२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । प्यालेस्टाइनी लडाकू समूह हमासले इजरायलमा हवाई, समुद्री र स्थल आक्रमण गरेको छ ।

शनिबार बिहानदेखि भएको आक्रमणमा कम्तीमा १०० इजरायलीको मृत्यु भएको इजरायली स्वास्थ्य मन्त्रालयले जनाएको छ । आक्रमणमा परी कम्तीमा ७०० इजरायली नागरिक घाइते भएको जनाइएको छ ।

यसैगरी इजरायलको जवाफी आक्रमणमा परी करिब २०० प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै एक हजारभन्दा बढी घाइते भएका विवरणहरु पनि सार्वजनिक भएका छन् ।

नेपालको परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार हमासको आक्रमणमा परी ९ जना नेपाली पनि घाइते भएका छन् । बंकर मुनि छिरेर ज्यान जोगाइरहेका उनीहरुले सरकारलाई छिटो उद्धार गरिदिन आग्रह गरेका छन् ।

इजरायलमा भएको आतंककारी हमलापछि त्यहाँ कार्यरत नेपाली त्रासमा रहेका छन् । निरन्तर प्यालेस्टाइनी आतंकारी समूहबाट रकेट प्रहारका साथै स्थलमार्गबाटै पनि आक्रमण हुँदा इजरायल अशान्त बनेको हो ।

आतंककारी हमलामा परी इजरायल प्यालेस्टाइनको सीमामा पर्ने गाजा क्षेत्रमा कार्यरत नेपालीहरु पनि घाइते भएका छन् । हालसम्म ९ जना घाइते भएको र उनीहरु उपचार पाउनबाट बञ्चित भएका छन् । बंकरमै घाइते अवस्थामा नेपालीहरु बस्न बाध्य भएका छन् ।

बाहिर निरन्तर भिडन्त भइरहेकाले उद्दारमा कठिनाइ भइरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । हाल दुई जना अस्पताल पुग्न सफल भए पनि अन्यको भने उपचार हुन नसकेको हो । उनीहरुलाई अस्पताल लैजानका लागि निरन्तर पहल भइरहेको अस्पतालको भनाइ छ ।

बंकर छिर्ने क्रममा गोली तथा रकेटको छर्रा लागेका उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

उनीहरु घाइतेहरु कृषि प्रशिक्षार्थी कामदार रहेको बताइएको छ । कृषि प्रशिक्षार्थीको रुपमा गएका १७ मध्ये ९ जना घटनामा परेका हुन् ।

इजरायलमा २ सय ५० कृषि विद्यार्थीसहित ४ हजार ५ सय जना नेपाली कार्यरत छन् ।