बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ
श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान
ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार
आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति
कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार
जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने
रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश
जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण
मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव
विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै
कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु
जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने
गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने
हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय
भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी
मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु
सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड
फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ
चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी
एजेन्सी । साउदी अरबमा हाल कम्तीमा ६४ जनालाई मृत्युदण्ड दिइएको एक अधिकारवादी समूहले शुक्रबार जनाएको छ ।
युरोपेली ‘साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स (ईएसओएचआर)’ ले प्रकाशित गरेको प्रतिवेदन साउदी अरबले मृत्युदण्डको निरन्तर प्रयोग गरिरहेको भन्दै पछिल्लो आलोचना गरेको छ ।
आलोचकहरूले ‘भिजन २०३०’ सामाजिक र आर्थिक सुधार एजेन्डामार्फत आफ्नो छवि नरम पार्ने साउदी अरबको प्रयासलाई कमजोर पार्ने बताएका छन् । ईएसओएचआरका अनुसार यस वर्षको पहिलो छ महिनामा ६१ जनालाई मृत्युदण्डको सजायँ भइसकेको छ ।
एएफपीले सरकारी सञ्चारमाध्यममा आधारित भएर तयार पारेको अर्को तथ्याङ्कअनुसार जुनसम्म ६३ जना र यो महिनासम्म ७४ जनालाई मृत्युदण्ड दिइएको छ ।
ईएसओएचआरले भनेको छ, “यो डरलाग्दो दर र साउदी अरबले प्रतिज्ञा, अन्तर्राष्ट्रिय दायित्व र कानूनको निरन्तर उपेक्षा गर्दा साउदी अरबमा मृत्युदण्डको सजाय भोगिरहेका कैदीहरूको जीवनमाथि खतरा बढ्दै गएको पुष्टि हुन्छ ।” यस वर्ष मारिएकाहरूको वास्तविक सङ्ख्या ‘गोप्य’ वा ‘अघोषित’ मृत्युदण्डका कारण बढी हुन सक्ने बताइएको छ ।
“साउदी अरेबियाले पनि मृत्युदण्ड दिइएका व्यक्तिहरूको शव फिर्ता गर्न परिवारले अनुरोध गरे पनि उनीहरूका शवहरू रोक्ने आफ्नो नीतिमा अडिग रहेको छ,’ समूहले भनेको छ ।