बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको आसन्न अधिबेसनका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन गरिएको छ । निर्वाचन समितिले केही बेर अघि सार्वजनिक गरेको नामावली अनुसार ३२ पदका लागि ६२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
१ जना अध्यक्ष पदका लागि हाल बरिष्ठ उपाध्यक्ष रहेका नबिन निउरे सहित उपाध्यक्षद्वय राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ र महिला उपाध्यक्ष संगीता अधिकारी गरी ४ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिले सार्बजनिक गरेको नामावलीमा उल्लेख गरिएको छ ।
महिला सहित ६ जना उपाध्यक्ष पदका लागि १० जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितले जनाएको छ । उसका अनुसार एनआरएनए चिवाका पूर्व संयोजक विष्णुप्रसाद सुबेदी (विश्व), बर्तमान कार्यसमितिका सचिव देबराज उप्रेती, कोषाध्यक्ष कृष्ण गैरे, २०१३ – २०२३ कार्यकालका महासचिव मुक्तिराम खनाल (बिनोद), २०१९-२०२१ कार्यकालका सह-कोषाध्यक्ष सचिन श्रेष्ठ, बर्तमान महासचिव सिद्दार्थ श्रेष्ठ र अहिलेका प्रबक्ता सुवास लामिछानेले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।
त्यसैगरी, वर्तमान कार्यसमितिका सचिव डा. एलिजा केसी भण्डारी र केन्द्रीय सदस्य लक्ष्मी केसी महर्जनले महिला उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।
महासचिव पदका लागि कार्यसमिति सदस्य कमल बास्तोला, सचिव श्यामकुमार श्रेष्ठ (श्याम शीतल), २०१९-२०२१ कार्यसमितका सचिव टिकाराम खरेलले उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिले प्रकाशन गरेको नामावली पत्रमा उल्लेख गरिएको छ ।
सचिव श्याम सितल श्रेष्ठ, सदस्य कमल बास्तोला र टिकाराम खरेलले पनि उमेद्वारी दिने घोषणा गरेका छन् । अन्तिम समय सम्म कुनै पनि उमेद्वारले महासचिवका लागि उमेद्वारी घोषणा नगरेका भए पनि उमेद्वारी दर्ता गर्ने दिन सम्म आइपुग्दा ३ जनाले उमेद्वारी घोषणा गरेका हुन् ।
त्यस्तै सचिवका लागि अर्जुन थापा, ज्ञानेन्द्र भट्ट, दिलिप कंडेल, दिपेश खत्री (केसी), मनोज श्रेष्ठ र सचिन शर्मा (आचार्य) ले उम्मेदवारी दिएका छन् ।
त्यस्तै दीपक सुनार, कर्साङ्ग तामांग, राकेश लामा र राम खड्काले कोषाध्यक्ष पदका लागि उम्मेदवारी गाएका छन् भने सह-कोषाध्यक्ष पदका लागि हरि गोपाल श्रेष्ठ र राम थापाको उम्मेदवारी परेको छ ।
युवा संयोजकका लागि एनआरएनए चिवाका निर्वतमान संयोजक मुक्तिराज रेग्मी र एनआरएनए जापानका केन्द्रिय सदस्य राजु भण्डारी ‘सुनिल’ ले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।
सदस्यहरुमा सर्बाधिक धेरै उम्मेदवार
त्यसैगरी ८ जना सदस्य पदका लागि सर्बाधिक धेरै १७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनायो । उसका अनुसार अशोक भट्टराइ, बिनय गुरुङ, ध्रुब गौतम, दिलिप शर्मा, दिनेश लोहनी, गणेश अधिकारी, केसी ज्योति, शिबप्रसाद खरेल, खिमराज शाह, कृष्णबहादुर पाण्डे, कृष्ण प्रसाद कंडेल, नेत्र पाण्डेय, रमेशराज जैशी, रामु कंडेल, रोहितकुमार, न्यौपाने, उत्तम खनाल र सुबराज भण्डारी(राजु) ले सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।
ललिता तामाङ्ग र नानीमैया तामाङ्गले महिला सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
अन्तराष्ट्रिय समन्वय परिषद सदस्यका लागि ९ जानको दाबी
६ जना अन्तराष्ट्रिय समन्वय परिषद सदस्यका लागि ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन समितिका अनुसार बाबुराम खरेल, बिजेश थकाली, बिकाश श्रेष्ठ, घिमिरे बिष्णु प्रसाद, छत्रबहादुर दाहाल कृष्ण केसी (थमन खत्री), ताम थापा (अनिल), श्री भक्त गुरुङ (श्री गुरुङ) र सुमन कार्कीले अन्तराष्ट्रिय समन्वय परिषद सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
महिला सचिव, महिला सह-कोषाध्यक्ष र महिला संयोजक निर्बिरोध
निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीपत्रमा उल्लेख गरी अनुसार महिला सचिव, सह-कोषाध्यक्ष (महिला) र महिला संयोजक निर्बिरोध १ जना बाहेक कसैले पनि उम्मेदवारी दर्ता गरेका छैनन् ।
१ पदका लागि १ जनाको मात्र उम्मेदवारी परेकाले महिला सचिवमा चन्द्रकुमारी केसी, महिला सह-कोषाध्यक्षमा अन्जु भण्डारी र महिला संयोजक हेमा पाण्डे निर्बिरोध निर्वाचित भएका हुन् । यद्यपी निर्वाचन समितिले भने निर्बिरोध निर्वाचित भएको घोषणा भने गरिसकेको छैन ।
उम्मेदवारी फिर्ता र उम्मेदवार माथि परेका उजुरीहरुको छानबिन पछि मात्रै निर्वाचन समितिले निर्बिरोध निर्वाचितहरुको घोषणा गर्नेछ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषदको अधिबेशन २९ र निर्वाचन प्रक्रिया ३० सुरु हुने बताइएको छ ।