२१ जेष्ठ २०८३, बिहीबार 04 Jun 2026, Thu
kyodainews
ताजा खबर
Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025 Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote 100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026 Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben? Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen Casino Prämie exklusive Einzahlung 2025 In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail! Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC

टोकियो । शुक्रबार बिहान करिब ११ बजेर ३५ मिनेटतिर मोबाइलमा एउटा नोटिफिकेसन डेलिभर भयो । उक्त नोटिफिकेसन एनएचकेको समाचार थियो र लेखिएको थियो ‘पूर्वप्रधानमन्त्री आबे भाषण गर्दागर्दै ढले र उनको शरीरबाट रगत बगिरहेको छ ।’

जापानमा जापानीहरुबीच जति लोकप्रिय छन् आबे उति नै यहाँ बस्ने विदेशीहरुका बीचमा पनि । यस्तो लोकप्रिय नेता भाषण गर्दागर्दै ढलेको समाचार आएपछि मेरो ध्यान त्यही केन्द्रित भयो र एउटा स्टाटस पोस्ट गरेर समाचार लेख्न थाले । यत्तिकैमा अर्को ‘फ्लास न्यूज’ आयो, लेखिएको थियो आबेमाथि गोली प्रहारको आशंका ।

त्यसपछि म झसङ्ग भए ‘आबेमाथि गोली प्रहार ? त्यो पनि जापानमा ?’ यतिसम्म विश्वभरका सञ्चारमाध्यमको ध्यान जापान केन्द्रित भैसकेको थियो र सबैले ‘ब्रेकिङ’ चलाइरहेका थिए भने धेरैजसो देशका नेताहरुले आबेको ‘स्वाथ्य लाभ’को कामना गरिरहेका थिए । यसबीच गोली प्रहार भएकोदेखि अभियुक्तको गिरफ्तारीसम्मका खबर आइसकेका थिए । करिब ५:३० को हाराहारीमा उनको मृत्यु भएको घोषणा गरियो ।

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे जापानमा मात्रै नभएर विश्वभर चिनिएका राजनीतिज्ञ हुन् । सन् १९५४ सेप्टेम्बर महिनामा जन्मिएका आबेले सन् १९७७ मा जापानको सेइकेइ विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक तह उत्तीर्ण गरी संयुक्त राज्य अमेरिकाको दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयमा जन नीतिको विषय अध्ययन गरेर जापान फर्किएका थिए ।

जापानको राजधानी टोकियोमा जन्मिएका उनी राजनीतिक परिवारका व्यक्ति हुन् । आबेका हजुरबुबा कान आबे र बुवा सिनातारो आबे दुवै राजनीतिज्ञ हुन् भने आबेकी आमा जापानका पूर्वप्रधानमन्त्री नोबुसुके किसीकी छोरी हुन् । यसरी राजनीतिक पृष्ठभूमिबाट विश्व राजनीतिमा चम्किएका आबेको शुक्रबार जापानको खान्साई क्षेत्रको नारा शहरमा हत्या भएको छ ।

आबेको आगमन

सन् १९९३ को आम निर्वाचनमा निर्वाचित आबे त्यसयता मूल राजनीतिमा सक्रिय रहे । सन् २००६ मा प्रधानमन्त्री बन्दा आबे दोस्रो विश्व युद्धपछि जापानका सबैभन्दा कान्छा प्रधानमन्त्री बने । त्यतिबेला उनको उमेर ५२ वर्षको मात्र थियो । सन् २००६ सेप्टेम्बर २६ तारिख प्रधानमन्त्रीमा निर्वाचित आबेले सन् २००७ सेप्टेम्बर १२ तारिखमा स्वास्थ्य समस्या देखाउँदै राजीनामा दिए ।

पदबाट राजीनामा दिए पनि पार्टी राजनीतिमा सक्रिय आबे सन् २०१२ मा फेरि लिबरल पार्टीको सभापति हुँदै दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । दोस्रो पटक प्रधानमन्त्री कार्यालय फर्किने सिगेरु योसिदा ९१९४८० पछि आबे पहिलो व्यक्ति थिए ।

