१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । नेपाल जाइका अल्मुनाई एसोसिएसन (जान)को लेटरप्याड र सोही संस्थाको अध्यक्ष डा. रामचन्द्र भुसालको नक्कली हस्ताक्षर प्रयोग गरी तीन वर्षभित्र एक सयभन्दा बढी प्रशिक्षार्थी कामदार जापान पुगेको खुलासा भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रशिक्षार्थी कामदार जापान पठाउन भाषा र संस्कृतिसम्बन्धी परीक्षा लिन स्वीकृति लिएको जान भन्ने संस्थाको कागजातको दुरुपयोग गरी प्रशिक्षार्थी कामदार विदेश पुगेका हुन् ।

गत असारको पहिलो साता जानका भाषा परीक्षकले सामाजिक सञ्जालबाट भाषा परीक्षामा अनुत्तीर्ण भएका ३ जना प्रशिक्षार्थी जापान पुगेको जानकारी पाएपछि पहिलो पटक संस्थाको लेटर प्याड र अध्यक्ष डा. भुसालको हस्ताक्षर किर्ते गरी अनुचित ढंगबाट परीक्षार्थी कामदारहरू जापान पुगेको खुलासा भएको हो ।

यससम्बन्धी छानबिन गर्न वैदेशिक रोजगार विभागका प्रशासन शाखा निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिलाई छानबिनका लागि १ महिनाको समय दिइएको छ ।

जानका अध्यक्ष डा. भुसालले भने– ‘हामीले गत असारको पहिलो सातामा जानको भाषा परीक्षामा अनुत्तीर्ण भएकाहरू जापान पुगेको भेटेपछि सम्बन्धित मेनपावर कम्पनीलाई सोधेका थियौं । उक्त कम्पनीले ती व्यक्तिहरू जापान पुगेको पुष्टि गरेपछि हामीले यो कसरी सम्भव छ भनेर कागजात मगाउँदा कम्पनीले जापान पुगेका व्यक्तिको भाषा उत्तीर्णको नक्कली प्रमाणपत्रको फोटोकपी हामीलाई उपलब्ध गराएको थियो । जेठ २१ गतेको मिति उल्लेख भएको उक्त प्रमाणपत्र जानको लेटरप्याड र मेरो हस्ताक्षर किर्ते गरिएको बनाइएको थियो । त्यसपछि हामीले असारको ८ गते वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालय, सम्बन्धित मेनपावर, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र त्रिभुवन विमानस्थलको अध्यागमनलाई यसबारे जानकारी गरायौं र यसमा छानबिन गर्न आग्रह गर्‍यौं ।’ उनले त्रिभुवन विमानस्थलको अध्यागमनमा ती कामदारहरूको प्रमाणपत्रलाई जानको चिठ्ठीसँग जुधाएर हेरेको भए यस्तो गलत काम हुनै नसक्ने दाबी गरे।

त्यसपछि विभागका महानिर्देशक मदन दहालले ३ वर्ष अघिदेखिकै अनुत्तीर्णहरूको सूची मगाएपछि जानले तीन वर्षभित्रमा परीक्षामा अनुत्तीर्ण भएका २ सय ३५ जना परीक्षार्थी कामदारहरूको सूची विभाग, बोर्ड, अध्यागमन र मेन पावर कम्पनीलाई पठाएको जानका अध्यक्ष डा. भुसालले बताए ।

तर तीमध्ये कति जना जापान पुगे भन्नेबारेमा जानलाई कुनै जानकारी नभएको बताउँदै उनले भने– ‘यो त विभागले थाहा पाउने कुरा हो । श्रम स्वीकृति लिएको भए गयो, नलिएको भए गएन ।’

महानिर्देशक दहालले यो विषयलाई गम्भीरतापूर्वक लिएको जिकिर गर्दै डा. भुसालले भने– ‘महानिर्देशक ज्यूले मेनपावर कम्पनीहरूलाई स्पष्टीकरण सोधिसक्नुभएको छ । यसमा कर्मचारीहरूको पनि मिलोमतो हुनसक्ने आशंका भएकोले उहाँले गम्भीरतापूर्वक छानबिन अगाडि बढाउनुभएको छ । छानबिन समितिले यसलाई टुंगोमा पुर्‍याउने नै छ भन्ने विश्वास लिएका छौं ।’

जानले यसअघि पनि २०७० साल साउन २२ गते नेपाल सरकारले तोकेभन्दा बढी रकम लिएर जापान पठाएको र भाषा फेल भएका व्यक्ति पनि जापान पुगेको सुन्नमा आएकोले त्यसउपर छानबिन गर्न र दोषीलाई विशेष कारबाही गर्न आग्रह गर्दै विभागलाई पत्र लेखेको थियो ।

अघिल्लो एक आर्थिक वर्षको असारसम्म जानबाट भाषा परीक्षा उत्तीर्ण गरी ६ सयभन्दा बढी प्रशिक्षार्थी कामदार जापान गएका छन् । उनीहरूलाई जापान पठाउने मेनपावर कम्पनीहरूले अहिले ३ लाखदेखि १० लाख रुपैयाँसम्म शुल्क लिने गरेका छन् । यद्यपि, सरकारले तोकेको शुल्क भने ५० हजार रुपियाँ मात्र हो ।

प्रशिक्षार्थी कामदार कसरी जान्छन् जापान ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १३ वर्ष अगाडि प्रशिक्षार्थी कामदारलाई जापान पठाउनका लागि भाषाको परीक्षा लिन जानलाई जिम्मा दिएको थियो । जानका अनुसार जापानमा कामदार पठाउने मेनपावरको संख्या १०० भन्दा बढी रहेको भए तापनि करिब ४० वटा मेनपावर कम्पनीले नियमित रूपमा जापानमा प्रशिक्षार्थी कामदार पठाउने गरेका छन् ।

जानमा वार्षिक रूपमा ८ सय हाराहारीको संख्यामा प्रशिक्षार्थी कामदारहरू भाषा परीक्षा दिन आउने गरेको र तीमध्ये ७ सय जतिले परीक्षा उत्तीर्ण गर्ने गरेका छन् ।

जापान इन्टरनेसनल ट्रेनी एन्ड स्किल्ड वर्कर कोअपरेसन अर्गनाइजेसन ९जीटको० र श्रम मन्त्रालयबीच भएको सम्झौतामा जापान जान इच्छुक व्यक्तिलाई २ सय १९ घन्टा जापानी भाषा पढाउनुपर्ने सर्त राखिएको छ ।

भाषाको कक्षा दिलाइसकेपछि मेनपावर कम्पनीले वैदेशिक रोजगार विभागमा कागजात पेस गर्छन् । ती प्रशिक्षार्थीहरूको भाषा र संस्कृतिसम्बन्धी परीक्षा जानले लिने गर्दछ । त्यसको नतिजा जानले वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र सम्बन्धित मेनपावर कम्पनीलाई पठाउँछ । अनुत्तीर्ण भएकाले १५ दिनपछि फेरि परीक्षा दिन पाउँछन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।