२२ जेष्ठ २०८३, शुक्रबार 05 Jun 2026, Fri
kyodainews
ताजा खबर
Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025 Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote 100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026 Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben? Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen Casino Prämie exklusive Einzahlung 2025 In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail! Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC

–केशव सुवेदी

यो एक प्रकारको प्राकृतिक उपचार पद्धति हो । त्यसैले शरीरलाई कसरी हिफाजत गर्ने भनेर नै योग अभ्यास सुरु भएको हुनुपर्छ । यस्ता योग पहिले ऋषिमुनिले गर्ने गर्थे । जुन पछिल्लो समय लोप हुने क्रममा थियो । यो विभिन्न नामबाट चिनिए पनि पतञ्जली ऋषिको योगमा आधारित छ । यसमा सामान्यतया आठ आसन हुन्छन् । ती आसन भनेका याम, नियम, आसन, प्राणायाम, त्याग, धारणा, ध्यान, समाधि हुन् । याम र नियम भनेको सामाजिक अनुशासनसित सम्बन्धित हुन्छ । त्यसैगरी अन्य शरीरका विभिन्न अंगलाई नियन्त्रित गर्ने काम गर्छ । यसले धैर्यधारणा गर्न, मनमा एकाग्रता कायम गरी विभिन्न समस्याबाट मुक्ति दिलाउने काम गर्छ । योग गरौं, स्वस्थ बनौं । कपालभाति जीवनसाथी । ॐॐ


के हो कपालभाति, कसरी गर्ने​

कपालभातिले मुखको तेज एवं सौन्दर्य बढाउँछ । समस्त कफ रोग, दम, एलर्जी, पिनास एवं छाती तथा मष्तिष्कसम्बन्धी सबै रोग निर्मूल हुन्छन् । मोटोपन, मधुमेह, कब्जियत, अम्लपित्त, मृगौला वा प्रोस्टेटसम्बन्धी सबै रोग हट्छन् । मन शान्त स्थिर एवं प्रसन्न रहन्छ । साथै नकारात्मक विचार नष्ट भई डिप्रेसन आदि रोगबाट छुटकारा मिल्दछ ।

सामान्य रुपमा हामीले श्वास लिनुलाई सक्रिय प्रक्रिया र छोड्नुलाई निष्कृय प्रक्रिया भनिन्छ । तर कपालभातिमा यो ठीक उल्टो प्रक्रियाबाट सम्पन्न गरिन्छ । यस प्रक्रियामा श्वास बल पूर्वक बाहिर फ्याँकिन्छ र श्वास लिएको थाहै हुँदैन वा श्वास लिँदा कुनै बल प्रयोग गरिँदैन । श्वास लिँदा र छाड्दा कुनै ग्याप गर्नु हुँदैन । यी बाहेक कपालभातिको अभ्यास निम्न विधिहरू अपनाई गर्नुपर्छ ।

१. सही आसनमा बस्ने – सुखासन वा सजिलो आसनमा बस्ने र दुवै हात घुँडामा राख्ने, अनुहार सीधा उठाउने र ध्यान पेटको क्षेत्रमा दिने ।

२. राम्रोसँग श्वास लिने – दुवै नाकबाट गहिरोसँग श्वास तानी फोक्सो पूर्णरूपले हावाले भर्ने । श्वास लिँदा बिस्तारै र शान्त तरिकाले लिने । यतिबेला पेट बाहिर जान्छ ।

३. द्रुत श्वास फ्याँक्ने – आमाशयलाई पछाडि धकेल्ने र सुइँय्य गर्ने आवाजका साथ फ्याँक्ने । उक्त अवस्थामा शरीरका खराब तत्त्वहरू पेटबाट बाहिर फ्याँकिरहेको अनुभव गर्ने र फोक्सोभित्र हावा भरिएको अनुभव गर्ने । यतिबेला पेट भित्र धसिन्छ ।

४. राम्ररी आराम गर्ने – श्वास लिने र श्वास फ्याँक्ने क्रम दोहोर्‍याउँदै जाने र २० पटकसम्म गर्ने र पहिलो राउन्ड सकेपछि राम्रोसँग आराम गर्ने ।

कपालभातिका प्रकार

१. वातकर्म कपालभाति – श्वास छाड्दा सक्रियतापूर्वक र श्वास लिँदा निष्क्रियतापूर्वक गर्नु ।

