बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । बङ्गलादेशमा सन् २०२३ मा एचआईभी एड्स सङ्क्रमणका कारण कुल २६६ जनाको मृत्यु भएको छ । यो सङ्ख्या बङ्गलादेशमा सन् १९८९ मा पहिलो पटक एड्स सङ्क्रमित फेला परेयताको सबैभन्दा बढी हो।
यसैबीच, बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको राष्ट्रिय क्षयरोग, कुष्ठरोग तथा एड्स नियन्त्रण कार्यक्रमले बुधबार पत्रकार सम्मेलन आयोजना गरी यस वर्षको डिसेम्बर २७ सम्म एड्सबाट १ हजार २७६ संक्रमितहरू रेकर्ड गरिएको बताएको छ ।
यस वर्ष संक्रमितमध्ये १ हजार ११८ बंगलादेशी नागरिक रहेको र बाँकी १ सय ५८ जना म्यानमारका रोहिंग्याहरू बङ्गलादेशको दक्षिणपूर्वी कक्स बजार जिल्लाका विभिन्न शिविरहरूमा बसोबास गरिरहेका व्यक्तिहरू रहेको बताएको बताइएको छ ।
तथ्याङ्क प्रस्तुत गर्दै कार्यक्रम निर्देशक मोहफुजुर रहमान सरकारले सन् २०२२ मा देशभर २३२ जनाको मृत्यु भएको र ९४७ बिरामी पहिचान भएको बताए ।
बङ्गलादेशमा एड्सको पहिलो सङ्क्रमित सन् १९८९ मा पत्ता लागेको थियो । त्यस बेलादेखि हालसम्म १० हजार ९८४ सङ्क्रमितहरूको पहिचान भएको र ती मध्ये २ हजार ८६ जनाको मृत्यु भएको छ।