२१ जेष्ठ २०८३, बिहीबार 04 Jun 2026, Thu
kyodainews
ताजा खबर
Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025 Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote 100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026 Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben? Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen Casino Prämie exklusive Einzahlung 2025 In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail! Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC

नोट : म राम्रो पाठक हैन् । लेखक त झन् हुदै हैन् । झुर लेख्छु । तपाईले पढिसकेपछि कस्तो नराम्रो लेखेको भन्न पाउनुहुन्छ । ए ठिकै लेखिछस  भन्न पनि पाउनुहुन्छ । लेख्ने शैली मन नपरे गाली गर्नुहोस् । म सुध्रिन चाहन्छु । राम्रो लेख्न चाहन्छु ।

अहिले ।

त्यसताका उ मेरो असल मित्र थियो  । जसले, चोट लाग्दा, दुख्दै छ ? भनेर सोध्छ । खुशी हुँदा किन यतिबिघ्न खुशी छस भनेर प्रश्न गर्छ । गुड

यो लेख पढ्यो भने उ मरिमरि हाँस्न पनि सक्छ । वा, मलाई गाली पनि गर्न सक्छ ।  

छेउमा अमर न्यौपाने दाइको सेतो धरती छ । भखरै पढेर सकेको हुँ । लेख्ने मिठो शैली ।  कारुणिक कथा । यस्तै कथाले मलाई बढी छुन्छन् । अघिल्लो हप्ता मात्र ‘पर्ल एस बर्ग’ को ‘गुड अर्थ’ नेपाली अनुवाद पनि पढेर सकें । यी दुवै किताबले मेरा आँखा रसाएका छन् ।

खै कसरी हो आज बाल्यकालको  साथीलाई फ्याट्ट सम्झीन् पुगें ।

यो लेख लेखिरहँदा त्यो बेलाको बाल चेतना सम्झेर ओठबाट फितलो हाँसो फुत्किन् खोजिरहेको छ ।

……………………………………

बाटोको धुलो उडेर हाम्रो घरसम्म आईपुथ्यो ।  त्यसताका अहिले जस्तो फराकिलो बाटो थिएन् । निक्कै कोपचरो । मुस्किलले हिड्न पर्ने । तिन जना सँगै हिडेको ठाउँमा एकजना भने तल आलिबाट हिड्न पर्ने हुन्थ्यो । 

अहिले भने बाटो फराकिलो बनेको छ ।

स्कुल जान अभ्यस्त भैसकेको थिएँ । कम्तिमा फकाएर जा भन्न पर्दैनथ्यो । चकलेट किनिदिने आश्वासन दिनपर्देनथ्यो । कपाल आफै सपक्क कोर्थे । तोरीको तेल टिलिक्क तालुसम्म टल्किने गरि लगाउथे । कसैगरि गल्तीले टाउकामा छोए हातभरि छ्यापछ्यापी आउथ्यो । मेरो चेतनाले भन्थ्यो, कपालभरि तेल लगाएर जानु सजाय कम्ति पाउनु हो । शिक्षकले पिट्न लागे, हतार हतार मेरो हात टाउको पुगिसकेको हुन्थ्यो । ताकि, शिक्षकको लौरो हातबाट तेल लागेर चिप्लीयोस । ( यो जुक्ती मेरो त्यतिबेलाको निजी दिमागसँग सम्बन्घित  छ )

चौरमा सबैजना कसरत गर्दै थिए ।  ढिलोढिलो गरेर स्कुल पुगें । लुरुलुरु पुरानो ब्लक तर्फ लागे । ढोका माथि हेरे । चकले मधुरो अक्षरमा  लेखेको थियो । कक्षा – १ । मेटिसकेको रहेछ । कक्षा भित्र छिरें । होहल्ला थियो । सबै आ आफ्ना धुनमा मस्त थिए । अन्तिम रो बाट वरसम्म आँखा डुलाए । बिद्यार्थीहरु खचाखच थिए । अगाडिपट्टीको डेस्क खाली रहेछ । गएर बस्न खोजें । एउटाले बस्ने ठाउअघि ब्याग  सार्यो । घुमेर अर्कोपट्टी गएँ । अर्कोले पनि त्यै गर्यो । बिचभाग खाली रह्यो । निहुरिएर छिरें । अगाडि ब्याग रांखे । कम्तिमा आफ्नो ठाउँ त सुरक्षित गरे । उनीहरु मुखमुख गरे । मलाई बस्न नदिन सफल भएनन् । म सफल भए । मनमनै हाँसे ।

उनीहरुले कस्तो हाउभाउ  जनाए त्यो मतलबको बिषय पनि त भएन नी । हैन ?

