Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025
Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote
100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung
PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen
Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026
Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben?
Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten
Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten
Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen
Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen
Casino Prämie exklusive Einzahlung 2025
In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen
Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor
Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode
Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter
Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren
Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail!
Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote
Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren
Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC
टोकियो । २०७९ साउनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणमा आए । आफ्नो पार्टी निकट संगठन नेपाली जन प्रगतिशील मञ्च (माओवादी)को निमन्त्रणामा उनी जापान आएका थिए ।
विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले ‘अध्ययन, रोजगारी र व्यवसायका लागि जापान आएका नेपालीलाई नेपालको राजनीतिक नेतृत्वको तर्फबाट के गर्नुपर्छ भन्ने अध्ययन गर्नु मेरो जापान भ्रमणको प्रमुख उद्देश्य हो’ भनेका थिए ।
तर उनी जापान रहँदा यस्तो कुनै अध्ययनमा संलग्न भएको देखिएन । बरु पार्टी संगठन नेपाली जन प्रगतिशील मञ्च (माओवादी) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम, कार्यकर्ता भेटघाटमा व्यस्त थिए । त्यसबाहेक देखिएको एउटा कार्यक्रम उनको हिरोसिमा भ्रमण थियो ।
२०८० जेठमा नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत १० दिन जापान घुमेर फर्किए । जापानमा रहँदा उनी प्रवासी नेपाली मञ्च (नेकपा एमाले)ले आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा सहभागी थिए ।
मञ्चले टोकियोमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै बस्नेतले देशको आर्थिक विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताए । कार्यक्रममा बस्नेतले अधिकांश समय आफ्नो पार्टीको महिमागान गरेर बिताएका थिए ।
२०८० असारमा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवा नेपाली दूतावास, जाईका एन्ड जेट्रो र युएनआइडीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन जापान आइपुगेकी थिइन् । त्यसबेला उनी राजनीतिक भेटघाटमा समेत सक्रिय रहिन् । उनको सक्रियता पार्टीगत भन्दा पनि आफ्नो गुटगत उद्देश्यका भेटघाट तथा अन्तरक्रियामा केन्द्रित थिए ।
उनले जापान आएर पनि गुटको राजनीति गरेको भनेर नेपाली जनसम्पर्क समिति (नेपाली कांग्रेस) आबद्ध एक नेताले दुखेसो नै पोखे । नाम उल्लेख गर्न नचाहने ती नेताले भने ‘उहाँ आएको, गएको हामीले कमै थाहा पाउँछौं । उहाँको समय गुटगत भेटघाटमा वित्छ ।’
