बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा नवीन निउरे भारी मतान्तरसहित विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी संगीता अधिकारी सुवेदीलाई १ हजार ७३५ मतले पराजित गर्दै निउरे विजयी भएका हुन् ।
निउरेले २ हजार ९५५ मत प्राप्त गर्दा सुवेदीले १ हजार २२० मत मात्र प्राप्त गरिन् भने अरु दुई उम्मेदवारले एक हजार मत पनि कटाउन सकेनन् । अध्यक्ष पदका प्रत्यासी राजकुमार अधिकारीले ७ सय ७७ मत प्राप्त गरे भने रामकृष्ण श्रेष्ठले ४ सय ९६ मतमा चित्त बुझाउनु पर्यो ।
त्यसैगरी ५ उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा सचिन श्रेष्ठ २ हजार ७१२, सुवास लामिछाने २ हजार ३८२, देवराज उप्रेती २ हजार ३८१, कृष्ण गैरे २ हजार १३१ र सिद्धार्थ श्रेष्ठ २ हजार १२१ मतसहित विजयी भएका छन् ।
उपाध्यक्षमा उम्मेदवारी दिएका विष्णु सुवेदीले १ हजार ५३८, मुक्त्तिराम खनालले १ हजार ५३६ र रुद्र मल्लले १ हजार १२९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै महिला उपाध्यक्षमा २ हजार ८१२ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्दी लक्ष्मी केसी महर्जनले २ हजार ६०८ मत प्राप्त गरिन् ।
त्यसैगरी एक महासचिव पदका लागि उम्मेदवारी दिएका टिकाराम खरेल २ हजार ७८९ मतसहित विजयी भए भने सोही पदका अर्का दाबेदार श्याम श्रेष्ठले २ हजार ६२६ मत प्राप्त गर्न सफल भए ।
तीन सचिव पदका लागि उम्मेदवारी दर्ता गराएका अर्जुन थापा २ हजार ७६२, दिपेश खत्री २ हजार ५६० र दिलिप कंडेल २ हजार १५२ मतसहित विजयी भएका छन् । सचिव पदका लागि उम्मेदवारी दिएका मनोज श्रेष्ठ १ हजार ७९६, सचिन शर्मा १ हजार ६१७ र ज्ञानेन्द्र भट्टले ८९५ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य आनन्द कोइरालाले जानकारी दिए ।
कोषाध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेकोमा ३ हजार ३५ मतसहित दीपक सुनार विजयी हुँदा उनका प्रतिद्वन्दी कर्साङ्ग तामाङ्गले २ हजार ३७१ मत प्राप्त गरे ।
त्यसैगरी सह-कोषाध्यक्षमा ३ हजार २६४ मत सहित रामबहादुर थापा, महिला सदस्यमा ३ हजार ९७० मतसहित ललिता तामाङ्ग, सदस्यहरुमा दिलिप शर्मा ३ हजार ९४६, ज्योति केसी ३ हजार ४३६, विनय गुरुङ्ग ३ हजार २६१, रामु कंडेल ३ हजार ४, ध्रुब गौतम २ हजार ९४६, नेत्र पाण्डेय २ हजार ८२४ र कृष्णप्रसाद कंडेल २ हजार ७३९ मतसहित विजयी भएका छन् ।