१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । साहित्यकार तथा अनेसासका निवर्तमान अध्यक्ष हुन् प्रकाश पौडेल ‘माइला’ । चिवनमा जन्मिएका माइला अहिले जापानको खानागावा प्रिफेक्चरमा ब्यबसाय गर्छन । नेपालको मध्य पश्चिम क्षेत्रमा पर्ने चितवनमा दैनिक जीवनमा धेरै प्रयोग हुने साधन हो साइकल ।

बिद्यालय जाँदा होस् या किनमेल गर्न जाँदानै यहाका मानिसहरु साइकलकै प्रयोग गर्दछन । साइकल चड्दा कहिले चेन फ़ुस्किएर हात कालै हुन्छ त कहिले सल बेरिन्छ । हो माइलालाइ केही समय अघि यस्तै भयो । मिलमा सिरौला कुट्न जाँदा प्रेमिकाको सल साइकलमा बेरिएपछि उनले हालसालै नयाँ ‘साइकल’ बनाएका छन् ।

चितवनमा जन्मिए र हुर्किए पनि उनकी प्रेमिकाको सल साइकलमा बेरियो बेरिएन उनै माइलाले जानुन तर धेरैका सल, जो चितवन आसपासका क्षेत्रमा बेरिरहन्छन । हो तिनै दिनहु साइकलमा बेरिने कथाहरुको पोको हो माइलाले हालसालै बजारमा ल्याएको ‘साइकलमा’ ।

माइलाले लेखेका शब्दलाई पछिल्लो समयका चर्चित गायक तथा संगीतकार बसन्त थापाले संगीतमा ढालेका छन् । संगीतमा संधै नयाँ ‘बान्की’ पस्कने थापाले माइलाको साइकलमा पनि संगीतको मिठो धार लगाएका छन् ।

गीतमा साइकल, मिल, सल, चौलानी, पराल, भर्‍याङ्ग, कुलो, इनारजस्ता बिम्बहरुलाई माइलाले गाउँले प्रेमसँग जोडेका छन् । माइलाले जुन भावमा डुबेर गीतको सिर्जना गरेका छन् त्यही भावमा चुर्लुम्म डुबेका छन् संगीतकार बसन्त थापा, कोरियोग्राफर मौसम हिमाली अनि अभिनयमा सुधिर श्रेष्ठ र उषा उप्रेती पनि।

‘मैले स्कुले जीवनमा हामी सबैले भोगेका कुरालाई शब्दमा उतारेको हुँ’ क्योदाई न्यूज संग कुरा गर्दै गीतकार प्रकाश माइलाले भने ‘तराइ भेगमा धेरै प्रयोग हुने साइकल र त्यो साइकल संग जोडिएका भेगीय किस्साहरुलाई गीतमा उतार्ने प्रयास गरेको छु ।’

गीतको शब्द सिर्जना देखि संगीत र कोरियोग्राफी सकेर बजारमा सार्बजनिक हुँदा सम्म झन्डै २ वर्ष लागेको माइलाले बताए ।

सङ्गीतकार बसन्त थापाको युट्युब च्यानलमार्फत हालै सार्बजनिक भएको उक्त गीतको म्युजिक भिडियो यो समाचार तयार पार्दा सम्म झन्डै ८० हजार पटक हेरिएको छ।

गीतको म्युजिक भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् । गीतमा संगीतकार स्वयम र महिला तर्फ अश्मिता अधिकारीले स्वर दिएका छन् ।

म्युजिक भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस ।

https://m.youtube.com/watch?v=eO-M3pDvfHc