२०७९ फागुनमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल जापान आइन् । उनी भरतपुर महानगरपालिका र जापानको खानागावा प्रान्तको योकोसुका शहरबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारीका लागि जापान आएकी थिइन्र । तर दाहाललाई आफ्नो जापान बसाइँ ‘पशुपतिको यात्रा, सिद्राको व्यापार’ भयो । जापान रहुन्जेल उनले पनि कार्यकर्ता भेटघाट र राजनीतिक गतिविधिमै समय बिताइन् ।
निम्ता एउटा कार्यक्रम अर्कै
झट्ट सुन्दा कुनै राजनीतिक दलले विदेशमा आफ्ना कार्यकर्तालाई पार्टीमा आबद्ध गर्दा के गल्ती गरे त भन्ने लाग्न सक्छ । फेरि जस्तो कि जापान कै कुरा गर्दा लर्को लागेर जापान आउने नेता कार्यकर्ता पनि विभिन्न नाममा निमार्ण गरेका आफनो पार्टीका संरचनाकै आयोजनामा आउने हुन् ।
तर, यसमा खास अर्थ छ । जापान भ्रमण गर्न उनीहरूले प्रयोग गरेको औपचारिक निमन्त्रणामा राजनीतिक गतिविधि गर्न भनेर जापान आएका हुँदैनन । त्यहाँ अरू नै गैर राजनीतिक गतिविधिसम्बन्धी कार्यक्रमको व्योहोरा उल्लेख गरिएको हुन्छ ।
किनकि जापानमा नेपालीसहित कुनै पनि देशका राजनीतिक दलका शाखा वा सम्पर्क संस्था स्थापना गर्न अनुमति छैन । नेपाली राजनीतिक दलका शाखा, सम्पर्क कार्यालय वा शुभेच्छुक संस्थाका नाममा गतिविधि गर्नु जापानको कानुनविपरीत मानिन्छ । तरपनि जापानमा नेपालमा प्राय सवै दलका शाखा वा भातृ संगठन सक्रिय छन् ।
पुराना दलहरूको के कुरा भर्खरै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत जापानमा आफ्नो संरचना विस्तार गर्न भ्याइसकेको छ । ‘प्रभावशाली नेता’ को अवार्ड पाएकी रास्वपा नेतृ तथा प्रतिनिधि सभा सदस्य सोविता गौतम जापान आएर संगठन विस्तार गरेर फर्केकी छिन् ।
बेलायती संस्था द वन योङ वर्ल्डद्वारा ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड पाएकी रास्वपाकी सांसद गौतमको प्रमुख आतिथ्यतामा प्रवास नेपाली सम्पर्क विभाग (रास्वपा) जापानले ओसका क्षेत्रीय समिति गठन गरेको छ । जापान आएको अवसरमा रास्वपाकै अर्की नेतृ सांसद सुमना श्रेष्ठ पनि प्रवास नेपाली सम्पर्क विभाग (रास्वपा)ले आयोजना गरेको कार्यक्रममा सहभागी भएकी थिइन् ।
विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकारसम्म पनि छैन । तर, पनि नेपालका साना–ठूला राजनीतिक दलका संगठन भने यहाँका शहरैपिच्छे छ्याप्छ्याप्ती छन् ।
नेपाली जनसम्पर्क समिति (नेपाली कांग्रेस), प्रवासी नेपाली मञ्च (नेकपा एमाले), जन प्रगतिशील मञ्च (माओवादी), प्रवासी नेपाली एकता समाज (राप्रपा) र प्रवास नेपाली सम्पर्क विभाग (रास्वपा) जापनामा क्रियाशिल छन् । यी संगठनमार्फत नेपालका राजनीतिक दलहरूले जापानमा राजनीतिक गतिविधि गर्दै आएका छन् ।
जापान सरकारले आप्रवासीसम्बन्धी कानुनमा विदेशी राजनीतिक पार्टीका गतिविधिलाई गैरकानुनी मान्छ । जन प्रगतिशील मञ्चले राजनीतिक दलको संगठनको स्टाटसमा संस्था दर्ता गर्न नमिल्ने भएकोले गैरनाफामुलक, गैरराजनीतिक संस्था (एनपिओ होउजिन) को रूपमा दर्ता गरेर राजनीतिक कार्यक्रम गर्दै आएको छ । प्रवासी नेपाली मञ्च (नेकपा एमाले) पनि संगठन दर्ताको अन्तिम चरणमा रहेको संगठनका अध्यक्ष कुलचन्द्र खरेल बताउँछन् ।
जापानमा नेपाली समुदायले खोलेका अधिकांश संस्था एनपिओ होउजिन अन्तरगत सञ्चालनमा रहेका जापानको खानागावा प्रिफेक्चर (क्षेत्रीय सरकारी संरचना) का सल्लाहकार जिज्ञानकुमार थापाले बताए । १२ वर्षदेखि खानागावा प्रिफेक्चरका सल्लाहाकारका रूपमा काम गर्दै आइरहेका थापा भन्छन्, ‘दर्ता गर्दा गैरनाफामुलक र गैरराजनीतिक संस्थाका रूपमा गरिन्छ । तर, नेता ल्याउने, राख्ने, राजनीतिक कार्यक्रम गर्ने खर्चका लागि व्यक्तिगत खाता प्रयोग हुन्छ । अडिट रिर्पोटमा उनीहरूको आर्थिक कारोबार शून्य देखाइन्छ ।’
