२१ जेष्ठ २०८३, बिहीबार 04 Jun 2026, Thu
kyodainews
ताजा खबर
Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025 Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote 100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026 Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben? Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen Casino Prämie exklusive Einzahlung 2025 In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail! Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC

सिनेमाप्रति मानिसको इन्ट्रेस कम हुनु र एकले अर्काको खुट्टा तान्ने प्रवृति पनि बढी भएकाले जापानमा सिनेमा चलाउन कठिन

उपेन्द्र थापा/टोकियो

जापानको अध्यागमन बिभागको पछिल्लो तथ्याङ्क अनुसार जापानमा नेपालीहरुको संख्या १ लाख २५ हजार ७९८ रहेको छ । जसमा राजधानी टोकियोमा बसोबास गर्ने नेपालीहरुको संख्या २६ हजार ६४३ रहेको छ । सबै भन्दा धेरै नेपालीहरु बसोबास गर्ने क्षेत्रनै टोकियो हो ।

जनसंख्याका हिसाबले १ लाख २५ हजार त्यति ठुलो संख्या होइन तर पनि पछिल्लो समय जापानमा नेपाली चलचित्रहरु प्रदर्शन गर्ने क्रम अत्यन्तै तीब्र बनेको छ । हाल सम्म जापानमा कबड्डी ४, प्रकाश, प्रेम गीत ३, लाखे, महा पुरुष लगायतका चलचित्र टोकियो सहितका शहरमा प्रदर्शन भैसकेका छन् ।

कोरोना महामारीको लहर पूर्ण रुपमा नियन्त्रणमा नआउदै जापानले लामो समय देखिको आपतकाल अन्त्य गर्र्यो । आपत्कालको अन्त्य संगै जापानका विभिन्न शहरमा नेपाली चलचित्र कबड्डी ४ प्रदर्शन भयो । टोकियोको नाकानो जेरो हलमा कबड्डी ४ हेर्न दर्शकहरुको भीड थामी नसक्नु हुँदा आयोजकले कतिपयलाई टिकटको पैसा फिर्ता दिनुपरेको थियो ।

‘जापानमा कबड्डी ४ इतिहास हो’ चलचित्र पत्रकार एवं छड्के २ का जापान वितरक सचिन आचार्यले भने ‘कबड्डी ४ को रेकर्ड तोड्न लामो समयको प्रतिक्षा गर्नुपर्ने हुन्छ जस्तो मलाइ लाग्दछ ।’ सिनेमाप्रति मानिसको इन्ट्रेस कम हुनु र एकले अर्काको खुट्टा तान्ने प्रवृति पनि बढी भएकाले जापानमा सिनेमा चलाउन कठिन भएको आचार्य बताउछन ।

नेपालमा ‘हिट’ भएको महापुरुष र सामाजिक रुपमा राम्रो चर्चा पाएको प्रकाशले समेत जापानमा खासै प्रभाब पार्न सकेन । त्यसैले पनि जापानमा नेपाली चलचित्रले बजार बिस्तार गर्नेकुरामा वितरकहरु ढुक्क छैनन् ।

परीक्षाको संघारमा छड्के २ र छक्का पन्जा ४

जापानमा प्रदर्शनको तयारीमा रहेका दुइ चलचित्र हुन् छड्के २ र छक्का पन्जा ४ । नमस्ते टोकियोले वितरण गरेको छड्के २ राजधानी टोकियो सहित निगाता, तोचिगी, सेन्दाई, चिवा, ओसाका, कोबे, फुकुयामा, फुकुओका, ओकिनवा लगायतका क्षेत्रमा प्रदशन हुँदैछ । त्यसैगरी आनभि इण्टरटेण्ट्मेण्टको वितरणमा रहेको छक्का पन्जा ४ पनि टोकियो सहित चिवा लगायतका ठुला शहरमा प्रदर्शन हुंदैछ ।

छड्के २ र छक्का पन्जा ४ नेपालमा बहुप्रतिक्षित चलचित्र हुन् । छड्के २ मा नायक अनमोल केसी नया लुक्समा देखिएको र छड्के ४ पहिले देखिकै सिरिज भएकाले प्रतिक्षारत चलचित्र हो । टोकियोको नाकानो हलमा छड्के २ मार्च ५ र छक्का पन्जा ४ मार्च १२ मा प्रदर्शन हुँदैछ । यी २ चलचित्रले जापानमा कस्तो प्रभाब पार्छन त्यो भने चलचित्र प्रदर्शन पछिनै थाह हुनेछ।

छड्के २ चिवाका २ ठाउँ र छक्का पन्जा नारितामा प्रदर्शन हुने

छड्के २ टोकियो नजिकको चिवा प्रिफेक्चरका २ स्थानमा प्रदर्शन गरिदैछ भने छक्का पन्जा ४ चिबाको नारितामा प्रदर्शन हुने आयोजकले जनाएका छन् । नमस्ते टोकियोका सचिन आचार्यले दिएको जानाकारी अनुसार चिबाको फुनाबासी र नारितामा प्रदर्शन हुने भएको हो ।

छड्के २ लाइ फुनाबासीमा एनआरएनए चिवाले मार्च १२ र नारितामा दौतरी जापानले मार्च १८ तारिख प्रदर्शनको मिति तय गरेका छन् । त्यस्तै छक्का पन्जा ४ नारितामा १२ मार्चमा लाग्दैछ । अध्यागमनको पछिल्लो तथ्याङ्क अनुसार नारितामा नेपालीहरुको संख्या ९६० छ भने त्यहाँ १ हप्ताको अन्तरालमा दुइ चलचित्र प्रदर्शनमा आउदैछन ।

नारितामा छक्का पन्जाको प्रदर्शन जिम्मा नारिता नेपालले लिएको हो । ‘आन्तरिक रुपमा तयारी गरिरहेकै छौ’ नारिता नेपालका नबिन राउतले भने ‘सानो क्षेत्रमा चलचित्र प्रदर्शन गर्नु चुनौतीपूर्ण त छ तर पनि बिस्तारै माहोल बनाउने हाम्रो कोसिस हुनेछ ।’