बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । तान्जानियाले धानखेत जोगाउन तथा व्यावसायिक खेतीको अनुगमनका लागि ड्रोन र विमानको प्रयोग गरी लाखौं क्वेलिया चरा मारेको तान्जानियाका बोटबिरुवा र कीटनाशक औषधि निगरानी निकायले जनाएको छ । क्वेलिया रातो चुच्चो भएको भँगेराजस्तै देखिने ठूलो समूहमा घुम्ने पंक्षी हो ।
मरुभूमिको सलह नियन्त्रणको लागि पनि जिम्मेवार तान्जानिया बोटविरूवा स्वास्थ्य तथा किटनाशक प्राधिकरण (टीपीएचपीए)ले गत हप्ता लगभग एक हजार हेक्टरमा लगाइएका व्यावसायिक बालीहरू खतरामा परेको भन्दै मन्याराको उत्तरी क्षेत्रमा ५० लाख क्वेलिया चराहरू मारेको थियो ।
‘हामीले ५० लाख विनाशकारी चराको झुण्ड मारेका छौं र अब हामी अन्य क्षेत्रको निगरानी गरिरहेका छौं,’ टीपीएचपीएका कार्यवाहक महानिर्देशक जोसेफ नन्डुन्गुरुले भने ।
ठूला बगालमा ओहोरदोहोर गर्ने स–साना रातो चुच्चो भएका चराहरू बाली नाश गर्नका लागि कुख्यात छन् र सेप्टेम्बर र अक्टोबरमा सुख्खा यामको सुरुआतमा यिनीहरूको विगविगी हुने गर्छ ।
उत्तरी तान्जानियामा धानखेतमा क्षति पुर्याउनुअघि चार दिनसम्म हवाई आक्रमण गरी चराको झुण्डलाई निशाना बनाइएको एनडुनगुरुले बताए ।