बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । भारतीय संसदमा गत साता धुवाँको डिब्बा छाडिएको घटनाको विरोधमा बहसको माग गरेको भन्दै विपक्षी दलका आधाभन्दा बढी सांसदलाई संसदको जारी अधिवेशनमा रोक लगाइएको छ ।
निलम्बित एक सय ४१ सांसद आगामी वर्षको सुरुमा हुन गइरहेको आम निर्वाचनमा लड्न गठित भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (आइएनडिआइए–इन्डिया) भनिने २६ दलको विपक्षी समूहका हुन् ।
डिसेम्बर १३ मा एक व्यक्तिले माथिल्लो दर्शकदीर्घाबाट संसद्को तल्लो सदनको भुइँमा फाल हानेर पहेँलो धुवाँ छाडेपछि सांसदहरूलाई आश्चर्यचकित बनाएका थिए ।
सो घटनाको भोलिपल्ट सुरक्षा उल्लङ्घनको विरोधमा १४ सांसदलाई चेम्बरबाट रोक लगाइएको थियो र सोमबार ७८ विपक्षी सांसदलाई बाँकी सत्रबाट निलम्बन गरिएको थियो ।
संसद अधिवेशन शुक्रबार समाप्त हुँदैछ । शक्तिशाली गृहमन्त्री अमित शाहको राजीनामा माग गर्दै संसदभित्र नारा लगाएपछि मङ्गलबार थप ४९ सांसदलाई प्रतिबन्ध लगाइएको छ ।
निलम्बित सांसद तथा विपक्षी कांग्रेस पार्टीका नेता जयराम रमेशले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘अर्थपूर्ण बहसविना खतरनाक विधेयकहरू पारित गर्न सकियोस् भनेर विपक्षीहरूलाई सम्पूर्णरूपमा समाप्त गरिँदैछ ।’