कक्षा २ कसरी पुगें ? आफैलाई अत्तोपत्तो छैन् । के लेखें हुँला । जोड घटाउ मिलाएकी, मिलाइन होला । साच्ची अक्षर मिसले भनें झै कागले ट्वाइलेट गरे जस्तै भए त ? जे होस् पास भएँ । पास भएपछि घरमा कुटाई खानु पर्दैन्थ्यो । हप्काई सहनु पर्दैन्थ्यो । बरु सिसाकलम राम्रा राम्रा पाइन्थ्यो । चिल्ला चिल्ला आवरणमा नयाँ किताब पाईन्थ्यो । किताब भित्र कथा, कबिता पाईन्थ्यो । जहाँ आफुलाई राखेर कल्पनाको आकशमा शैर गर्न सकिन्थ्यो ।

एउटा कथा अझै सम्झन्छु। टुहुरोको कथा । जो अरुको घरमा बसेर काम गर्दथ्यो। र, पनि मिठो खाना पाउदैनथ्यो । बिहानभरि घाँस काट्थ्यो । तर, पनि एक मुठ्ठी दुध पिउन पाउदैेन्थ्यो । एक दिन उसले घर छाडेर हिड्छ । त्यो कुरा पढेर म दखी बनेको थिएँ । मन एक तमासले पोलेको थियो । म चाहन्थे ,उ किताबबाट फुत्त निस्केर बाहिर आओस् ।   मेरो साथी बनोस् । आखिर मेरो गाउँमा मसँग खेल्ने साथी पनि नि त कोही थिएनन् । उ आए, जसैगरि उसलाई पनि राख्न आमा संग अनुरोध गर्थे । आमाले नमाने अरबमा भएका बा लाई फोन गरेर भन्थे ।

बा ले त मैले भनेको जे पनि मान्नु हुन्छ ।

पछि टुहुरो गएर जङलमा दुधको पोखरी भेट्छ । दुध बेचेर धनी बन्छ । राम्री युवतीसँग विवाह गर्छ । आफ्नो परिवारसँग खुशीसाथ बसेको भाव सहित कथाको अन्त्य हुन्छ । कहिल्यै मैले पात्रलाई एक्लै छाडिन । थालेपछि अन्त्यसम्म पढेर नै बिट मार्थे । घर छाडेसम्म मात्र पढें, आफैलाई दुखेर आउथ्यो । उ कहाँ जान्छ ? के गर्ला भनेर पनि बडा चिन्ता लाग्थ्यो । पाठ नै सकेपछि कम्तिमा उ पनि गन्तव्य बिहिन त हुँदैनथ्यो ।

त्यो साल आमाले तुलसी कपी किनिदिनु भो । गाता खस्रो । अक्षर नै नराम्रा हुने भन्या । त्यसमाथि चार पाँच लाइन लेख्दै सकिहाल्ने । छि मलाई त मन परेन् ।

यसपाली सरोजले भने चिल्लाचिल्ला कपी ल्याएको छ । पोहोर साल पनि यसले दामी कापीमा लेख्या थ्यो । क्या भाग्यमानी यार ! यसका बा त सचिव हुन क्यारे । राम्रा कपी मागे मलाई त आमाले पिट्नुहुन्छ, कराउनुहुन्छ । साच्ची हामी त चार जना छौं। सबैलाई त्यतिका महङगा र चिल्ला कपि आमाले किन्न सक्नुहुन्न हुन्न ।

झर्पानुहुन्छ । आमाले भन्नुभएको थियो ‘एउटा चिल्लो कपी र चारओटा तुलसी कपी बराबर हुन् ।’

