१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । स्टकहोममा इरिट्रियन सांस्कृतिक महोत्सवमा बिहीबार हिंसात्मक झडप हुँदा कम्तीमा ५० जना घाइते भएका छन् । साथै १०० जनालाई प्रहरीले पक्राउ गरेको स्थानीय अधिकारीहरूले बताएका छन् ।

घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइतेहरूलाई अस्पताल लगिएको छ । झडपमा तीन प्रहरी अधिकारीहरू पनि घाइते भएको स्विडेनी प्रसारक एसभिटीले उल्लेख गरेको छ।

करिब १,००० एरिट्रियन सरकार विरोधी प्रदर्शनकारीहरूले उत्सव कार्यक्रममा आक्रमण गरेको र प्रहरी अधिकारीहरूलाई ढुङ्गा प्रहार गरेको स्विडेनी सञ्चार माध्यमले जनाएको छ ।

तीन दशकअघि इथियोपियाबाट स्वतन्त्रता प्राप्त गरेको अफ्रिकी देशको सांस्कृतिक सम्पदालाई चिनाउन सन् १९९० को दशकदेखि इरिट्रिया-थीम्ड फेस्टिभल आयोजना गरिदै आएको छ । हाल, हजारौं इरिट्रियन मूलका मानिसहरू स्वीडेनमा बसोबास गरिरहेका छन्।

प्रहरीले भने कि हिंसात्मक दङ्गा, आगजनी र आपतकालीन सेवाहरूको तोडफोडका बारेमा अनुसन्धान शुरु गरिएको सिन्ह्वाले जनाएको छ ।