) गएँ।’
पाण्डे काउण्टरमा पुग्दा अन्दाजी ७० बर्षका एक पुरुष १० मान जापानी एनको आइट्युन गिफ्ट कार्ड किन्न लागेको देखे। यति ठुलो अमाउण्टको गिफ्ट कार्ड किन्न लागेको देखेर उनले अनलाइन ठगिको लख काटिसकेका थिए।
यतिकैमा पाण्डेले ति पुरुषलाइ सोधे ‘घरमा कम्प्युटर छ हो ?’ पुरुषले तुरुन्तै जवाफ फर्काए ‘हो छ।’ त्यसपछि ति पुरुषले कम्प्युटरमा खराबी आएको पनि बताएपछि अनलाइन ठगि हुन सक्ने आसंकामा उनले ति पुरुषलाइ केही समय ‘कन्फरमेसन’ का लागि भन्दै कुराए।
त्यसपछि पाण्डेले प्रहरीलाइ फोन गरी घटनाक्रमबारे जानकारी गराए।
‘प्रहरीलाइ फोन गरेको थाह पाए ति पुरुष भाग्ने हुन् कि भन्ने डरले भित्र गएर फोन गरेको हुँ’ पाण्डेले भने ‘त्यसपछि प्रहरी आउने बेला सम्म ति पुरुषलाइ गफै गफमा भुलाएर राखें।’
प्रहरी आएपछि ति पुरुषको घरमा गइ, कम्प्युटर चेकजाँच गर्दा उनलाई अनलाइनबाट ठग्न लागेको पुष्टि भयो। त्यसपछि ब्यबसायी निरज पाण्डे सम्मानको भागिदार बने।
‘७० बर्षीय पुरुषलाइ ठगिनबाट जोगाएको भन्दै नागारेयामाको प्रहरीले सम्मानपत्र प्रदान गरेको हो’ सम्मानपत्र पाएपछि पाण्डेले भने ‘पछिल्लो समय अनलाइन बाट ठगि गर्ने क्रम बढ्दै गएकाले हामी सबै सचेत हुन जरुरी छ।’
नागारेयामाको प्रहरीले पाण्डेलाई मंगलबार प्रहरी कार्यालयमै बोलाएर सम्मानपत्र प्रदान गरेको हो।