बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
काठमाडौं । गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा साढे १४ अर्बभन्दा बढी देखिएको छ ।
तर नेपालबाट जापानसहित विभिन्न मुलुकमा गलैँचा, अलैची, अम्रिसो, कुकुर तथा विरालाको खानादेखि यार्सागुम्बासम्म निर्यात भएकाे छ । जसबाट २४ अर्बभन्दा बढी आम्दानी भएको भन्सार विभागले जनाएको छ ।
विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा एक ११ अर्ब ५० करोड ६६ लाख २३ हजार रूपैयाँको गलैँचा निर्यात भएको छ । नेपालमा उत्पादन हुने गलैँचा अमेरिका, जर्मनी, बेलायतलगायतका मुुलुकमा निर्यात हुने गरेको छ ।
गत आवमा अमेरिकामा सात अर्ब १८ करोड २५ लाख ६७ हजार रूपैयाँ बराबरको गलैँचा निर्यात भएको छ । साथै जर्मनीमा ८८ करोड ७० लाख २२ हजार, बेलायतमा रु ७८ करोड ७५ लाख ७६ हजार, इटलीमा रु ६१ करोड ४६ लाख ६२ हजार मूल्य बराबरको गलैँचा निर्यात भएको छ । साथै गत आवमा फ्रान्समा रु ३४ करोड २५ लाख ९२ हजार बराबरको गलैँचा निर्यात भएको छ ।
यस्तै जापानमा तीन करोड ९३ लाख ५६ हजार बराबरको विभिन्न सामान निर्यात भएको विभागले जनाएको छ ।