२. व्युत्कर्म कपालभाति– नाकभित्र पानी परेमा जोडले बाहिर फ्याँक्ने जस्तै प्रकारको कपालभाति ।

३. शीतकर्म कपालभाति – व्युत्कर्मको ठीक विपरीत र मुखले पानी लिने र नाकले फ्याँक्ने खालको कपालभाति ।

केशव सुवेदी

कपालभाति प्राणायामका फाइदा

– यसले शरीरमा ताप उत्पन्न गर्छ र विषालु पदार्थ वा खराब तत्वहरू नष्ट गर्छ ।

– मिर्गौला र कलेजोको कार्यमा सुधार ल्याउँछ ।

– तनाव, पीर चिन्ता र आँखाको डार्क सर्कल हटाउँछ । कम्तीमा ३० दिनभित्र अनुहारमा हुने यस्ता रक्तसञ्चारसम्बन्धी समस्याका कारण उत्पन्न हुने रोग निको पार्छ ।

– प्रत्येक दिन कम्तीमा ५ देखि ८ मिनेटसम्म बेलुका कपालभाति गरेमा निद्रा नपर्ने समस्या समाधान हुन्छ र मीठो निद्रा लाग्छ ।

– कुण्डलिनी जागरण (सबै चक्रहरू सक्रिय बनाउने) गराई शरीरमा शक्ति र आनन्द प्राप्त भएको समाधि अवस्थाको अनुभव हुन्छ ।

– रक्तसञ्चार बढाउँछ र पाचन क्षमता बढाउँछ । न्यून रक्तसञ्चारका कारण हुने छालाको एलर्जी, कपाल झर्ने, हातखुट्टा चिसो हुने, नङमा सुक्खापन आउने लगायत सबै समस्या समाधान गरी छालामा चमक ल्याउँछ । यसका साथै डन्डिफोर जस्तो समस्याको समेत सफलतापूर्वक उपचार गर्छ ।

– मेटाबोलिज्म प्रक्रिया बढ्छ र द्रूततर रूपले तौल घटाउँछ । दैनिक नियमपूर्वक कपालभाति गरेमा ४५ दिनभित्रमा १० किलोभन्दा बढी तौल घटाउन सक्ने एउटै उपाय कपालभाति हो ।

– पेटका अङ्गहरू उत्तेजित पार्छ, पेटका मांसपेसी बलियो बनाउँछ र मधुमेहमा समेत फाइदा गर्छ ।

– मष्तिष्क र स्नायुहरूलाई शक्ति प्रदान गर्छ । स्नायुको कमजोरीका कारण हुने थकावट, कमजोरी, टाउको दुखाइ, नपुंसकता, बाँझोपन जस्ता समस्याको समाधान नियमित अभ्यास गरेको २५ देखि ३० दिनभित्र गर्छ ।

– शान्त र मन मष्तिष्कमा आनन्दको अनुभूति गराउँछ ।  

– सन्तुलनको अनुभव गराउनुका साथै आफूलाई शुद्ध र व्यवस्थित भएको अनुभव दिन्छ ।

– अम्लपित्त, अपच, मुटु पोल्ने, घाँटीसम्बन्धी र ग्याँससँग सम्बन्धित समस्या निराकरण गर्छ । यसका साथै कब्जियत र पाइल्स् जस्ता रोग पूर्णरूपले निको पार्छ ।

– फोक्सो बलियो बनाउनुका साथै कार्य क्षमता बढाउँछ र फोक्सोसँग सम्बन्धित सबै खालका रोगको उपचार हुन्छ ।

–    नियमित अभ्यासले सक्रिय बनाउनुका साथै अनुहारमा चमक ल्याउँछ ।

–  स्मृतिमा सुधार ल्याउने र एकाग्रताको क्षमता बढाउँछ ।

–    शरीरका सबै चक्रहरू सक्रिय पार्छ ।

–    दम, पिनास र रौं झर्ने समस्याको उपचारमा (टाउकोमा रक्तसञ्चार बढाई) सहयोग गर्छ । साथै कम उमेरमा रौँ फुल्ने समस्यासमेत समाधान गर्छ ।

–    डिप्रेसन जस्ता समस्या समाधान र सकारात्मकताको विकास गराउँछ ।

–    स्तन क्यान्सरको उपचार गराउँछ ।

–    शरीरको रोगविरुद्ध लड्ने क्षमता बढाई शक्ति प्रदान गर्दछ । फलस्वरुप ज्वरो, रूघाखोकी, पिनास जस्ता समस्या समाधान हुन्छन् ।
–    यौन क्षमता बढाउने र शुक्रकीटको उत्पादन बढाउँछ ।

