१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । चालू आर्थिक वर्ष २०२३–२४ (जुलाई २०२३ देखि जुन २०२४)को पहिलो त्रैमासिकमा बङ्गलादेशको वार्षिक व्यापार घाटा ७६ प्रतिशतले घटेको छ ।

व्यापार घाटा घटेर एक अर्ब ८२ करोड अमेरिकी डलर भएको बिहीबारको नयाँ आँकडाले देखाएको छ ।

बङ्गलादेश बैंक (बिबी) को तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको जुलाई–सेप्टेम्बरको अवधिमा बङ्गलादेशको आयात भुक्तानी २३ दशमलव ७७ प्रतिशतले घटेर १४ अर्ब ७४ करोड ९० लाख डलर भएको सिन्ह्वाले जनाएकाे छ ।

यो अवधिमा निर्यात नौ दशमलव ८५ प्रतिशतले बढेर १२ अर्ब ९३ करोड १० लाख डलर पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुलुकको निर्यात र आयात भुक्तानीबीचको अन्तर सात अर्ब ५८ करोड डलर भएको अनुमान गरिएको थियो ।

विदेशमा बसोबास तथा काम गर्ने करिब एक करोड बङ्गलादेशीले पठाएको विप्रेषणले व्यापार घाटाको असरलाई कम गर्न सहयोग गरेको र भुक्तानीको समग्र सन्तुलन बचतमा रहेको बैंकका अधिकारीहरूले बताएका छन् ।