२१ जेष्ठ २०८३, बिहीबार 04 Jun 2026, Thu
kyodainews
ताजा खबर
Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025 Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote 100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026 Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben? Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen Casino Prämie exklusive Einzahlung 2025 In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail! Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC

यति बेला सम्म ३७८ जना यात्रुहरु सकुसल जमिनमा हाम फालिसकेका थिए, बिमानबाट ओर्लिन बाँकी एक मात्रै व्यक्ति थिए।

टोकियो। गत मगलबार होकाइदोको सिन चितोसे विमानस्थलबाट चालक दलका सदस्य सहित ३७९ यात्रु लिएर जापान एअर लाइन्सको बिमान हानेदा तर्फ आउंदै थियो।

५ बजेर ४३ मिनेटमा हानेदा विमानस्थको चार ओटा धावनमार्ग मध्ये C धावन मार्गमा जापान एअर लाइन्सको उक्त बिमानलाइ अवतरणको अनुमति थियो।

५ बजेर ४५ मिनेटमा कन्ट्रोल रुमले जापान कोस्ट गार्डको बिमानलाइ ट्याक्सी वेको ‘स्टप पोइन्ट’ सम्म अघि बढ्ने अनुमति दिन्छ।

उक्त बिमानका चालकले पनि ‘स्टप पोइन्ट’ तर्फ अघि बढेको जानकारी कन्ट्रोल रुमलाइ गराउछन । तर स्टप पोइण्ट सम्म अघि बढ्न अनुमति पाएको कोस्ट गार्डको बिमान धावन मार्गमा निस्कन्छ र ५ बजेर ४७ मिनेट जाँदा जापान एअर लाइन्सको बिमान सो बिमान संग ठोकिन्छ।

बिमान ठोकीए पछिको १८ मिनेट

जापान एअर लाइन्सको बिमान कोस्ट गार्डको बिमान संग ठोकिएपछि १ किलोमिटर गुडेको थियो। करिव १ किलोमिटर गुडेर बिमान धावनमार्गमा रोकिंदा सम्म ककपिटले बिमानमा आगो लागेको पत्तो पाएको थिएन।

केही यात्रुहरुले बिमान बाट आग्नो लागेको थाह पाइसकेका थिए। त्यतिबेला सम्म क्याबिन धुवाँले भरिन थालिसकेको थियो।

‘कृपया शान्त हुनुहोस्’ उडान परिचरले यात्रुहरुलाइ भन्दै थिए। यतिकैमा एक परिचर हतारिदै ककपिटमा पुगे र बिमानमा आगो लागेको ‘रिपोर्ट’ गरे।

बिमानको आपतकालीन द्वार खोल्नका लागि ककपिटको निर्देशन आबश्यक थियो। उक्त बिमानमा रहेका ८ ओटा आपतकालीनद्वार मध्ये अघिल्लो भागका २ द्वारबाट यात्रुहरुको उद्दार सुरु भयो।

बाँकी ६ द्वार मध्ये ५ द्वारको नजिकै पहिलेनै आगो लागिरहेको थियो। सबै भन्दा पछिल्लो भागको एउटा द्वार बाट मात्रै भाग्न सम्भव थियो।

तर, बिमानमा आगो लागेका कारण पछिल्लो भागमा सम्पर्क गर्ने प्रणालीले काम गर्न छोडिसकेको थियो। त्यसैले परिचालकहरुले ककपिटको निर्देशन पाउन सकेनन।

त्यसपछि स्वबिबेक प्रयोग गरेर परिचरहरुले आपतकालीन द्वार खोलेर मान्छे भगाउन सुरु गरे । यति बेला सम्म ३७८ जना यात्रुहरु सकुसल जमिनमा हाम फालिसकेका थिए, बिमानबाट ओर्लिन बाँकी एक मात्रै व्यक्ति थिए।

चालकदलका सदस्य सहित ३७८ जनालाई सकुसल जमिन टेकाइएर, अन्तिममा बिमान बाट हाम फाल्ने उनि थिए, बिमानका मूख्य चालक।

उनी आपतकालीन द्वार बाट जमिन उत्रिंदा ६ बजेर ५ मिनेट गएको थियो भने, बिमानमा आगो लागेको १८ मिनेट।

सिमित आपातकालीनद्वारहरुको प्रयोग गरेर ३७९ जनालाई सकुसल उद्दार गरेपछि जापान एअर लाइन्सका कर्माचारीहरुले भनेका छन् ‘सबैको कडा मेहनतको नतिजा।’

उक्त दुर्घटनामा जापान कोस्ट गार्डको बिमानमा रहेका चालकदलका ५ सदस्यहरुको मृत्यु भएको थियो भने पाइलट गम्भीर घाइते भएका छन्।

(दुर्घटना पछि जापान एअर लाइन्सका अधिकारीहरुले आफ्ना पाइलटहरुसंग दुर्घटनाका बारेमा जानकारी लिएका थिए। सोही क्रममा पाइलटहरु संग भएको कुराकानीका आधारमा एनएचकेले प्रकाशन गरेको सामाग्रीलाइ सम्पादित रुपमा अनुवाद गरेर प्रकाशन गरेका हौं । – सम्पादक)