१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । जापानमा भालुको आक्रमणमा परेका व्यक्तिको संख्या १ सय ८० पुगेको छ ।
जापानको पर्यावरण मन्त्रालयले दिएको जानकारी अनुसार उक्त सङ्ख्या आर्थिक वर्षका आधारमा सबैभन्दा बढी हो ।

आर्थिक वर्ष २००६ देखि तथ्याङ्क राख्न सुरु गरिएयता अहिलेसम्म यो सबैभन्दा खराब सङ्ख्या भएको मन्त्रालयले बुधबार प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरेको छ । आर्थिक वर्ष २०२० मा पछिल्लो उच्च रेकर्ड एक सय ५८ थियो ।

अप्रिलदेखि सुरु हुने आर्थिक वर्ष २०२३ मा अहिलेसम्म भालुहरूको आक्रमणमा पाँच व्यक्तिको ज्यान गएको प्रतिवेदनमा उल्लेख छ । अगस्टमा १५ जनामाथि भालुले आक्रमण गरेको थियो भने यो सङ्ख्या सेप्टेम्बरमा ३८ र अक्टोबरमा ७१ पुगेको थियो ।

उत्तरपूर्वी जापानको ताहोकू क्षेत्रमा कूल जनसङ्ख्याले करिब ७० प्रतिशत भाग ओगटेको छ । विशेषज्ञहरूका अनुसार पहाडहरूमा सुक्खा फलफूल (बदाम, ओखर आदि)को उत्पादन कम भएकाले पर्याप्त भोजन नपाउँदा यो वर्ष भालुहरू मानव बस्तीका वरपर धेरै पटक देखिएका थिए ।

मन्त्रालयले डिसेम्बरमा भालुहरू शीतनिद्रामा नगएसम्म अधिकतम सतर्कता अपनाउन आग्रह गरेको छ ।