२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । लिबियाको बाढीप्रभावित शहर डेर्नामा एक साताअघि हजारौंको ज्यान जाने गरी फैलिएको बाढीले ‘दोस्रो विनाशकारी सङ्कट’ निम्त्याउन सक्ने खतरा रहेको संयुक्त राष्ट्रसङ्घका निकायहरूले सोमबार चेतावनी दिएका छन् ।

गत सेप्टेम्बर १० मा आएको आँधी ‘ड्यानियल’ का कारण युद्धग्रस्त उत्तरी अफ्रिकी देशमा आएको भीषण बाढीका कारण तीन हजारभन्दा बढीको मृत्यु हुनुका साथै हजारौं हराइरहेका थिए ।

हैजा, झाडापखाला, निर्जलीकरण (डिहाइड्रेशन) र कुपोषणको बढ्दो जोखिमका बीच ३० हजार व्यक्ति घरबारविहीन भएका बासिन्दालाई स्वच्छ पानी, खाना र आधारभूत आपूर्तिको खाँचो रहेको संयुक्त राष्ट्रसङ्घीय निकायहरूले चेतावनी दिएका छन् ।

लिबियास्थित संयुक्त राष्ट्रसङ्घीय सहायता मिसनले भनेको छ, “संयुक्त राष्ट्रसङ्घका नौ वटा निकायका टोली विगत केही दिनदेखि आँधी ड्यानियल र आकस्मिक बाढीबाट प्रभावितहरूलाई सहायता र सहयोग पुर्‍याइरहेका छन् ।

यसले स्थानीय अधिकारीहरू, सहायता एजेन्सीहरू र संयुक्त राष्ट्रसङ्घको विश्व स्वास्थ्य सङ्गठनले ‘रोगको प्रकोपको जोखिम, विशेष गरी दूषित पानी र सरसफाइको कमीबाट चिन्तित रहेको’ चेतावनी दिएको छ ।