१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । पुरातात्विक तथा ऐतिहासिकस्थल पण्डितपुरको विकासका लागि जापानी बौद्ध अनुरागीहरूले चासो देखाएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) रामग्राम नगरपालिका–१८ मा रहेको पण्डितपुरको विकासका लागि जापानी बौद्ध अनुरागीहरूको टोलीले चासो दिएको हो ।

बौद्ध महासङ्घका सल्लाहकार तथा एसियाली विकास बैंक एडीबीका पूर्व जनरल डाइरेक्टर नोरीतादा मोरीतासहितको टोलीले पण्डितपुर पुगेर चौतर्फी विकासका लागि चासो व्यक्त गरेको हो ।

सो क्रममा टोली प्रमुख मोरीताले पण्डितपुरको संरक्षणका लागि नगरपालिकासँग मिलेर काम गर्न चाहेको बताए । पण्डितपुरमा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवसँग भएको भेटमा उनले पण्डितपुरमा बौद्ध विहारलगायतका संरचना निर्माणका लागि नगरपालिकामार्फत बजेट उपलब्ध गराउन चाहेको बताउँदै आवश्यक सहयोग गर्न आग्रह गरे।

सो क्रममा नगरप्रमुख यादवले अहिले बुद्धको एकमात्र सिङ्गो अस्तुधातु रहेको रामग्राम स्तूप र पण्डितपुरलगायतका बुद्धस्थलको संरक्षण र विकासका लागि नगरपालिकाले काम गरिरहेको बताउँदै जापानी नागरिकले देखाएको चासो सरहानीय भएको बताए ।

उनले नगरपालिकाले रामग्राम विकास कोषसमेत गठन गरेर संरक्षणको काम अगाडि बढाइसकेकाले नगरपालिका जापानी सहयोगबाट काम गर्न तयार रहेको उल्लेख गरे ।

पण्डितपुर कोलीय गणराज्यको राजधानीका रूपमा परिचित छ ।