Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025
Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote
100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung
PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen
Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026
Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben?
Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten
Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten
Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen
Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen
Casino Prämie exklusive Einzahlung 2025
In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen
Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor
Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode
Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter
Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren
Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail!
Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote
Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren
Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC
टोकियो। नेपालमा हरेक शहरमा विदेशी भाषा सिकाउने कक्षा सञ्चालनमा छन् । ती स्थानमा विहानदेखि बेलुकासम्म विभिन्न देशका भाषा सिक्ने विद्यार्थीको घुइँचो नै लाग्छ । अझ भाषा क्याम्पसमा नाम निकालेर जापानीज, चाइनीज भाषा पढ्नेको संख्या पनि कम छैन । यसरी नेपालमा विदेशी भाषाको लगाव बढी रहँदा अभिभावकसँगै जापान पुगेका नेपाली बालबालिका भने नेपाली भाषा र पाठ्यक्रममा राखिएका कुरा अध्ययन गर्न जापानमा सञ्चालित नेपाली विद्यालय धाइरहेका छन् ।
जापानको टोकियोमा रहेको एभरेष्ट इन्टरनेसनल स्कुल नेपाली पाठ्यक्रम अनुसार नेपालबाहिर माध्यमिक तहसम्म पढाई हुने एक मात्र विद्यालय हो । एभरेष्टमा नेपाली पाठ्यक्रम अध्ययन गर्न नेपाली मात्र नभएर विदेशी विद्यार्थी पनि आउने गरेका छन् । विद्यालयमा ४ सय ५० विद्यार्थी अध्ययनरत छन् । जसमा २५ जना विदेशी विद्यार्थी रहेको विद्यालयका प्रध्यानध्यापक विष्णु भट्टले अनलाइन खबरलाई बताए । एभरेष्टमा नेपालीसँगै जापानीज, इडियन र जाम्बियाका विद्यार्थी पढ्छन् ।
विद्यालयलाई विद्यार्थीको चाप व्यवस्थापन गर्नै हम्मेहम्मे पर्ने गरेको छ । विद्यालयको क्षमता भन्दा धेरै विद्यार्थी भर्ना गर्न नमिल्ने हुँदा अध्ययन गर्न चाहाने सबै विद्यार्थीलाई भर्ना लिन नसकिरहेको प्रध्यानध्यापक भट्ट बताउँछन् । ‘पछिल्लो समय एभरेष्ट पढ्न चाहाने विद्यार्थीहरु ह्वातै बढेका छन् । तर हाम्रो स्रोत र साधानले नधान्ने हुँदा सबैलाई लिन सकिरहेका छैनौँ’ प्रध्यानध्यापक भट्टले भने ।
एभरेष्ट इन्टरनेसनल स्कुलमा नर्सरीदेखि १२ कक्षासम्म पढाई हुन्छ । आधारभूत तथा माध्यमिक शिक्षा ऐन, २०७५ले कक्षा ९ देखि १२लाई माध्यमिक तह मानेको छ । यस पश्चात २०७७ सालमा सरकारले विदेशमा १२ कक्षासम्म पठनपाठन गराउन पाइने व्यवस्था गरेको थियो । एभरेष्ट स्कुलकै पहलमा तत्कालिन मन्त्रिपरिषदको बैठकले सो व्यवस्था गरेको विद्यालयका लगानीकर्ता भूषणा घिमिरेले बताए । मन्त्रिपरिषदको निर्णय पछि कक्षा १० सम्म सञ्चालित एभरेष्टले ११ र १२ कक्षासमेत सञ्चालनमा ल्याएको हो । ११ र १२ कक्षामा म्यानेजमेन्ट र विज्ञान संकायमा पढाई हुँदै आएको छ । एभरेष्टमा शिक्षक र स्टाफ गरी ६२ जना कार्यरत छन् । जसमा ९ जना जापानीज, १ जना अमेरिकन र २ जना फिलिपिन्स गरेर १२ जना विदेशी र अरु नेपाली शिक्षक छन् ।
