१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

टोकियो । गैर आवासीय नेपाली संघ जापानको युवा संयोजकमा मुक्तिराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् । एनआरएनए जापानका केन्द्रीय सदस्य राजु भण्डारी ‘सुनिल’ युवा संयोजकमा दिएको उम्मेदवारी फिर्ता लिएसँगै रेग्मी निर्विरोध निर्वाचित भएका हुन् ।

रेग्मी यसअघि चिवा क्षेत्रीय समितिका संयोजक थिए । चिबा क्षेत्रीय समितिको तदर्थ समिति सदस्य, कोषाध्यक्ष र संयोजक हुँदै राष्ट्रिय समन्वय परिषद् जापानको युवा संयोजकमा निर्वाचित भएका हुन् ।

उनको कार्यकालमा चिबा क्षेत्रीय समितिले उत्कृष्ट कार्य सम्पादन गरेको एनआरएनए अभियानताहरुले बताउदै आएका छन् । नेपालको पर्वत जिल्लामा जन्मिएका रेग्मी पर्वत समाज जापानका उपाध्यक्ष समेत हुन् ।

रेग्मी निर्विरोध निर्वाचित भएता पनि उम्मेदवारी फिर्ता र उम्मेदवारहरु माथि परेका उजुरी उपर छानबिन लगायतका चुनावी प्रक्रिया बाँकी रहेकाले निर्वाचन समितिले औपचारिक घोषणा भने गरिसकेको छैन ।

एनआरएनए जापानको निर्वाचन जुलाई ३० तारिख हुँदैछ ।