सन् २०१२ मा प्रधानमन्त्री निर्वाचित भएपछि आबेले सन् २०१७ मा संसद विघटन गर्दै मुलुकलाई निर्वाचनमा लैजान निर्णय गरे । उक्त निर्वाचनमा पनि आबे नेतृत्वको लिबरल डेमोक्र्याटिक पार्टी ठूलो दल बन्यो र फेरि आबेले नै जापानको प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरेका थिए । आबे अति नै लोकप्रिय भए तापनि ७० वर्ष पुरानो रक्षा नीति बदल्ने उनको प्रस्ताव धेरै नै विवादित बनेको थियो ।

जापानको सेना दोस्रो देशमा लड्न पाउने गरी संसदमा विधेयक पेश भएपछि नागरिकस्तरबाट आबेको चर्को विरोध भएको थियो । त्यसकै लागि संविधान संशोधन गर्ने बहस भैरहे पनि अहिलेसम्म पूरा हुन सकेको छैन ।

संविधान संशोधनको प्रयास सफल नहुँदै उनले सन् २०२० मा स्वास्थ्य अवस्था ठीक नभएको भन्दै पदबाट राजीनामा दिएका थिए ।

आबेको अवसान

कोरोना संक्रमणलाई नियन्त्रण गर्न प्रभावकारी भूमिका खेलेको र नागरिकहरुलाई समयमै सहायता उपलब्ध गराएका कारण पनि आबे निकै लोकप्रिय थिए । जापानको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेर ‘रेकर्ड’ राखेका आबे नजिकिँदै गरेको निर्वाचनको प्रचारप्रसारका लागि देश दौडाहामा थिए ।

सोही क्रममा शुक्रबार नारामा चुनावीसभालाई सम्बोधन गरिरहेका बेला पूर्वजलसेनाले गोली प्रहार गरेका थिए ।

सुरुमा बाटो छेउमा देखिएका ती अभियुक्त आबेले भाषण गरिरहेका बेला आबेको पछाडि देखिन्छन् । आबेले भाषण गर्दा ती अभियुक्तले सुरुमा तालीसमेत बजाएको देखिन्छ । त्यसपछि उनले एक्कासि फायर खोल्छन् र केही बेरमा आबे ढल्न पुग्छन् ।

आबे ढलेपछि केही बेर उनलाई प्राथमिक उपचार गरी अस्पताल पुर्र्याइएको थियो । अस्पताल पुग्दासम्म बोलिरहेका आबे पछि बेहोस भएका थिए । मुटुको धड्कन ठीक ढंगले नचलेको समाचार आइरहेका वेला साँझपख अस्पतालले पूर्वप्रधानमन्त्री आबेलाई बचाउन नसकिएको जानकारी गराएको थियो ।

आबेलाई जापानमा राजनीतिको ‘किङ मेकर’ भनेर चिनिन्छ । राजनीतिक जीवनबाट बिदा लिने तरखरमा रहेका सिन्जो आबेको शुक्रबार अकस्मात अवसान भएको छ ।

सुरक्षित देशमा सुरक्षा चुनौती

अहिलेसम्म सार्वजनिक यातायात या सार्वजनिक स्थानहरुमा भए गरेका आपराधिक घटनालाई छोड्ने हो भने जापान अति नै शान्त र सुरक्षित देशमा पर्दछ । तर, हिजोको घटनाले पूर्वप्रधानमन्त्री जस्तो ‘भीआईपी’ नै असुरक्षित रहेको देशमा आम नागरिक कसरी सुरक्षित हुनसक्छन् भन्ने गम्भीर प्रश्न उठेको छ ।

अन्तराष्ट्रले सुरक्षित भनेको देशमा भीआईपीमाथि नै गोली चल्नुले जापानप्रति अन्तर्राष्ट्रिय समुदायको दृष्टिकोण फेरिनसक्ने सम्भावना त उत्तिकै छ नै त्योसँगै सुरक्षित देशको पूर्वप्रधानमन्त्रीमाथि गोली प्रहार भएको घटनाले लामो समय जापानको निद्रा हराम हुने निश्चित प्रायः छ ।