जापानमा नेपालीको संख्या बढेसँगै विद्यालयको अभाव महसुस गरी सन् २०१३ बाट विद्यालय सञ्चालनमा ल्याएको संस्थापक अध्यक्ष भुपालमान श्रेष्ठले बताए । ‘टोकियोमा अमेरिका, इन्डियाले सञ्चालनमा ल्याएका अंग्रेजी माध्यमबाट पढाई हुने इन्टरनेसनल स्कुलहरु थिए । महंगो शुल्कका कारण ति स्कुलमा नेपाली समुदायको पहुँच पुग्दैन थियो । जापानीज विद्यालयमा भर्ना गरे आफ्नो देशको भाषा, संस्कृति नजान्ने अवस्था रहने भएकाले नेपाली विद्यालयको आवश्यकता महसुुस गरी एभरेष्ट सञ्चालनमा ल्याएका हौँ’ संस्थापक अध्यक्ष श्रेष्ठले क्योदाई न्यूजसँग भने ।
जापानमा रहेर व्यापार व्यवसाय साथै रोजागारीमा संलग्न ६५ जनाको लगानीमा विद्यालय सञ्चालनमा छ । जसमा विद्यालय सञ्चालक समितिका अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष श्रेष्ठ, व्यवसायीहरु महेश श्रेष्ठ, मेघराज नेपाल, दिपक सुवेदी, भूषण घिमिरे लगायत छन् । विद्यालयले सन् १९१७ नोभेम्बरमा टोकियोको ओगिकुबोमा ४० करोड येनमा भवन खरिद गरेको छ । जहाँ कक्षा ४ देखि १२ सम्म अध्ययन हुन्छ । नर्सरीदेखि युकेजीसम्म टोकियोको ओकुबोमा र १ देखि ३ कक्षासम्म आसागायामा पढाई हुँदै आएको छ ।
रोजाईमा किन पर्र्यो नेपाली विद्यालय
जापानको विभिन्न शहरमा नेपालीको बसोबास छ । सबैको पहुँचमा नेपाली विद्यालय भने छैन । टोकियो आसपास रहेका अधिकांश नेपाली आफ्ना सन्तानलाई नेपाली विद्यालय नै पठाउन चाहान्छन् । यसको मतलब जापानीज शिक्षा नराम्रो भएकाले नेपाली विद्यालय रोजाईमा परेको भने होइन । त्यसो त जापानको शिक्षा प्रणालीलाई विश्वमा नै उदाहरणीय मानिन्छ । जापानमा दिर्घकालिन बस्ने सोच नबनाएका नेपालीका लागि यो विद्यालयले फाइदा पुर्र्याएको छ ।
नेपाली विद्यालयमा पढाए छोराछोरीले देशको माटो सुहाउँदो शिक्षा पाउने अभिभावकहरु बताउँछन् । टोकियोमा व्यवसाय गर्दै आएका झापा गौरादहका सन्तोष पोखरेलले आगामि शैक्षिक शत्र ०८१ बाट छोरी सानिया पोखरेललाई एभरेष्टमा पढाउने योजना बनाएका छन् । जापानीज विद्यालयमा जापानीज भाषामा पढाई हुन्छ जसले भविष्यमा नेपालमा नै करियर अगाडि बढाउन समस्या हुने भएकाले नेपाली विद्यालय रोजेको पोखरेल बताउँछन् । ‘नेपाली विद्यालयमा नेपाली पाठ्यक्रम अनुरुप अंग्रेजी माध्यममा पढाई हुन्छ । जहाँ जापानीज भाषाको पनि १ वटा पुस्तक रहेको छ । जसकारण, भविष्यमा आफ्नो सन्तान नेपाल, जापानसँगै विश्वका जुनसुकै देशका लागि योग्य जनशक्ति बन्छ’ पोखरेलले भने ।
जापानमा लामो समय बसे पनि स्थायी बसोवासको अनुमतिपत्र पाउन त्यति सहज छैन । ‘जसकारण भिसा सकिएर अथवा रद्द भएर बीचमा नै जापान छोड्नु पर्ने अवस्था आए दुई देश बीचको शिक्षा नमिल्ने भएकाले पनि नेपाली विद्यालय रोजाइमा परेको हो’ अभिभावक कामना भण्डारीले भनिन् । नेपाली विद्यालयमा शिक्षासँगै आफ्नो देशको भाषा, संस्कार, संस्कृति तथा चाडपर्वको बारेमा पनि बालबच्चाहरुले सिक्ने भण्डारीले बताउँछिन् ।
११/१२ पछिको गन्तव्य कहाँ ?
नेपाली पाठ्यक्रम अनुसार जापानमा ११/१२ कक्षा सकेका विद्यार्थीले नेपाली, जापानीज साथै विश्वका अन्य विश्वविद्यालयमा गएर पढ्न सक्ने एभरेष्ट स्कुलका प्रध्यानध्यापक भट्ट बताउँछन् । एभरेष्ट स्कुल नेपाल सरकारबाट मान्यताप्राप्त भएकाले ११/१२ कक्षा पढिसकेपछि विद्यार्थीले नेपालका जुनसुकै विश्वविद्यालयमा गएर स्नातक तहको अध्ययन गर्न सक्नेछन् । स्कुललाई जापानको शिक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय स्तरको विद्यालयको मान्यतासमेत दिएको छ । जसकारण जापान, साथै अन्य देशका विश्वविद्यालयबाट स्नातक तहको अध्ययन गर्न कुनै पनि समस्या नरहने विद्यालयका प्रध्यानध्यापक भट्टले जानकारी दिए ।
कस्तो छ चुनौती र सरकारी सहयोेग ?
