२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । भारत र श्रीलङ्काले ४० वर्षपछि पुनः डुङ्गा सेवा सञ्चालन गरेका छन् ।

भारतको तमिलनाडु राज्यको पूर्वी तटमा रहेको नागापट्टिनम र श्रीलङ्काको उत्तरी प्रान्तको जाफना नजिकै कान्केसानथुराईबीच डुङ्गा सेवा सुरु गरिएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रीलङ्काका राष्ट्रपति, सरकार र त्यहाँका जनतालाई नौका सेवाको सफल शुभारम्भका लागि धन्यवाद दिएका थिए ।

उनले भारतको रामेश्वरम र श्रीलङ्काको तलैमन्नारबीच नौका सेवा पुनः सञ्चालन गर्ने दिशामा काम गर्नेबारे पनि चर्चा गरेका थिए ।

सिपिङ कर्पोरेसन अफ इन्डियाले सञ्चालन गरेको उच्च गतिको डुङ्गाको क्षमता १५० यात्रु रहेको सिन्ह्वाले जनाएकाे छ ।

नागपट्टिनम र कान्केसानथुराईबीचको करिब ६० नटिकल माइल (११० किलोमिटर) को दूरी समुद्रको अवस्थाअनुसार करिब ३.५ घण्टामा पूरा हुने बताइएको छ ।