२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । बङ्गलादेशको राजधानी ढाकाको बाहिरी भाग स्थित गाजापुरीमा बुधबार रेल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार बुधबार बिहान ४ बजे भएको दुर्घटनामा करिब आठ जना घाइते भएको स्थानीय जोयदेबपुर रेलवे स्टेशनका प्रमुख हनिफ अलीले बताए ।

उनका अनुसार ‘इन्जिनसहित रेलका सातवटा ‘बोगी’ लिकबाट बाहिरिएपछि एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

रेल दुर्घटनाको कारण राजधानी ढाकाबाट देशका अन्य भागहरूमा घन्टौंसम्म रेल सेवा अवरुद्ध भएको थियो ।

विपक्षीहरूको आन्दोलनका कारण गाजीपुरमा रेलवेको तोडफोड तथा कटान गरिदिएपछि रेल पटरीबाट खसेको अधिकारीहरूले बताएका छन् ।

विपक्षी आन्दोलनले ढाका लगायत दक्षिण एसियाली देशमा अक्टोबरको अन्त्यदेखि लगभग हरेक दिन प्रहरी – मजदुर झडप तथा सवारीसाधनमा तोडफोड र आगजनीका घटना भइरहेका छन् ।

बङ्लादेशको प्रमुख प्रतिपक्षी दल बङ्लादेश नेसनलिस्ट पार्टी (बीएनपी) तथा सहयोगीले निर्वाचन आयोगले देशको १२ औं संसदीय निर्वाचनको कार्यतालिका घोषणा गरेपछि मङ्गलबार बिहानदेखि ३६ घण्टाका लागि देशव्यापी सडक, रेलमार्ग र जलमार्ग अवरुद्ध गरेको छ ।