बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
यति बेला सम्म ३७८ जना यात्रुहरु सकुसल जमिनमा हाम फालिसकेका थिए, बिमानबाट ओर्लिन बाँकी एक मात्रै व्यक्ति थिए।
टोकियो। गत मगलबार होकाइदोको सिन चितोसे विमानस्थलबाट चालक दलका सदस्य सहित ३७९ यात्रु लिएर जापान एअर लाइन्सको बिमान हानेदा तर्फ आउंदै थियो।
५ बजेर ४३ मिनेटमा हानेदा विमानस्थको चार ओटा धावनमार्ग मध्ये C धावन मार्गमा जापान एअर लाइन्सको उक्त बिमानलाइ अवतरणको अनुमति थियो।
५ बजेर ४५ मिनेटमा कन्ट्रोल रुमले जापान कोस्ट गार्डको बिमानलाइ ट्याक्सी वेको ‘स्टप पोइन्ट’ सम्म अघि बढ्ने अनुमति दिन्छ।
उक्त बिमानका चालकले पनि ‘स्टप पोइन्ट’ तर्फ अघि बढेको जानकारी कन्ट्रोल रुमलाइ गराउछन । तर स्टप पोइण्ट सम्म अघि बढ्न अनुमति पाएको कोस्ट गार्डको बिमान धावन मार्गमा निस्कन्छ र ५ बजेर ४७ मिनेट जाँदा जापान एअर लाइन्सको बिमान सो बिमान संग ठोकिन्छ।
बिमान ठोकीए पछिको १८ मिनेट
जापान एअर लाइन्सको बिमान कोस्ट गार्डको बिमान संग ठोकिएपछि १ किलोमिटर गुडेको थियो। करिव १ किलोमिटर गुडेर बिमान धावनमार्गमा रोकिंदा सम्म ककपिटले बिमानमा आगो लागेको पत्तो पाएको थिएन।
केही यात्रुहरुले बिमान बाट आग्नो लागेको थाह पाइसकेका थिए। त्यतिबेला सम्म क्याबिन धुवाँले भरिन थालिसकेको थियो।
‘कृपया शान्त हुनुहोस्’ उडान परिचरले यात्रुहरुलाइ भन्दै थिए। यतिकैमा एक परिचर हतारिदै ककपिटमा पुगे र बिमानमा आगो लागेको ‘रिपोर्ट’ गरे।
बिमानको आपतकालीन द्वार खोल्नका लागि ककपिटको निर्देशन आबश्यक थियो। उक्त बिमानमा रहेका ८ ओटा आपतकालीनद्वार मध्ये अघिल्लो भागका २ द्वारबाट यात्रुहरुको उद्दार सुरु भयो।
बाँकी ६ द्वार मध्ये ५ द्वारको नजिकै पहिलेनै आगो लागिरहेको थियो। सबै भन्दा पछिल्लो भागको एउटा द्वार बाट मात्रै भाग्न सम्भव थियो।
तर, बिमानमा आगो लागेका कारण पछिल्लो भागमा सम्पर्क गर्ने प्रणालीले काम गर्न छोडिसकेको थियो। त्यसैले परिचालकहरुले ककपिटको निर्देशन पाउन सकेनन।
त्यसपछि स्वबिबेक प्रयोग गरेर परिचरहरुले आपतकालीन द्वार खोलेर मान्छे भगाउन सुरु गरे । यति बेला सम्म ३७८ जना यात्रुहरु सकुसल जमिनमा हाम फालिसकेका थिए, बिमानबाट ओर्लिन बाँकी एक मात्रै व्यक्ति थिए।
चालकदलका सदस्य सहित ३७८ जनालाई सकुसल जमिन टेकाइएर, अन्तिममा बिमान बाट हाम फाल्ने उनि थिए, बिमानका मूख्य चालक।
उनी आपतकालीन द्वार बाट जमिन उत्रिंदा ६ बजेर ५ मिनेट गएको थियो भने, बिमानमा आगो लागेको १८ मिनेट।
सिमित आपातकालीनद्वारहरुको प्रयोग गरेर ३७९ जनालाई सकुसल उद्दार गरेपछि जापान एअर लाइन्सका कर्माचारीहरुले भनेका छन् ‘सबैको कडा मेहनतको नतिजा।’
उक्त दुर्घटनामा जापान कोस्ट गार्डको बिमानमा रहेका चालकदलका ५ सदस्यहरुको मृत्यु भएको थियो भने पाइलट गम्भीर घाइते भएका छन्।
(दुर्घटना पछि जापान एअर लाइन्सका अधिकारीहरुले आफ्ना पाइलटहरुसंग दुर्घटनाका बारेमा जानकारी लिएका थिए। सोही क्रममा पाइलटहरु संग भएको कुराकानीका आधारमा एनएचकेले प्रकाशन गरेको सामाग्रीलाइ सम्पादित रुपमा अनुवाद गरेर प्रकाशन गरेका हौं । – सम्पादक)