१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । नेपालका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले इजिप्टका समकक्षी डा. खालेद अब्देल गफारसँग भेटवार्ता गरेका छन् ।

कायरोको नयाँ प्रशासनिक राजधानीमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल–इजिप्ट सम्बन्ध र द्विपक्षीय सहयोगका विविध आयामकाबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

मन्त्री बस्नेत यही भदौ १९ देखि २२ गतेसम्म कायरोमा आयोजना भइरहेको स्वास्थ्य, जनसङ्ख्या तथा विकाससम्बन्धी विश्व सम्मेलन, २०२३ मा भाग लिने सिलसिलामा इजिप्ट भ्रमणमा छन्।

भेटका अवसरमा मन्त्री बस्नेतले स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धिको चर्चा गर्दै जारी सम्मेलनले सहभागी मुलुकहरूबीच अनुभव तथा असल अभ्यासको आदानप्रदानका लागि उपयुक्त अवसर प्रदान गरेको उल्लेख गरेका छन् ।