२ माघ २०८२, शुक्रबार 16 Jan 2026, Fri
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । बेलायतकी एक नर्स सात नवजात शिशुको हत्या गरेको अभियोगमा दोषी ठहरिएकी छिन् । साथै उनले अन्य छ जनाको हत्या प्रयास गरेको अभियोग पनि पुष्टि भएको छ ।

गत अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको र दूधको बढी मात्रा दिएको आरोप लगाइएको थियो । उत्तरी इङ्ल्यान्डको म्यानचेस्टर क्राउन कोर्टको जुरीले २२ दिनसम्म चलेको सुनुवाई र छलफलपछि फैसला सुनाएको हो ।

सन् २०१५ को जुनदेखि सन् २०१६ को जुनसम्म उत्तरपश्चिम इङ्ल्यान्डको काउन्टेस अफ चेस्टर अस्पतालको नवजात शिशुको मृत्यु भएपछि लेट्बीलाई पक्राउ गरिएको थियो ।

“लुसी लेट्बीलाई सबैभन्दा कमजोर बच्चाहरूको सुरक्षाको जिम्मा दिइएको थियो । उनीसँगै काम गर्नेहरूलाई उनीहरूको बीचमा एउटा हत्यारा छ भन्ने थाहा थिएन,” वरिष्ठ क्राउन अभियोजक पास्केल जोन्सले एक बयानमा भनेका छन् ।

अभियोजकले भनेका छन् , “पटक–पटक उनले बच्चालाई यस्तो वातावरणमा हानि पुर्‍याएकी थिइन्, जुन वातावरण उनीहरू र उनीहरूका परिवारका लागि सुरक्षित हुनुपथ्र्यो । यो हत्याले उनीमाथि गरिएको विश्वासमा पूर्ण विश्वासघात गरेको ठहर हुन्छ ।”

अदालतको सुनुवाईका क्रममा सहकर्मीहरूले प्रत्येक बच्चाहरू विरामी परेको वा उनीहरूको मृत्यु भएको समयमा लेट्बी सिफ्टमा रहेको देखेपछि चिन्ता व्यक्त गरेको बताएका थिए ।

केही नवजात शिशुहरू उनीहरूका आमाबाबुले श्यया छोड्ने बित्तिकै एक्कासी विरामी परेको पाइएको सुनुवाईका क्रममा प्रमाण प्राप्त भएका थिए ।