–    महिलाहरूका लागि यो प्राणायाम बरदान नै हो । अनियमित महिनावारीदेखि अन्य समस्या पनि करिब १५ दिनको नियमित अभ्यासबाट निको हुन थाल्छन् ।

–    महिलाको पाठेघरमा हुने गिर्खा जस्तो समस्या पनि समाधान हुन्छ । तर यसका लागि नियमित रूपमा कम्तीमा १५ मिनेट (९०० पटकको सास धकेलाई) कुनै आराम नलिई गर्नुपर्छ ।

–    मिर्गौलाको पत्थरी जस्तो समस्या पनि यो प्राणायामले समाधान गर्छ ।

–    रगतमा क्याल्सियमको तह बढाई हाडहरू मजबुत बनाउँछ । यसका लागि कम्तीमा २ हप्ताको समयपछि नतिजा आउन थाल्छ । यसैगरी रगतमा हेमोग्लोबिनको मात्रा समेत बढाउँछ । यसका साथै शरीरको दुखाइ समेत हटाउँछ ।

–     बुढ्यौलीपन घटाउँछ । नियमित यस्तो प्राणायाम गरेमा आफ्नो उमेरभन्दा ८ देखि १० वर्ष कम देखिन्छ ।
कपालभाति प्राणायामका प्रतिअसरहरू

–     उच्च रक्तचाप र हर्नियाको समस्या निम्त्याउन सक्छ ।

–    टाउको दुख्ने र रिँगटा लाग्न सक्छ ।

–    कहिलेकाहीँ बान्ता हुनसक्छ ।

–    मुख सुक्खा हुनसक्छ ।

–    बढी मात्रामा पसिना तथा –याल उत्पन्न हुनसक्छ ।

कपालभाति प्राणायामका सावधानीहरू

श्वास प्रश्वास नै जीवन हो र यदि यसलाई विधिपूर्वक राम्रो आसनमा बसेर गर्न सकियो भने यसबाट धेरै फाइदा लिन सकिन्छ । धेरै फाइदा लिनका लागि ढिला नगरी कपालभाति सुरु गर्नुपर्छ तर यो प्राणायाम गर्नुपूर्व निम्न सावधानी अपनाउनुपर्छ । कपालभातिका लागि समेत सबैभन्दा राम्रो समय बिहान खाली पेटमा हो तर खाना खाएको ४ देखि ५ घण्टापछि मात्र अन्य अवस्थामा गर्न सकिन्छ ।

–    उच्च रक्तचाप तथा मुटुका समस्या हुनेहरूले श्वास प्रश्वास बिस्तारै सुचारु गर्नुपर्छ ।

–    कपालभाति बिहानको समयमा खाली पेटमा र केही समय ज्यान तताउने क्रियाकलाप गरेपछि मात्र गर्नुपर्छ ।

–    कपालभाति गरिसकेपछि कम्तीमा पनि २० देखि ३० मिनेटसम्म केही नखाने किनकि आमाशयलाई खाना पचाउन शक्ति सञ्चयको जरुरी पर्छ ।

–    उच्च रक्तचाप तथा मुटुका रोग हुनेहरूले कपालभातिको दर विचारपूर्वक घटाएर गर्नुपर्छ र छारेरोग हुनेले कदापि गर्नुहुँदैन ।

–    स्वास्थ्य परीक्षण पश्चात् आधिकारिक योग शिक्षकबाट सिकेर मात्र कपालभाति गर्नुपर्छ ।

–   गर्भवती तथा महिनावारी भएको बेला कपालभाति गर्नुहुँदैन ।

– ढाडको समस्या र हर्निया भएमा कपालभाति गर्नुहुँदैन ।

– पेटको अल्सर छ भने सावधानीपूर्वक कपालभाति गर्नुपर्छ ।

– आधारभूत तहका प्राणायाममा दक्षता हासिल गरेपछि मात्र कपालभाति जस्तो उच्च तहको प्राणायाम विधि अपनाउनुपर्छ ।

