२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । सोमालियामा आत्मघाती कार बम विष्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

मध्य सोमालियाको बेलेडवेन शहरको एक सुरक्षा जाँच केन्द्रमा शनिबार भएको आत्मघाती कार बम आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

बेलेडवेनका जिल्ला आयुक्त ओमार अलासोले बजारको चोक र दुई पेट्रोल पम्प नजिकै विस्फोट हुँदा ठूलो क्षति भएको बताए ।

उनले आत्मघाती बम आक्रमणका पीडितहरूको सहयोगका लागि सुरक्षा बल र स्वास्थ्य टोलीहरू मैदानमा रहेको पनि बताए ।

उनले भने, “हामी अहिले पनि आतङ्कवादी हमलासँग सम्बन्धित विवरण सङ्कलन गरिरहेका छौं । हताहतको सङ्ख्या उल्लेख्य छ र हामी पीडितलाई स्थानीय अस्पतालमा पुर्‍याइरहेका छौं । यदि उनीहरूले गम्भीर घाइतेहरूको उपचार गर्न सकेनन् भने हामी उनीहरूलाई थप उपचारका लागि मोगादिशु लैजाने प्रयास गर्नेछौं ।”

अलसोले स्थानीय पत्रकारसँग भने, “यो निकै स्तब्ध पार्ने आतङ्कवादी हमला हो । घरहरू र व्यापारिक केन्द्रहरू ध्वस्त भएका छन् र ती घरहरू भित्रका बासिन्दाहरू अझै सम्पर्कमा आउन सकेका छैनन् भने केही शव फेला परेका छन् ।”

स्थानीय स्रोतले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार घाइतेमध्ये कैयौंको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या ३० सम्म पुग्न सक्ने बताइएको छ ।

यस आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।