बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । जापानको न्याय तथा कानून मन्त्रालयले भोकेसनल बिद्यालय स्नानातक गरेकाहरुका लागि रोजगारको क्षेत्र बिस्तार गर्ने तयारी गरेको छ । जापानको चर्चित आर्थिक पत्रिका निक्केइले आज प्रकाशन गरेको समाचार अनुसार बिदेशी बिद्यार्थीहरुलाइ जापानमै रोजगारी सिर्जना गर्ने उद्देश्यले रोजगार सम्बन्धि नीतिलाइ केही खुकुलो गराउन लागिएको हो ।
भोकेसनल बिद्यालयबाट स्नातक भएका बिद्यार्थीहरुले आफैले पढेको क्षेत्रमा काम नपाउदा उनीहरु देश फर्किन बाध्य भएको भन्दै त्यसको न्यूनीकरणका लागि बिदेशी बिद्यार्थीहरुलाइ लक्षित गर्दै रोजगार नीतिमा परिवर्तन गर्न लागिएको हो ।
जापानमा बिदेशी बिद्यार्थीले जुन मेजर बिषयमा स्नातक गरेका हुन् सोही संग सम्बन्धित काम बाहेक गर्न नपाउने नियम छ । ‘बिदेशी बिद्यार्थीहरुलाई लक्षित गरी बर्तमान रोजगार नीतिलाइ खुकुलो बनाउने तयारी हो’ जापानको अध्यागमन विभागले टेलिफोनमा भन्यो ‘तर के कस्ता नीतिहरु समाबेस गर्ने भन्ने अहिले छलफलकै चरणमा रहेकाले केही भन्न सकिदैन ।’
निक्केइ पत्रिकाले प्रकाशन गरेको समाचार अनुसार भोकेसनल बिद्यालयको अध्ययन सकेका बिद्यार्थीहरुका लागि लक्षित ‘बाउण्ड्रि’ हरु खुकुलो बनाउन लागिएको छ । पर्यटन सम्बन्धि अध्ययन गरेका बिद्यार्थीहरुले ठुला होटेलहरुमा पनि काम गर्न दिने कुरालाई उदाहरणका रुपमा प्रस्तुत गरेको छ ।
सरकारले शरद ऋतुमा बिदेशी बिद्यार्थीहरुका लागि के कस्ता नीतिहरु अख्तियार गर्ने भन्ने घोषणा गर्ने तयारी गरिरहेको छ । ‘जापानी भाषा र सस्कृति बारे धेर थोर जानेका बिद्यार्थीहरु स्वदेस फर्कन पर्ने बाध्यतालाई सम्बोधन गर्ने कानून मन्त्रालयको तयारी हुनुपर्छ’ अध्यागमनका ति अधिकारीले भने ‘तर सबै बिषय क्लियर भैनसकेकाले यसबारे थप जानकारी दिन सकिदैन ।’
कानून मन्त्रालय र अध्यागमनबीचको छलफलबाट निस्केको निचोडलाइ कानूनमा समाबेस गर्ने जापान सरकारको तयारी रहेको हुन सक्ने अनुमान गरिएको छ ।