बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानले फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह सुरू गरेको छ ।
लगभग पाँच सय ४० वटा ओलम्पिक पौंडी पोखरीमा हुने बराबरको प्रशोधित पानी प्रशान्त महासागरमा बिहीबारदेखि प्रवाह गरिएको जनाउँदै जापानले त्यो सुरक्षित रहेको दाबी गरेको छ ।
चीन र कोरियाको चर्को विवादका बाबजुद पनि जापानले प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह सुरू गरेको हो ।
सन् २०११ को सुनामीपछि बिग्रिएका आणविक रिएक्टरहरूलाई चिसो पार्न प्रयोग गरिएको उक्त परिमाणको सबै पानी समुद्रमा विसर्जन गर्न १७ दिन लाग्ने जापानी वैज्ञानिकहरूले बताएका छन् ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएईए) को स्वीकृतिमा पानी प्रवाह गरिएको हो । आइएइएएका सुपरिवेक्षकहरू आणविक केन्द्रको जलप्रवाहस्थलमा बस्ने र उनीहरूले केन्द्रबाट महासागरमा प्रवाह भएको पानी र माछाको नमूना सङ्कलन गर्नेछन् ।
जापानले ट्रिटियम बाहेक सबै रेडियोएक्टिभ तत्वलाई प्रशोधन गरिएको बताएको छ । ती तत्वलाई पानीबाट हटाउन सकिदैन । हाइड्रोजन आइसोटोप पनि प्रवाह गरिएको छ ।
आइएईएले आणविक केन्द्रको दूषित पानी प्रशोधन गरी सुरक्षितरूपमा महासागरमा प्रवाह गर्ने जापानको योजनाले स्वास्थ्य र वातावरणमा प्रभाव नगण्य हुने भन्दै गत महिना जापानी प्रस्तावलाई अनुमोदन गरेको भए पनि त्यसको निरन्तर विरोध भइरहेको छ ।