१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि पहल गर्न जापानी सांसदलाई आग्रह गरेको छ ।

नेपालमा भ्रमणमा रहेका जापानी सांसदद्वय कोबायाशी काजुहिरो र नागइ मान्बुसँगको भेटमा चेम्बरले यस्तो आग्रह गरेको हो । नेपाल र जापानबीचको कूटनीतिक र आर्थिक सम्बन्ध ऐतिहासिक रहेकाले नेपालमा लगानीका लागि पहल गर्न आग्रह गरिएको चेम्बरले जनाएको छ ।

भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जापानसँग नेपालको सम्बन्ध आर्थिक तथा व्यापारिक दृष्टिकोणले ऐतिहासिक रहेको बताएका थिए । “दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७० वर्ष पुग्न लागेको छ, लगानी वृद्धि र व्यापारिक साझेदारीमार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ”, उनले भने ।

स्वागत कार्यक्रममा जापानी सांसद काजुहिरोले नेपालमा ३० वर्ष अगाडि आएर लुम्बिनीमा वृक्षरोपण गरेको स्मरण गरे । नेपाल जापानबीचको आर्थिक र कूटनीतिक सम्बन्ध सधैं उत्कृष्ट रहेको उनको भनाइ थियो ।

अर्का सांसद मान्बुले दुई मुलुकबीचको आर्थिक र कूटनीतिक सम्बन्धलाई जनस्तरसम्मै पुर्‍याउनुपर्ने बताएका थिए ।