– कपालभातिका सीमितताहरूलाई ख्याल गर्दै यसको अभ्यास गर्नुपर्छ ।

– श्वासप्रश्वासका दमरोग जस्ता समस्यामा कपालभाति गर्दा निकै सावधानी अपनाउनु पर्छ ।

–  पहिलो पटक यो अभ्यास गर्न थालेको हो र उमेर ४० वर्ष कटेको छ भने एक सेकेन्डमा एक झड्का मात्र दिने, युवाहरूले २ झड्का प्रति सेकेन्ड दिन सकिन्छ तर २ झड्काभन्दा बढी १ वर्षसम्मको अभ्यासकर्ताले दिनुहुँदैन ।

अन्त्यमा, माथि उल्लेखित विभिन्न शब्दहरूको आधारमा कपालभाति प्राणायामको वैज्ञानिक तरिकाले जीवनलाई लाभ हुने भएकाले कपालभाति जस्तो प्राणायाम मानव जीवनको लागि वरदान हो । जबसम्म जीवन रहन्छ तबसम्म कपालभाति नियमित रूपमा गर्नु आवश्यक छ । मानव जीवनसँगै कपालभाति समेत अनिवार्य आवश्यक भएकाले यसलाई जीवनकै एक अङ्ग बनाउनु जरुरी छ । कपालभाति प्राणायामले कतिपय अवस्थामा जीवन आयु बढाउने, जीवनदान दिने, जीवनमा अत्यन्तै उपयोगी हुने र कपालभाति नगर्दा जीवन स्वस्थ, सुन्दर र आनन्दित नहुने भएकाले कपालभातिलाई जीवनसाथी भन्न सकिन्छ ।

कपालभाति प्राणायाम जीवनको साथी

धेरै पहिलादेखि नै श्वास प्रश्वासका तरिका अपनाई पूरा शरीर स्वस्थ राख्ने प्रयास मानिसले गर्दै आएका हुन् । यसलाई सुरुमा योगको दृष्टिले हेर्दा यौगिक श्वास प्रश्वास भनिन्थ्यो । यही क्रममा कपालभाति जस्तो अत्यन्तै महत्त्वपूर्ण प्राणायाम पनि अस्तित्वमा आएको हो ।

विधिपूर्वक कपालभाति प्राणायाम नियमित रूपमा गर्ने हो भने राम्रा परिणाम छोटो समयमा नै देख्न सकिन्छ । सबै किसिमका श्वास प्रश्वास वा प्राणायामका विधिमध्ये कपालभातिलाई शरीर स्वस्थ र पवित्र राख्ने विधि भनिन्छ । कपाल भनेको खप्पर वा टाउको, भाँति भनेको चमक  र प्राणायाम भनेको श्वास प्रश्वासको विधि हो । कपालभातिलाई आभा मण्डलमा चमक ल्याउने श्वासप्रश्‍वासको तरिका पनि भनिन्छ । यसको अर्थ नियमित रूपमा यस्तो अभ्यास गर्नाले टाउकाको भागमा चमक आउनु, आभामण्डल उज्यालो हुनु वा बुद्धि प्राप्त गर्नु भन्ने बुझिन्छ । 
अनुहारको छाला, कपाल र मस्तिष्क चमकदार, सुन्दर तथा स्वस्थ बनाउनु भन्ने लाग्छ ।

कपालभातिमा सामान्य अभ्यासले निकै प्रभावकारी फाइदा दिन्छ । यो एउटा सत क्रिया प्रविधि हो, जसले शरीरको दूषित हावा बाहिर निकाल्छ र शरीरको शुद्धीकरण गर्छ । यो प्रक्रिया सँगसँगै मानसिक र शारीरिक फाइदा समेत हुन्छन् । कपालभाति गर्दा योगासनमा (सुखासन वा पद्मासन) ढाड र कम्मर सीधा बनाई आँखा बन्द गरी आनन्दले बसेर श्वास प्रश्वास प्रक्रिया जारी राखिन्छ । सकभर समयको ख्याल गरी कति मिनेट गरियो भन्ने कुरा हेरेर गर्नुपर्छ । यो योगको आठौँ अङ्ग भएको कुरा ऋषि पतञ्जलिले बताएका छन् । कपालभातिको अभ्यासले स्वस्थ मन, स्वस्थ शरीर र स्वस्थ आत्माको प्राप्ति हुन्छ ।

सुवेदी, अन्तर्राष्ट्रिय योगपिस संस्थानका प्रशिक्षक हुन् ।