१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानमा गएको शक्तिशाली भूकम्पका कारण बुधबारसम्म मृत्यु हुनेको सङ्ख्या २०६ पुगेको छ ।

सुजु सहरमा ९१, वाजिमा ८३, अनमिजुमा २०, नानाओमा ५, नोटोमा ४, शिका टाउनमा २ र हाकुईमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रभावित क्षेत्रमा, भवन भत्किने जोखिम मूल्याङ्कनमा उच्च ध्यान केन्द्रित गरिएको छ । मङ्गलबारदेखि लगातारको वर्षाले, पहिरोजस्ता खतराहरूको सम्भाव्यताको बारेमा सजगता बढाउँदै अधिकारीहरूले चेतावनी जारी गरेका छन् ।

क्योदोले क्षेत्रीय मौसम विज्ञान पर्यवेक्षकलाई उद्धृत गर्दै चुचुरोमा चिसो हावाको कारण वायुमण्डल अस्थिर रहने, भूकम्प र वर्षाले हिउँ पग्ली नोटो क्षेत्रमा जमिन अस्थिर हुने सम्भावना बढेको रिपोर्ट गरेको छ ।

क्षेत्रीय अधिकारीहरूका अनुसार, कोभिड–१९ र इन्फ्लुएन्जाजस्ता सङ्क्रामक रोगहरूको बढ्दो जोखिमको बीचमा २६ हजारभन्दा बढी व्यक्तिहरूले विभिन्न शिविरहमा आश्रय लिइरहेका सिन्ह्वाले जनाएको छ ।