२१ जेष्ठ २०८३, बिहीबार 04 Jun 2026, Thu
kyodainews
ताजा खबर
Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025 Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote 100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026 Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben? Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen Casino Prämie exklusive Einzahlung 2025 In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail! Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC

एजेन्सी । महिलालाई उच्च विद्यालय र विश्वविद्यालय प्रवेशमा रोक लगाएको तालिबान सरकारले ब्यूटी पार्लरहरू बन्द गराएको छ ।

तालिवान अधिकारीहरूले महिलाका लागि उपलब्ध हुने केही आय स्रोतमध्ये एक मानिएको ब्यूटी पार्लरलाई कटौती गर्ने आदेश दिएपछि अफगानिस्तानका हजारौं ब्यूटी पार्लरहरू मङ्गलबारदेखि स्थायी रूपमा बन्द भएका छन् ।

सन् २०२१ को अगष्टमा सत्ता कब्जा गरेयता तालिबान सरकारले बालिका र महिलालाई उच्च विद्यालय र विश्वविद्यालय प्रवेशमा रोक लगाएको छ ।

उनीहरूलाई पार्क, फनफेयर र जिममा प्रतिबन्ध लगाएको छ र सार्वजनिक स्थानमा बुर्का लगाई अनुहार ढाकछोप गर्न आदेश दिएको छ ।

तर गत महिना जारी गरिएको एक आदेशले प्रायः घरपरिवारको लागि आयको एक मात्र स्रोत र उनीहरूका लागि घरबाट टाढा भेला हुने केही बाँकी स्थानहरू मध्ये एक सैलुनमाथिको प्रतिवन्धले महिलाहरूले देशव्यापी रूपमा सञ्चालन गरेका हजारौं सैलुनहरू बन्द गर्न बाध्य पारेको छ ।

Afghan women walk into a beauty salon at the Shahr-e-Naw area in Kabul on July 25, 2023. (Photo by Wakil KOHSAR / AFP)

“हामी यहाँ सँगै हाम्रो भविष्यको बारेमा कुरा गर्न र समय बिताउन आउँथ्यौं । अहिले यो अधिकार पनि हामीबाट खोसिएको छ,” बहरा थर बताउने राजधानी काबुलका एक सैलुन ग्राहकले भने, “महिलाहरूलाई मनोरञ्जन स्थलहरूमा प्रवेश गर्न अनुमति छैन, त्यसैले अब हामी के गर्न सक्छौं ? आनन्द लिन हामी कहाँ जान सक्छौं ? हामी एकअर्कालाई भेट्न कहाँ भेला हुन सक्छौं ?”

गत साता सुरक्षा अधिकारीहरूले उक्त आदेशको विरोधमा प्रदर्शन गरिरहेका दर्जनौं महिलालाई तितरबितर पार्न हवाई फायरको प्रयोग गरेका थिए ।

एक जना सैलुन मालिकले आफूले स्वेच्छाले बन्द गरेको र पसल सञ्चालनको अनुमतिपत्र दिने भन्दै पत्रमा हस्ताक्षर गर्न बाध्य भएको बताए । नाम नबताउने शर्तमा उनले (सैलुन मालिक)ले भने, “दृश्य भयानक थियो । उनीहरू सैन्य गाडी र बन्दुक लिएर आएका थिए ।”

उनले भने, “यति धेरै जिद्दी र दबाबका बाबजुद एउटी महिलाले के गर्न सक्छ ?”

तालिवान सरकारको नेतृत्वमा रहेको सरकार (मन्त्रालय)ले मेकओभरका लागि खर्च गरिएको अचाक्ली रकमले गरिब परिवारलाई कठिनाइ भएको र सैलुनमा गरिने केही उपचार गैरइस्लामिक भएको दाबी गरेको छ । धेरै मेकअपले महिलाहरूलाई प्रार्थनाका लागि उचित स्नान गर्नबाट रोक्छ भने आँखाको मेकअप र जथाभावी कपाल बाट्न पनि निषेध गरिएको एएफपीले जनाएकाे छ ।

एएफपीलाई प्राप्त आदेशको प्रतिलिपिमा भनिएको छ, “यो प्रतिबनध तालिवान सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाको मौखिक निर्देशनमा आधारित छ ।”

अमेरिकी नेतृत्वको सेनाले अफगानिस्तानकब्जा गरेको २० वर्षमा काबुल र अफगानिस्तानका अन्य सहरमा ब्यूटी पार्लरहरू फस्टाएका थिए ।

तिनीहरूलाई महिलाहरूलाई पुरुषहरूबाट टाढा रहन र विवाह जस्ता उत्सवहरूको लागि तयारी गर्न सुरक्षित स्थानको रूपमा हेरिन्थ्यो ।

तालिवान सरकारले सत्ता सम्हाल्दा हजारौं महिला सरकारी कर्मचारीले या त जागिर गुमाएका छन् वा घरमै बसेर तलब खान बाध्य भइरहेका छन् ।

अफगानिस्तान वुमन चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रीका अनुसार ब्यूटी पार्लरमा प्रतिबन्ध लगाएपछि देशभरका करिब १२ हजार सैलुनमा काम गर्ने ६० हजार महिलाले आफ्नो आम्दानी गुमाउनेछन् ।

अफगानिस्तानका लागि विशेष दूत रिचार्ड बेनेटले गत महिना संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्लाई बुझाएको प्रतिवेदनमा अफगानिस्तानमा महिला र बालिकाको अवस्था ‘विश्वकै सबैभन्दा खराब मध्येको एक’ रहेको उल्लेख गरिएको छ ।