२१ जेष्ठ २०८३, बिहीबार 04 Jun 2026, Thu
kyodainews
ताजा खबर
Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025 Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote 100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026 Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben? Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen Casino Prämie exklusive Einzahlung 2025 In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail! Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC

संबिधानको धारा ७६ को उपधारा २ अन्तरगत बनेको सरकार ढलेपछि सोही धाराको उपधारा ३ अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने हुन्, त्यसैले पनि प्रचण्ड पछि प्रधानमन्त्री बन्न माधब नेपाललाइ लगभग मुस्किल छ ।

काठमाडौं । नेकपा एमाले सहितका दलहरुसंग गठबन्धन गरी प्रधानमंत्री बनेका प्रचण्डले राष्ट्रपति निर्वाचनका सन्दर्भमा उठाएको जोखिमले सरकारको निरन्तरतामा गम्भीर प्रश्न खडा गरेको छ । पछिल्लो गठबन्धन संगै अब प्रचण्ड सरकारको आयु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनको पार्टीको इमान्दारिताको त्यान्द्रोमा अल्झिएको छ ।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओबादी केन्द्र संसदको तेस्रो ठुलो शक्ति हो, जसलाई सरकार टिकाई राख्न अरु दलहरुको समर्थन अनिवार्य हुन्छ । अन्यथा कांग्रेस वा एमालेमात्रै समर्थन फिर्ता लिंदा प्रचण्ड सरकार ढल्न सक्छ ।

नेकपा एमालेको हिजो बसेको बैठकले राष्ट्रपतिको निर्वाचन हुँदा सम्म सरकार बाट फिर्ता नहुने र समर्थन पनि जारी राख्ने निर्णय गरेको छ । यसको अर्थ राष्ट्रपतिमा उमेद्वारी दिएका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गलाइ माओबादीले भोट नदिए एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्ने हो ।

संसदमा १४ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट फिर्ता मात्रै भएको छैन, उसले हिजो देखिनै सरकारलाई दिएको समर्थन फिर्ता लिसकेको छ । केही विश्लेषकहरुले बहुमत गुमेको खण्डमा मात्र प्रचण्डले बिश्वासको मत लिनुपर्ने बताइरहेका छन् । तर संविधानको धारा १०० को उपधारा २ मा प्रधानमंत्रीले प्रतिनिधित्व गर्ने दल बिभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिन भित्र बिश्वासको मत लिनु पर्ने व्यवस्था गरेको छ । (हेर्नुहोस तस्बिर )

प्रचण्ड नेतृत्वको सरकार संविधानको धारा ७६ को उपधारा २ बमोजिम निर्माण भएको हो । उपधारा २ बमोजिम बनेको सरकारले बिश्वासको मत प्राप्त गर्न सकेन भने सरकार स्वतः ढल्छ । उपधारा २ बमोजिम बनेको सरकारले उपधारा ४ बमोजिम बिश्वासको मत प्राप्त नसकेमा उपधारा ३ मा भएको व्यवस्था अनुसार सरकार गठनको प्रक्रिया थाल्नु पर्छ ।

सरकारमा सहभागी भएको संसदको चौंथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारबाट फिर्ता भैसकेको छ । तर उसले अहिले सम्म पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन । हिजो राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले एमालेले पनि समर्थन फिर्ता लिनसक्ने संसय ब्यक्त गर्दै आफु आबश्यक प्रक्रियामा जाने बताइसकेका छन् । यसको मतलब प्रचण्ड बिश्वासको मत लिने तयारीमा छन् ।

अहिलेको समीकरणमा फेरबदल नआए राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका तर्फबाट उमेद्वारी दिएका रामचन्द्र पौडेलले जित्ने निश्चित जस्तै छ । राष्ट्रपतिको निर्वाचन पश्चात प्रचण्डले बिश्वासको मत लिंदा कांग्रेसले मत दिएन वा केही दिन अघिको सहमतिप्रति देउवा र उनको पार्टी इमान्दार भएन भने प्रचण्ड सरकार ढल्न सक्छ । त्यसैले प्रचण्ड नेतृत्वको सरकारको आयु देउवा र कांग्रेसको इमान्दारिता माथि निर्भर भएको हो ।

के कांग्रेसले घात गर्ला त ?

संविधानको व्यवस्था अनुसार कदम कदाचित ७६ (२) बमोजिम बनेको प्रचण्ड नेतृत्वको सरकार ढलेको अबस्थामा ७६ (३) अनुसार संसदको सबैभन्दा ठुलो दलको नेताका हैसियतले कांग्रेस सभापति शेरबहादुर प्रधानमन्त्री नियुक्त हुनेछन । त्यसपछि उनले ७६ (४) बमोजिम बिश्वासको मत लिनुपर्ने अनिवार्य हुनेछ । यस्तो हुँदा प्रचण्डसंग प्रतिशोध साँध्न एमालेले देउवालाई विश्वासको मत दिने सम्भावना प्रबल हुनसक्छ ।

पछिल्लो पटक बनेको नया गठबन्धनमा प्रचण्ड पछि नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधब नेपाल प्रधानमन्त्री बन्ने सहमति भएको छ । तर माधब नेपाल संविधानको कुन व्यवस्था अनुसार प्रधानमन्त्री बन्ने हुन् प्रष्ट छैन । उनीहरुबीचको सहमति अनुसार प्रचण्ड पछि प्रधानमन्त्री बन्ने पालो माधब नेपालको हो । प्रचण्ड पछि प्रधानमन्त्री बन्न नेपाललाइ संविधानको धारा ७६ (३) बाधा बन्ने निश्चित छ ।

संबिधानको धारा ७६ को उपधारा २ अन्तरगत बनेको सरकार ढलेपछि सोही धाराको उपधारा ३ अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने हुन्, त्यसैले पनि प्रचण्ड पछि प्रधानमन्त्री बन्न माधब नेपाललाइ लगभग मुस्किल छ । यसका लागि ७६ (३) बमोजिम देउवालाइ प्रधानमन्त्री नियुक्त गरेर ७६ (४) अनुसार बिश्वासको मत लिंदा उनलाई फेल गराई धारा ७६ (५) अनुसार माधव नेपाललाइ प्रधानमन्त्रीमा प्रस्ताब गर्ने हो, जुन धारा अन्तर्गत यस अघि देउवा प्रधानमन्त्री नियुक्त भएका थिए ।

धारा ७६ (३) लाइ ‘स्किप’ गरेर ५ को प्रयोग गर्न मिल्दैन त्यसैले कांग्रेसले प्रचण्ड पछिको नेतृत्व माधब नेपाललाइ स्वीकार गर्ने गरी जुन सहमति गरेको छ, यसलाई पालना गर्न संबिधाननै बाधक भएकाले कांग्रेसले राष्ट्रपतिको निर्वाचन पश्चात एमाले संगको सहकार्यमा प्रचण्ड सरकारलाइ अल्पमतमा पारेर देउवालाइ प्रधानमन्त्री बनाउने रणनीति बनाएको हुन सक्ने राजनीतिकवृतमा चर्चा चल्न थालेको छ ।

राजनीतिशास्त्री गंगाबहादुर थापाले काठमाडौंबाट संचालित शिलापत्रसंग भनेका छन् ‘तीन बर्ष किन कुर्ने र अहिलेनै प्रधानमन्त्री पाइन्छ भने हुनुपर्छ भन्नेमा देउवा पुगेमा, प्रचण्ड सरकार ढलिहाल्छ ।’