बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
टोकियो । नेपालको रसुवा जिल्लामा उत्पादन भएको हिमालय मिनिरल वाटर अब जापानी बजारमा पनि बिक्री वितरण हुने भएको छ । नेपालको रुद्र गंगा नेचुरल वाटर कम्पनी लिमिटेडले रसुवाको हिमाली भेगमा उत्पादन गरेको पानी जापानको बजारमा बिक्री वितरण गर्नका लागि जापानको हार्मोनी कम्पनीसँग सहकार्य गरेकाे छ ।
बिहीवार जापानको राजधानी टोकियोमा ती २ कम्पनीले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरी नेपाली बजारमा उत्पादित पानीलाई जापानी बजारमा बिक्री वितरण गर्ने कार्यको सुभारम्भ भएको घोषणा गरेका हुन् ।
‘हामीले जापानमा अहिले खाइरहेको पानी तीन हजार मिटर उचाइसम्मको मुलबाट निस्किएको हो’ टोकियोमा आयोजित कार्यक्रममा हार्मोनी कम्पनीका प्रमुख योकोयामा दान्ज्योले भने ‘अब हामीले नेपालको रसुवा जिल्ला जो ७ हजार मिटरको उचाइबाट निस्किएको पानीलाई जापानी बजारमा पुर्याउने जमर्को गरेका छौ ।’
उच्च पहाडी भेगबाट निस्किएको मुलकको पानी पिउदा मिठो र स्वास्थ्यका लागि पनि राम्रो मानिने भएकाले नेपालमा उत्पादित पानीलाई जापानमा बजारीकरण गर्न लागेको दान्ज्योको भनाइ छ ।
नेपालमा उत्पादित पानीको विभिन्न चरणको परीक्षणहरु सकेर जापानको बजारमा बिक्री अनुमति पाएको हार्मोनी कम्पनीका केशबराज घिमिरेले जानकारी दिए । ‘जापान जस्तो ठाउमा नेपालमा उत्पादित पानीले बिक्री वितरणका लागि अनुमति पाउनु हाम्रो लागि धेरै खुसिको कुरा हो’ उनले भने, ‘नेपालको उत्पादन जापानी बजारमा बजारीकरण गर्ने हाम्रो उद्देश्य पूरा भएको छ।’
जापानका कम्पनीहरुमा बिक्री वितरणका लागि अझै ६ महिना लाग्ने घिमिरेले जनाकारी दिए । ‘नेपालबाट जापानमा पानी ल्याउनका लागि’ आवश्यक प्रक्रिया पूरा गरिएको मात्रै हो’ घिमिरेले भने, ‘जापानकै पानी जस्तो सबै कम्पनीसम्म पुग्नका लागि अझै ६ महिना जति लाग्न सक्छ ।’
त्यस्तै रुद्र गंगा कम्पनी लिमिटेडका प्रमुख गणेश भण्डारीले नेपालको पानी जापानमा बिक्रीसँगै दुर्लब रेडपाण्डालाई समेत विश्वमा चिनाउने उद्देश्यले बोतलको डिजाइनमा रेडपाण्डाको चित्र राखिएको बताए । ‘नेपालको पानीलाई जापानमा बजारीकरण गर्ने कुरा त मुख्य भैहाल्यो, त्यो सँगै रसुवाको रेडपाण्डालाई पनि विदेशमा चिनाउने उद्देश्य हो’ भण्डारीले भने ।
रसुवामा उत्पादित उक्त पानी श्रीलंका, चीन, भारत लगायतका देशहरुमा यसअघिनै बजारीकरण भैसकेको भण्डारीले जानकारी दिए ।
प्रोडक्ट लन्च कार्यक्रममा बोल्दै जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली उत्पादन जापानको बजारमा आउनु भनेको नेपाल र नेपालीहरुको गर्वको कुरा भएको उल्लेख गरे । ‘म गर्वका साथ भन्छु, यो एउटा कम्पनीको सफलता होइन, यो त सिंगो नेपाल र हामी सबै नेपालीहरुका लागि खुसीको कुरा हो’ राजदूत सुवेदीले भने ।
नेपालको रसुवामा उत्पादन भएको उक्त पानी हाल जापानमा बिक्री वितरण भैरहेका पानीहरु भन्दा स्वस्थ र स्वादिष्ट रहेको कम्पनीले जनाएको छ ।