१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको आरोपमा ३२ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दुई अधिकृत, ट्राभल एजेन्सी सञ्चालकसहितका व्यक्ति रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

पक्राउ पर्नेमा नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत अरविन्द यादव र अध्यागमन विभागमा कार्यरत अधिकृत नरवीर खड्का छन् । उनीहरुले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लाभ लिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यसअघि सोही आरोपमा नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सङ्कलन गरेर पठाएका १ हजार ३२ थान भिसासहितका कागजातबाट अनुसन्धान गर्दा गिरोहले पर्यटक भिसाका लागि फर्जी कागजात बनाएर विदेश पठाउने गरेको भेटिएको हो ।

यो प्रकरणमा पक्राउ परेकामध्ये कन्सल्टेन्सी सञ्चालक छ जना, प्रहरी एक जना, पूर्वप्रहरी एक जना, एयरलाइन्सका दुई जना र अन्य ११ जना रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार नौ जनामाथि सङ्गठित अपराधमा र १२ जनामाथि लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । यसअघि आठ जना भने धरौटीमा छुटिसकेका छन् ।

ट्राभल एजेन्सीका सञ्चालकहरूमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एन्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल र एड्भान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पक्राउ परेका छन् ।

कागजात मिलाएबापत ट्राभल एजेन्सीहरुले प्रतिव्यक्ति रु १५ हजार लिने गरेका र अध्यागमन विभागका कर्मचारीहरूले नयाँको हकमा रु ५५ हजार र पुरानो (एकपटक विदेश पुगेर फर्किएका) हरूको हकमा रु ४० हजार लिने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।