२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । भारतमा आयोजित जी–२० सम्मेलनमा नयाँदिल्ली लिडर्स घोषणापत्र जनरी गरिएको छ । जसलाई भारतको ठूलो उपलब्धिका रूपमा लिइएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार पहिलो दिन ९ बुँदे सहमतिको प्रस्ताव अघि सारेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत, मध्यपूर्व र युरोपलाई जोड्ने आर्थिक करिडोरको काम छिट्टै सुरु हुने बताएका बीबीसीले जनाएको छ । यसअन्तर्गत सञ्चार र भौतिक पूर्वाधारका काम हुने छन् ।

यस्ता छन् संयुक्त घोषणापत्रका ९ बुँदा

– हामी भारतको जी २० अध्यक्ष्यताका दौरान स्टार्ट–अप २० इंगेजमेन्ट ग्रुपको स्थापना गरेकोमा त्यसको स्वागत गछौँ । र, यो जारी रहोस् भन्ने शुभकामना दिन्छौँ ।

– हामी सन् २०३० एजेन्डा कार्यान्वयनमा द्रुत गतिमा अगाडि लागि भारतका छिमेकीहरूको प्रशंसा गर्न चाहन्छौँ ।

– संशाधन दक्षता र परिपत्र अर्थव्यवस्था उद्योग गंगठन ९आरईसीईआईसी० शुरू गर्न भारतले अध्यक्षता पाएकोमा सबैलाई धन्यवाद दिन्छौँ । पर्यावरणका दृष्टिबाट अनुपयोगी बस्तु तथा पदार्थलाई २०३० सम्ममा कम गर्ने वा शून्यमा छार्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।

– भारतका छिमेकी देशहरूले तयार गरेको ऊर्जा संक्रमणका लागि कम लागतको वित्त पोषण प्रतिवेदन हामीले ध्यान दिएका छौँ । जसअनुसार, विश्वको प्राथमिक उर्जा मिश्रणमा नवीकरणीय उर्जाको सबैभन्दा ठूलो हिस्साका लागि ४ ट्रिलियन अमेरिकी डलरभन्दा बढी वार्षिक लगानीको आवश्यकता भएको पाइएको छ ।

– ग्लोबल डिजिटल पब्लिक रिपजिटरी (जीडीपीआईआर) को निर्माण र मर्मतका लागि भारतीय योजनाका तर्फबाट स्वागत गर्दछौँ । जो डीपीआईको साझा भण्डार पनि हो । जो जी २० सदस्यहरूसँगै र अन्यका लागि पनि साझा गरिएको छ ।

– भारतीय छिमेकीको वान फ्युचर अलाइन्स (ओएफए)को प्रस्तावमाथि ध्यान दिइएको छ । जुन क्षमता निर्माणको उद्देश्यबाट स्वेच्छिक पहल गरिएको छ । वा, जसले एलएमआईसीमा डीपीआई लागु गर्नका लागि प्रविधिको सहायता र पर्याप्त धन सहायता प्रदान गर्दछ ।

– हामी जी २० का सबै सदस्यको प्रयासको सराहना गछौं । जसले जी २० को अध्यक्षता भारतले गरिरहेको बेला अफ्रिकी संघलाई स्थायी सदस्य दिलाउनमा मार्ग प्रशस्त गर्नुभयो । अफ्रिकाले विश्वको अर्थव्यवस्थामा एक महत्वपूर्ण भूमिका निभाउँछ ।

– हामी नयाँ दिल्लीमा जारी १८ औँ जी २० शिखर सम्मेलनमा उपस्थित प्रतिनिधिहरूको हृदयदेखि नै स्वागत गर्न चाहन्छौँ । जी २० लाई बलियो बनाउन योगदान दिने सबै भारतीयलाई धन्यवाद दिन्छौँ । हामी विभिन्न जी २० कार्य समूह र मन्त्रीस्तरीय बैठकको सफल समापनको सराहना गछौँ । उनीहरूको कार्यसम्पादनको प्रशंसा गछौँ ।

– हामी २३ अगस्ट २०२३ मा चन्द्रमामा सफल अवतरण गरेकोमा भारतलाई बधाई दिन्छौँ ।