नेपालीले अहिलेसम्म गर्दै आएका राजनीतिक गतिविधिलाई जापान सरकारले सूक्ष्म रूपमा हेरिरहेको थापाले बताए ।
टोकियो बसेर बानेश्वरको राजनीति
कुनै पनि देशका राष्ट्र प्रमुख, सरकार प्रमुख र दलका नेताहरूको विदेश भ्रमणले विशेष महत्व राख्छ । भ्रमणको उद्देश्य हुन्छ, कार्यक्रम तय गरिन्छ । तर नेपालबाट जापान भ्रमणमा आउने प्रधानमन्त्रीदेखि अधिकांश नेताको भ्रमण दुई देशबीचमा भन्दा पनि आफ्ना कार्यकर्ताबीचमा हुने गर्छन ।
गतवर्ष जापान आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमण अन्तर्राष्ट्रिय सम्बन्धको हिसाबले औचित्यपूर्ण नदेखिएको नेपाल पत्रकार महासंघ जापान शाखका पूर्व अध्यक्ष मोहन घले बताउँछन् । उनको भनाइमा कार्यकर्ता तहको निमन्त्रणमा भ्रमण भएका कारण यसले दुई देशबीचको सम्बन्धको आकार लिनै सकेन ।
जापानमा भ्रमणमा रहँदा प्रचण्डले जापानका उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने अवसर नै पाएनन् । त्यसैले भ्रातृ संगठनको निमन्त्रणामा भएको प्रचण्डको त्यो भ्रमण कुटनीतिक हिसाबले फलदायी बन्न नसकेको खानागावा प्रिफेक्चरका सल्लाहकार जिज्ञानकुमार थापा बताउँछन् ।
उनले भने, ‘जापानको परिवेशमा कुरागर्दा, नेपालमा जस्तो भन्ने बित्तिकै यहाँका नेतालाई भेट्न पाइँदैन । त्यो स्तरसम्म नेपाली नेताको पहुँच पनि पुग्दैन । त्यसैले जापान आएर पनि नेताहरू भ्रातृ संगठनकै गतिविधिमा सीमित भएर फर्कन्छन् ।’
तर यहाँ बसेका विभिन्न दलका कार्यकर्ताको ध्यान भने अर्कै हुन्छ । जापान आइपुग्ने आफ्ना नेतासँग फोटो खिचेर सामाजिक सञ्जालमा राख्न भ्रातृ संगठनमा आबद्ध कार्यकर्ता बीच होडबाजी नै चल्छ । यो हिसाबले हेर्दा जापान आइपुग्ने नेतालाई आफू सानोतिनो सेलीब्रेटी नै भएँ भन्ने लाग्छ ।
एक जना स्थानीय नेपाली व्यवसायीका भनाइमा ‘टोकियो बसेको छु भनेर के गर्नु राजनीति बानेश्वर वरिपरिकै हुन्छ । जापानमा छु भन्यो आफनो निर्वाचन क्षेत्रको, आफनो गुटको कुरा बाहेक अरु सोच्ने फुर्सदै यहाँका कार्यकर्तालाई हुन्न ।’
टोकियोका ती व्यवसायी भन्छन् ‘धन्न यहाँको सरकार उदार छ र यी गतिविधि गर्न पाइएको छ । यदि भारतीय नागरिकले नेपालमा भारतीय जनता पार्टीको शाखा खोल्नु हो भने हाम्रो प्रतिक्रिया के हुन्थ्यो होला भन्ने मलाई लाग्छ ।’
‘जापानमा रहेको नेपाली समुदायका समस्या धेरै छन् । अझ विद्यार्थीका समस्या त जटिल छन् । भाषा, जीवनशैली, भिसा लगायतका समस्या भएपनि त्यतातर्फ नेपाली नेताको ध्यान पुग्दैन’ थापा भन्छन्, ‘भ्रातृ संगठनहरू पनि यहाँ रहेका नेपालीहरूका समस्यमा छलफल गर्न रुची राख्नु भन्दा पनि नेपालमा रहेका आफन्त र साथीभाइलाई आफ्नो राजनीतिक पहुँच देखाउने उद्देश्यले नेतालाई निमन्त्रणा गरेर कार्यक्रम गर्नमा व्यस्त रहन्छन् ।’
त्यस बाहेक जापान भ्रमणमा आउने नेताको पनि स्वार्थ हुन्छ । नेपालका धेरैजसो राजनीतिक दलका नेताका लागि जापान भ्रमण एक आकर्षक अवसर हो । यस निम्ति उनहिरु विवरण ढाँटेरै भएपनि जापान जान चाहन्छन् । कार्यकर्ताको खर्चमा हवाइ टिकट, होटल वा कुनै नेपालीको घरमा पाहुना बन्ने हुँदा नेताको आफनो पैसा खर्च हुँदैन । उस्तै चलाख नेताले केही खर्चसहित राम्रै उपहारसमेत बोकेर नेपाल फर्कन पाउँछ ।