स्थापनाकालमा भने स्कुलले थुप्रै चुनौती सामना गर्नु पर्र्यो । ‘जापानमा सञ्चालित विद्यालय भएकाले जापानको नियम पालना गर्नु पर्ने अवस्था विद्यालयलाई थियो । अर्कोतर्फ नेपालको शिक्षा नीतिमा विदेशमा विद्यालय सञ्चालन गर्ने विषय समावेश नभएकाले तालमेल मिलाउन झमेला खेप्नुप¥यो’ संस्थापक अध्यक्ष श्रेष्ठ भन्छन् । नेपाल सरकारले शिक्षा सम्बिन्ध सम्पूर्ण अधिकार र जिम्मेवारी स्थानीय सरकारलाई दिएसँगै विदेशमा सञ्चालित विद्यालयको निरीक्षण सोहीदेशमा रहेको राजदुतावासले गर्न पाउने व्यवस्था गरेको छ । अहिले राजदुतावासले नै विद्यालयको निरीक्षण गर्दै आएको श्रेष्ठले बताए ।
स्कुलमा विदेशी विद्यार्थी पनि अध्ययनरत रहेकाले विदेशी विद्यार्थी र नेपाली विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउँदा सहजै घुलमिल हुन सक्दैनन् । नेपालकै हकमा पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्मका विद्यार्थी छन् । उनीहरु आफैँमा फरक प्रकृतिका छन् । नीति नियमबारे विद्यार्थीलाई जानकारी नहुनु साथै पालना गर्न नसक्नु पनि विद्यालयका लागि चुनौती बन्ने गरेको छ । भाषागत समस्याका कारणले जापान सरकारले उपलब्ध गराउने सेवा सुविधाबारे थाहा नपाउनु पनि चुनौती रहेको विद्यालयका प्रध्यानध्यापक भट्टले सुनाए ।
विद्यालयमा अध्ययनरत् ३ देखि ५ वर्ष (नर्सरीदेखि युकेजी) उमेर समूहका विद्यार्थीलाई जापानको स्थानीय सरकारले शुल्क तिरिदिदैँ आएको छ । विद्यार्थी बस्ने स्थानीय पालिका अनुसार फरक,फरक नियम रहेका छन् । स्थानीय सरकारले कुनै महिना विद्यार्थीको पुरै शुल्क तिरिदिन्छ भने, कुनै महिना न्यूनतम ३७ हजार येनसम्म सहयोग उपलब्ध गराउँदै आएको छ । स्थानीय सरकारले यो सहयोग अभिभावकलाई मासिक रुपमा उपलब्ध गराउँछ ।
अगाडी बढ्दै हिमालयन र तोकाई
एभरेष्टसँगै जापानमा अन्य दुई नेपाली विद्यालय पनि सञ्चालनमा छन् । टोकियो कै कोइवामा हिमालयन इन्टरनेसनल एकेडेमी सञ्चालनमा छ । सन् २०२१ बाट सञ्चालनमा आएको उक्त विद्यालयमा नेपाली र विदेशी गरेर १ सय ९० जना अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन रिजालले बताए । आगामि शैक्षिक शत्रबाट विद्यालयले ७ कक्षासम्म पठनपाठन गराउने रिजाल बताउँछन् । स्कुलले हरेक वर्ष १ कक्षा वृद्धि गर्दै लगिरहेको उनले जानकारी दिए । विदेशी भूमिमा नेपाली पाठ्क्रम पढाउन पाउँदा गर्व महसुस हुने उनी बताउँछन् । विद्यालयले भवन भाडामा लिएर कक्षा सञ्चालन गर्दै आएको छ ।
त्यस्तै जापानको तेस्रो ठूलो शहर नागोयामा पनि दुई वर्ष अघिदेखि तोकाई वाटिका इन्टरनेसनल स्कुल आएको छ । जहाँ नेपाली पाठ्यक्रम अनुसार पढाई हुन्छ । विद्यालयमा ६० जना नेपाली बालबालिका अध्ययनरत रहेको विद्यालयका सञ्चालक बिमल अधिकारीले बताए । नागोयामा नेपाली समुदाय बढेसँगै नेपाली विद्यालयको आवश्यकता महसुस गरी विद्यालय सञ्चालनमा ल्याइएको अधिकारी बताउँछन् । तोकाई वाटिकामा ५ जना नेपाली युवाको लगानी रहेको छ । आगामी शैक्षिकशत्र ०८१ को वैशाखबाट सञ्चालनमा आउने गरी जापानको चिवास्थित साकुरामा गोर्खा पिक इन्टरनेसनल स्कुल सञ्चालनमा आउँदै छ । जहाँ नर्सरीदेखि कक्षा ३सम्म पढाई हुने विद्यालय प्रशासनले जनाएको छ ।
जापानमा नेपाली पाठ्यक्रम पढाई हुने स्कुलहरु थपिनु सकारात्मक पक्ष रहेको एनआरएनए जापानका अध्यक्ष नवीन निउरे बताउँछन् । ‘एभरेष्ट कै कुरा गर्ने हो भने विदेशीलाई समेत नेपाली पाठ्यक्रमको अध्ययन गराउनु सबै नेपालीका लागि गौरवको विषय हो । पछिल्लो समय विदेशीने नेपालीको संख्या बढ्दो क्रममा छ । नेपाल सरकारले नेपालीको बाहुल्यता धेरै भएका अन्य देशहरुमा एभरेष्टकै मोडेलमा स्कुल खोल्नसके नेपाल बाहिर रहेका नेपालीलाई समेत नेपालसँग जोड्न सकिन्छ’ निउरे भन्छन् ।