१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

एजेन्सी । भारतको मणिपुरमा साढे दुई महिनाभन्दा बढी समयदेखि हिंसा जारी छ । मणिपुरको राजधानी इम्फाल पूर्वमा दुई महिलामाथि क्रुर र अमानवीय घटना बाहिरिएपछि हिंसा भड्किएको हो ।

उनीहरूलाई निर्वस्त्र पारेर गाउँ डुलाइएर सामूहिक बलात्कारसमेत गरिएको थियो ।

पछिल्लो समय मेइती र कुकी समुदायबीच भइरहेको साम्प्रदायिक हिंसाबीच दुई महिलामाथि जघन्य अपराध गरेको भिडियोसमेत सामाजिक सञ्जालमा बाहिरिएको हो । भिडिओमा दुई कुकी महिलामाथि सामूहिक बलात्कार भएको देखिएको छ ।

युवाहरूको ठूलो भिडले ती महिलालाई निर्वस्त्र बनाएर गाउँ डुलाइरहेको देख्न सकिन्छ। भारतीय प्रहरीले भिडिओको पुष्टि गरेको छ । भारतीय सञ्चार माध्यमका अनुसार घटना ४ मेको हो । मणिपुरको थौबल जिल्लामा ती महिला यौन दुर्व्यवहारको सिकार भएको प्रहरीले बताएको छ। ​मणिपुर प्रहरीले दोषीलाई पक्राउ गर्न सक्दो प्रयास गरिरहेको बीबीसी हिन्दीले जनाएको छ ।

भिडिओमा देखिएकी एक महिलाको उमेर करिब १८ वर्ष र अर्की महिलाको उमेर ४० वर्ष रहेको समाचारमा उल्लेख छ। भिडिओमा दुई जना महिला मात्रै देखिन्छन् । तर भिडले ५० वर्षीया महिलालाई पनि निर्वस्त्र पारेर दुर्व्यवहार गरेको समाचारमा जनाइएको छ ।

यस एफआईआर अनुसार, पीडित महिला भन्छिन् – उनलाई मेइतेई महिलाहरूको समूहले पक्रेको थियो । जसलाई उनले मीरा पायबिस (महिला टर्चवाहकहरू) भनेर चिनिन्, जसलाई ‘मणिपुरका आमाहरू’ भनेर पनि चिनिन्छ र सशस्त्र पुरुषहरूको समूहलाई सुम्पिएको थियो।

बलात्कार पीडितलाई गम्भीर अवस्थामा छिमेकी राज्य नागाल्याण्डको अस्पतालमा भर्ना गरिएको थियो ।