विश्वका ८० भन्दा बढी मुलुकमा नेपाली संगठित भएको विवरण गैर आवासीय नेपाली संघको अभिलेखबाट देखिन्छ । सय भन्दा बढी मुलुकमा नेपाली पुगिसकेको अनुमान छ । तर, जति नै विकसित देशमा पुगे पनि उनीहरूको चरित्र औसत भन्दा माथि उठ्न नसकेको राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी बताउँछन् ।
‘नेपालमा कर्मचारी, प्रहरी, पत्रकार अरू जुनसुकै पेशामा संलग्न भए पनि त्यो व्यक्ति राजनीतिमा लागेकै हुन्छ । विदेश पुगेर राजनीति गर्नेहरू पनि यी नै मध्ये केही हुन्’ डा. केसीले भने । नेपालका नेतादेखि कार्यकर्तासम्मलाई राजनीति र सुशासनबारे ज्ञान नभएको उनको भनाइ छ ।
‘विदेश भ्रमण गर्नु, हाम्रा नेताहरूको देखाउने उपलब्धि हो । त्यसमा आर्थिक लाभ पनि जोडिएको हुन्छ । त्यसकारण विभिन्न नाममा विदेशमा संगठन विस्तारमा पुरानादेखि नयाँ दल सक्रिय छन्’ विश्लेषक केसीले भने, त्यसले देशको छविमा कति ठूलो क्षति पुर्याइरहेको हुन्छ भन्ने उनीहरूलाई वास्तै छैन ।’
चुनौती
देशको संस्कार, संस्कृति र राजनीति सँगसँगै जोडिनका लागि प्रवासमा पनि संगठन विस्तार गरिरहेको प्रवासी नेपाली मञ्चका अध्यक्ष कुलचन्द्र खरेल बताउँछन् । ‘म नेपाल गएर लाहुरे बन्न चाहन्न । यहाँ संगठनमा आबद्ध भएकै कारण नेपालमा म लाहुरे मात्र बन्नु पर्दैन’ प्रवासी नेपाली मञ्चका अध्यक्ष खरेलले भने । प्रवासको राजनीतिमा चुनौती पनि धैरै छन् । राजनीतिक दलको चुनाव चिन्हको प्रयोग गरेर कार्यक्रम गर्न यहाँको सरकारले दिँदैन । अधिकांश समय काममा व्यस्त हुनेहुनाले नेपालबाट आएका पाहुनालाई समयको व्यवस्थापन पनि चुनौतीको रुपमा रहेको छ ।
अर्को बुझ्नु पर्ने विषय भनेको हामी यहाँ राजनीति मात्र गरिरहेका छैनाैं । संगठनमा आबद्ध तथा बाहिरका साथीहरूका विभिन्न किसिमका समस्याहरू हामी माझ आउँछन् । ति समस्याको समधान गरी सहयोग गर्ने काम हाम्रो संगठनले गर्दै आएको छ ।
जापानमा नेपाली जनसम्पर्क समिति (नेपाली कांग्रेस) भने अन्य दलका संगठनको तुलनामा सक्रिय छैन । संगठन भित्रको आन्तरिक किचलो र गुटको राजनीतिका कारण विगत ६ वर्षदेखि नेपाली जनसम्पर्क समितिको अधिवेशन हुन नसक्दा संगठन सक्रिय हुन नसकेको संगठनका उपाध्यक्ष राजेन्द्र जमरकट्टेल बताउँछन् । ‘अधिवेशन हुन नसक्दा ६ वर्षदेखि रोशन केसी नै सभापतिमा हुनुहुन्छ । नेपाली कांग्रेस केन्द्रीय समितिको महासमिति सम्मेलन नभएसम्म नयाँ कार्यसमिति चयन हुने अवस्था छैन ।’ जमरकट्टेल भन्छन्, ‘प्रवासमा राजनीति गर्नुको उद्देश्य भनेको सामाजिक काम गर्नु हो । यहाँको कानुनले खुलेर राजनीतिक गतिविधि गर्ने अधिकार भने दिएको छैन ।’
‘हामी प्रजातान्त्रिक देशका नागरिक हौं र यहाँको देशले पनि प्रजातन्त्रलाई मान्ने हुँदा सामान्य कार्यक्रम गर्न समस्या हुँदैन । तर संस्था एनपिओ होउजिनमा दर्ता गरेर राजनीतिक गतिविधि गर्दा भोलि समस्या आउने हुँदा नेपाली जनसम्पर्क समितिले संस्था दर्ता गरेको छैन’ उपाध्यक्ष जमरकट्टेलले भने ।
सामाजिक कार्य गर्न र प्रवासमा दुःख मा परेकालाई सहयोग गर्ने एउटै विचार समूह भएकाहरू एकिकृत भएको जन प्रगतिशील मञ्च (माओवादी) जापान शाखाका उपाध्यक्ष मोहन पौडेलको भनाइ छ । पौडेलले भने, ‘देशको राजनीतिक व्यतिथिले गर्दा हामी विदेशीएका हौं, तर देश बनाउन राजनीति नै चाहिन्छ ।
हामी यहाँ राजनीतिक क्रान्ति गर्ने भन्दा पनि राम्रो गरेमा प्रोत्साहन र नराम्रो गरेमा खबरदारी गर्ने काम गछौं ।’ यहाँको कानुनले राजनीतिक कार्यक्रम गर्न नदिने हुँदा खुला राजनीतिक कार्यक्रम भने नगरेको पौडेलले बताए ।
प्रस्तुत सामग्री नेपालबाट सञ्चालित अनलाइन खबरमा पनि प्रकाशित भएको छ ।