बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । गिनीको राजधानी कोनाक्रीस्थित मुख्य इन्धन डिपोमा आगलागीपछि विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ । सोमबार बिहानै भएको विस्फोटमा परेर अन्य ८८ जना गम्भीर घाइते भएका छन् ।
आगलागीपछि बाक्लो कालो धुवाँले आकाश भरिएपछि विद्यालयहरू बन्द गरिएको छ र नागरिकहरूलाई घरभित्रै बस्न भनिएको छ । विष्फोट भएको स्थानबाट स्थानीय बासिन्दा भागेको सामाजिक सञ्जालमा सम्प्रेषित तस्वीरमा देखिएको छ ।
बन्दरगाह नजिकै कोनाक्रीको कालौम जिल्लामा रहेको सरकारी तेल कम्पनीको मुख्य डिपोमा स्थानीय समयअनुसार मध्यरातमा उक्त घटना भएको हो ।
उद्धार सेवाका प्राविधिक निर्देशक ज्याँ ट्राउरेले विदेशमन्त्री र राजदूतहरूसँगको भेटमा उद्धार सेवाका लागि ‘११ जनाको मृत्यु भएको र ८८ जना गम्भीर घाइते’ भएको बताएका छन् । घटनामा गम्भीर घाइते भएका व्यक्तिको सङ्ख्या धेरै रहेकोले मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने बताइएको छ ।
घाइतेहरूलाई कोनाक्रीका दुई मुख्य अस्पताल इग्नेस दीन र डोन्कामा उपचारका लागि ल्याइएको छ ।