सरोज र म यो सालबाट मिल्ने भएका छौं । यत्तिसम्म कि उसले बा को गोजीबाट पाँच रुपैया झिके मेरो भागमा दूुई पर्थ्यो। दुई रुपैया हात लागे मेरो भागमा एक पर्थ्यो । उसले कहिल्यै एक रुपैयाँ मात्र झिकें भनेन वा,  झिकेर पनि पैसामा रुपान्तरण गर्न झेउ लाग्यो होला । म उसँग मिल्नुका कारण छन् । उ मसँग यतिबिध्न मिल्नुका पनि कारण होलान् । जान्दिन् । मेरा कारण एकदम सिमित छन् । जस्तै कि ,उसका केही चिल्ला कपी मेरो बनाउनु, चिल्ला पाना च्यातेर पानीमा कुद्ने नाउ बनाउनु । क्या मज्जा आउंथ्यो । तुलसी कपीका पन्नाको त नाउ नै बन्दैनन् । काम नै नलाग्ने पन्ना ।

गणित बिषयको पालो थियो । सर गुणन सिकाइरहनु भएको छ । हामी धेरै पछिल्तर छौं । उसै त नबुझिने बिषय । त्यसमाथि बिषयवस्तुभन्दा बढी सरको ‘अन्डस्टुट अर नट’ भनिरहने बानी । उसै कर्कश लाग्ने । अगाडिपट्टी ब्याग राखें र सुस्तरी बोलाएँ

ओई ,सरोजे । उ बडा पढाइमा ध्यान दिइरहेको रहेछ ।

फेरि बोलाए , जाठा सुन्न ।

फर्कियो ।

मलाई तेरो कपी दे न ।  खुशुक्क भने । र

अहँ, को टाउको हल्लियो ।

कोटयाएर भने ‘तेरा त टन्न छन् त’ ।

आया ! चिमोटी दिए ।

५  रुपैयाँ दिन्छु ।

कहिले ?

भोली ।

मलाई थाह थियो उ मान्छ भनेर । किनकी उसँग रबर किन्न पैसा थिएन। 

उसले थपक्क चारओटा कपी निकालेर दियो । चार पन्चे बिस । २० रूपैया कसरी ल्याउने भनेर मैले त्यो बेला पनि  सोचीसकेको नै थिइन् ।

घरमा ल्याएर दाजुलाई देखाए । दिदीलाई इष्र्या गर्ने बनाए । बहिनी सानै थिई । मुस्किलले गोलोगोलो अण्डा बनाउथी । उसले चिल्लो कपी र नाउको सम्बन्ध नै बुझ्दिनथि । उसलाई देखाएर के समय बर्बाद गर्नु ? कहाँबाट ल्याइस भन्दा बनावटी कहानी बनाए । ‘मा’वादीको कार्यक्रममा फ्रि मा दिएको भनें । त्यसताका गाउँमा ‘मा’वादीको राम्रै भेला हुन्थ्यो । बिबेकहरु कहाँ त खै कस्ले हो गोलीका झोलानै लिएर छाडेको थियो रे ।

म त बन्दुक बोक्ने मानिस देखि परैबाट डराउथे । तर खै कसरी फ्याट्ट मावादीले देका भनेर भनेछु । ढाँट्नु थियो, ढाँटे ।

ढाँटको परिक्षामा पास भएँ ।

भोलीपल्ट ।

सबैभन्दा ठुलो समस्या २० रुपैयाँ कहाँबाट निकाल्ने भनेर भो । सम्झिदा नी चिटचिट पसिना आउछ । मेरा लागि यो ठुलो रकम हो । टिफिनको पैसा भेला पारेर दिन पनि पुरा २० दिन लाग्ने । अहो आज नलगे त करङ भाचिदिन्छ । त्यसै त अजङ्को छ । अस्ति बाजी थापेको पैसा नदिदाँ त देबेलाई दरहो ठटाएको थियो । हैन ,जसैगरि पनि लग्न पर्छ । नत्र त त्यसका फेला परिन्छ ।

