बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान थप १४ दिन हिरासतमा बस्ने भएका छन् ।
पाकिस्तानको विशेष अदालतले मङ्गलबार पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का अध्यक्ष खान र उपाध्यक्ष शाह महमुद कुरेशीलाई थप १४ दिन हिरासतमा राख्ने अनुमति दिएको छ ।
एक कुटनीतिक दस्तावेज उल्लेख गरिएको गोप्य कागजात पूर्व प्रधानमन्त्री खानले लुकाएको भन्दै उनीविरूद्ध मुद्दा दर्ता भएको छ ।
विशेष अदालतबाट जारी एक सूचनामा भनिएको छ, “खान र कुरेशीको न्यायिक हिरासत १० अक्टोबरसम्म लम्ब्याइएको छ ।”
पीटीआईका अनुसार यसमा खानलाई पदच्युत गर्ने अमेरिकी धम्की थियो । तोशाखाना प्रकरणको तीन वर्षको जेल सजाय निलम्बित भएपछि पीटीआईका अध्यक्षलाई कुटनीतिक दस्तावेज प्रकरणमा न्यायिक हिरासतमा राखिएको पाकिस्तानी अङ्ग्रेजी पत्रिका ‘डन’ले जनाएको छ ।