१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । मोरक्कोको मध्य प्रान्त अजिलालमा आइतबार भएको बस दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ । डेमनेट शहरको एक साप्ताहिक बजारका लागि यात्रु बोकेको मिनीबस मोडमा पल्टिँदा उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

मोरोक्को र अन्य उत्तर अफ्रिकी मुलुकका सडकमा अत्यधिक दुर्घटनाहरू हुने गरेका छन् । वर्षेनि हजारौं सडक दुर्घटनाहरू हुँदा हजारौँ मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् । गत मार्चमहिनामा मोरक्को ब्राचौआको ग्रामीण शहरमा मिनीबस अनियन्त्रित भई रुखमा ठोक्किँदा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

यहाँका धेरै गरिब नागरिकहरूले ग्रामीण क्षेत्रमा यात्रा गर्न ठूला बस र मिनीबसहरू प्रयोग सिन्ह्वाले जनाएकाे छ ।

गत वर्षको अगष्टमा मोरक्कोको आर्थिक राजधानी कासाब्लान्काको पूर्वमा एउटा बस पल्टिँदा २३ जनाको मृत्यु भएको थियो भने ३६ जना घाइते भएका थिए । राष्ट्रिय सडक सुरक्षा एजेन्सीका अनुसार मोरक्कोमा हरेक वर्ष औसत तीन हजार ५०० व्यक्तिको सडक दुर्घटनाबाटबाट मृत्यु हुने गरेको र १२ हजार व्यक्ति घाइते हुने गरेका छन् ।

पिछिल्लो वर्ष यो तथ्याङ्क करिब तीन हजार २०० रहेको थियो ।