दिदीकहाँ शिरानीमा गएर हेरे ।अहँ सुक्को छैन् । अघिपछि त पाँच दश रुपैया हुन्थ्यो त । फेरि आजै चै नहुनु पर्ने । फिक्स हो मेरो ढाड चिलाएको । यसमा दुईमत नै भएन् नी । एक रुपैयाले माने नी हुने नी । बरु आज टिफिनमा भोकै बस्थे । कहाँ मान्छ होला र ? कम्तिमा पनि दश रुपैयाँ त हुनैपर्छ ।

९ बज्यो । स्कुल जाने बेला भैसकेको थियो । यो बिहान त कति चाडो गयो,गयोे । लाग्यो , यसरी सधै समय जादैन् ।आजै मात्र हो । जति छिटो स्कुल जाने समय आयो,उत्ति मेरा नजिक सरोज आए जस्तो लाग्न थाल्यो  । आमा बारीमा हुनुहुन्छ । खेतको छेउ कुनो झार  टिप्र्दैै । बिस्तारै टाई टोक्दै गएँ । दश रुपैयाँ मागें । बिस त दिए पो माग्नु ? सिधै इन्कार भयो । नदिए रुदाँ दिनुहुन्छ भन्ने पुरानो विश्वास थियो ।

यसो भन्दै रुन्छु भन्ने पुुर्वयोजनाका साथ गएको थिएँ ।

आखाँबाट पिलपिल आशु खस्लाखस्ला जस्तो भो । यो चै नाटक हैन नी । रौं रौं लाग्यो । ग्वा ग्वा रोइदिए । आमालाई वास्तै छैन् बा । भुईमा लडें । लडीबडी गरें । लुगा सबै मैला भए । धुनै हुने । आमाले यत्रो बासको लौरोले नितम्बमा बजाउनु भो । आथ्थाथा ,दरो पोल्यो । पिसाब आउला आउला जस्तो भयो । त्यसबखत मेरो दिमागमा त्यो मुला ‘सरा्ज सत्यकसम आएको थिएन् ।

बरु पछाडि कत्रो डाम बस्यो भन्ने चिन्ता लागिरहेको थियो ।

जुरुक्क उठेर ,भातसात नखाई ब्याग बोकेर फरार भएँ । थुक्क बिथ्थामा रोएँ ।  रोएको काम आएन् ।

दिदिले भात त खाएर जा भन्दै थिई । म पछाडि फर्किदा नी नफर्कि पछाडिको भाग हातले सुम्सुम्याउदै फटाफट कुदिरहे ।

स्कुल पुगें । अघि मुन्टिसकेछ मोरो । परैबाट देखे । त्यता जाने कुरै भएन् ।अर्कापट्टी तिर लागें । धैरैबेर छल्नै सकिन् । शौचालय जाने बाटोको मुखैनेर भेट्यो । के भन्ने ? सुम्ला  उठेको कुरा गर्न मिलेन् । फेरि ती दोच्काउला भन्ने पिर ।

आमा उड्ने साइकल लिन जानुभएको रहेछ । पैसा माग्नै भ्याइन् ।

उ छक्क परयो ।

मुुखबाट फुत्त फुस्कियो । के बोले के । पत्तो छैन् । आ जे भए नी भैगो ।

उसले पत्यायो । त्यसपछि झन के के भन्न पर्ने हो । एउटा झुटले अर्को झुट जन्माउने पक्का भो ।

उसले कक्षामा सोध्यो ‘तैले उड्ने साइकल चढेको छस’ ्?

गफ लगाउने पालो मेरो थियो । उत्सहित भएर भनिदिए । मेरो त पहिला पनि यस्तै साइकल थियो । बिग्रियो । त्यै भएर आमा आज बजार जानुभएको हो  ।मैलै पत्याउने गरि भनें । नप्त्याएर धर । उसले बिस रुपैया बिर्सियो ।

आफु भने साइकल उच्चारण गरे पिच्छे बिस रुपैया सम्झिन्थे ।

मैले हात हल्लाई हल्लाई गफ लगाउन् थाले । मान्छेले आफु बच्न जे पनि गर्दे रहेछ । जसो पनि बोल्दो रहेछ । जिन्दगीमा सबैभन्दा ठुलो कुरा बाँच्नु हो । आज बाचे भोली केही न केही त भैआल्छ ।

स्कुलका भित्ताका ससना प्वाल देखाउदै यस्तोमा पनि सानो भएर छिर्छ भनेर गफ दिन लागें । फेरि पत्यायो । उ र म असल साथी भयौं । बिस रुपैयाको साटो मैले उसलाई एकदिन उड्ने साइकल दिने भएँ । उ खुशीले हाँस्यो । म हासिन् । भोली कुटाइखानु छदै छ । त्यै पनि खुश् िभए जस्तो भैदिए । अभिनय न हो । किचिक्क दाँत देखाइदे ।

भोलीपल्ट साइकल लग्न पर्ने दिन थियो । भए पो लानु । नभएको के लानु । म मा आत्माविश्वास यति बढ्यो कि उसलाई एक दुई दिन छक्याउछु भन्ने लाग्यो ।

भोलीपल्ट बालै नदि स्कुल गएँ । उ गेटमै पखिरहेको रहेछ । उसले सोचेको हुदो हो, आज उसको साथी फिल्मा जस्तै आकश माथिमाथि उडेर आउने छ । सायद केहीबेर अघिसम्म उ आकशतिर हेर्दै थियो कि ।

म पुगेपछि खिन्न भो । पुर्वतयारीका साथ गएको हुदाँ खासै गाह्रो भएन् । साफसाफ भनिदिए । हिजो दाई साइकलसगै उडेछ । खै कता हो कता पुगेछ । बिहानसम्म पनि आइपुुगेन् । दिउसो आउछ होला ।

गफै न हो । दिएँ नी ।

त्यो दिन डर नै भएन् । भोलीपल्ट स्कुल ल्याउन भन्यो । मैले सरहरुको डर देखाए । उडने  साइकल ल्याउदा स्कुल नै डिस्टब हुन्थ्यो । नपढेर सबै हाम्रो साइकल हेर्न खोज्थे । तलाई हेर्थे । मलाई हेर्थे ।

हो त है । उसले बुझ्यो ।

अर्को दिन ।

पुग्नासाथ भरे सोमबारे बजारबाट तँ साइकल लानु भनिदिए । बजार आउछ साइकल । मान्यो । दिनभर नबोली बस्यो । चुपचाप । के उ आज धेरै नबोल्ने कसम खाएको  छ ? छुटि हुनासाथ मलाई पछ्यायो । बजारसम्म छाड्दै छाडेन् । लु फत्की आज । कति दिनको कुटाई आज बजारमै धुलाई हुने वाला थियो । रगत नै रगत भएको सबैले देख्ने भए ।आज त खाजा पनि राम्ररी खाएको थिइन् । भोको पेटमा लात बज्रिने भयो ।

बित्यास परयो ।

उ र म सगँसगै छौ । हात नै पक्रे जस्तो भैरहेको छ । हेर्दा यस्तो देखीन्छ । मानौ म हराउनेवाला छु र उसले पक्रिरहेको छ ।

बजारमा एक्कासी हल्ला चल्यो । मान्छेहरु भाग्न थाले । हामी तितरबितर भया । ैसोमबारे बजार भित्रै कसैले बम राखेको छ भन्ने हल्ला चल्यो । एकैछिनमा बजार शुनसान भयो । त्यसको केही समयपछि बम पड्कियो –गड्याम्म ।

भोलीपल्ट उ स्कुल आएन् । पछि था भयो उसका बा लाई मावादीले गिरफतार गरेछन् ।

मैले उसका चिल्ला पन्ना भएका कपी फर्काउन सकिन् ।

……………………………………

अन्तमा

०७८ सालको बैशाख पहिलो साता । झन्डै १७ बर्षपछि भेट भएको थियो ।   चिया पियौ ं ।  उ धेरै बोलेन् ।  पुराना दिन सम्झियौ ।  मुसुक्क हाँस्यो ।

कपि कतिवटा कपि फर्काम ? म जिस्किए ।

नाइँ मलाई त उड्ने साइकल नै चाहिन्छ । उ खुलेर हास्यो

 दुबै दरहो हास्यौं । छेउछाउका मानिसहरु हामीलाई होटल परिसरमा हेरिरहेका थिएँ ।