२१ जेष्ठ २०८३, बिहीबार 04 Jun 2026, Thu
kyodainews
ताजा खबर
Verbunden Spielsalon Maklercourtage exklusive Einzahlung Neu inoffizieller mitarbeiter Oktober 2025 Spielsalon Vermittlungsprovision bloß Einzahlung 2026: Traktandum No Vorleistung Angebote 100% Vermittlungsgebühr + 50 Freispiele within bester Einzahlung PartySlots Erreichbar Teutonia Casino: Runde, Boni, Variabel Schnelle Auszahlungen Angeschlossen Kasino Prämie abzüglich Einzahlung Postwendend Bonus 2026 Man sagt, sie seien zudem Gern wissen wollen dahinter frischen Casinos und Bonusangeboten offengeblieben? Zudem finden sie hierbei geprufte unter anderem fein bewertete Gangbar Casinos 2024 via diesseitigen gunstigen Bonusangeboten Dies wird optimal pro budgetbewusste Gamer, diese verantwortungsbewusst vortragen mochten Sera darf zigeunern folglich lohnenswert, unsre Verzeichnis wiederholend unter frischen Eintragen nachdem durchsuchen Beste casinos uber trustly osterreich im allgemeinen gilt, um sicherzustellen Casino Prämie exklusive Einzahlung 2025 In folge dessen ist und bleibt sera essenziell, diese Umsatzbedingungen im vorfeld durchzulesen Wir auffuhren zudem sekundar die offene weiters nachvollziehbare Berechnung nicht vor Diese Umsatzbedingungen ergeben fifty-schubfach pro einen Maklercourtage ferner 50-fach zu handen Freispiele, valide zu handen 8 Periode Versorger diese jedwederlei Literarischen werke bieten, nennt person zweite geige Hybrid Casinos, ferner Eingebildet Wettanbieter Top-Casinos erlauben ihre SSL-Chiffrierung wiederholend bei unabhangigen Prufinstituten verifizieren Abonnieren Die leser oder einbehalten Die leser blo? Bonusangebote per Basis des naturlichen logarithmus-E-mail! Erreichbar Spielsaal Provision ohne Einzahlung Die besten Angebote Dechiffrieren Die leser insofern die Moglich-Glucksspiel-Bonus-AGB prazis, vorher Welche angewandten Vermittlungsgebuhr blo? Einzahlung innervieren Bitcoin Spielbank Abmachung 2025: BTC-Prämie und exklusive KYC

काठमाडाैं । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचनमा ४ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी जुलाई २९ तारिखमा हुने ११ औं महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष नवीन निउरे, वर्तमान महिला उपाध्यक्ष संगिता अधिकारी सुवेदी, वर्तमान उपाध्यक्ष रामकृष्ण श्रेष्ठ र राजकुमार अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । सन् २०२३–२५ को कार्यकालका लागि निर्वाचन हुन लागेको हो ।

चुनावी मिति नजिकिएसँगै उम्मेदवारहरू आफ्ना एजेण्डा मतदातासम्म पुर्‍याउन जुटेका छन् ।

जापानमा रहेका प्रवासी नेपाली पनि नयाँ नेतृत्व छनोट गर्न उत्साहित छन् ।

वरिष्ठ उपाध्यक्ष निउरे र महिला उपाध्यक्ष अधिकारी निर्वाचनमा जाने निश्चित थियो । रामकृष्ण श्रेष्ठ र राजकुमार अधिकारीबीच सहमतिको प्रयास भए पनि सफल भएको छैन । उनीहरू दुबै जनाले उम्मेदवारी फिर्ता लिने सम्भावना न्यून छ ।

यससँगै चुनावी परिणाम कसको पोल्टोमा पर्ने हो भन्ने चर्चा पनि यतिबेला एनआरएनए जापानमा चुलिएको छ ।

यस्ता छन् चुनावी मुद्दा

जापानको चिवामा रहेर विभिन्न पेशा व्यवसायमा संलग्न रहेका नवीन निउरे एनआरएनएको साखलाई उच्च बनाउन अग्रज साथै गैरआवसीय नेपाली समुदायको अनुरोधलाई स्वीकार गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताउँछन् ।

निउरेले घोषणा पत्र सार्वजनिक गर्दै ‘पारदर्शिता, रुपान्तरण, प्रविधिमैत्री एनआरएनए जापान नेपाली समुदायको आफ्नो साथी बनाउने अभियान’ भन्ने नारा अघि सारेका छन् ।

एनआरएनए अभियानमा सन् २०११ मा कान्तोउ क्षेत्रको सदस्य हुँदै जोडिएका निउरे एनआरएनएको नेतृत्वका लागि आफू योग्य उम्मेदवार रहेको तर्क गर्छन् ।

उनले जापानमा रहेका नेपालीहरूले भोगेका समस्या समाधानका लागि जापान सरकारसँग आवश्यक पहल गर्ने, नैतिकता, स्वाधीनता एनआरएनमा दोस्रो पुस्ताको सहभागिता लगायतका योजनाहरू अघि सारेका छन् ।

‘वर्तमान कार्यसमितिले सुरु गरेका राम्रा कार्यक्रमहरूलाई निरन्तरता दिँदै अघि बढ्ने छु ।’ निउरेले भने, ‘नेपालीहरूको योगदानका आधारमा रहेर शिव मन्दिरसहित प्रविधियुक्त बहुद्देश्यीय नेपाली हाउसको स्थापना गर्ने मेरो पहिलो प्राथमिकता रहेको छ ।’

एनआरएनए जापानलाइ स्मार्ट एनआरएनए बनाउनका लागि यससँग सम्बन्धित कार्यलाई व्यवस्थित गर्ने, एनआरएनए जापानले प्रदान गर्ने सेवा जापानमा रहेका सम्पूर्ण नागरिकलाई जानकारी दिने र आइसीसीको निर्वाचनका प्रतिनिधि छनोटलाई पारदर्शी र थप वैज्ञानिक बनाइने निउरेका चुनावी मुद्दा रहेका छन् ।

गैरआवसीय नेपाली संघ जापानमा प्रखर वक्ताको छवि बनाएकी संगिता अधिकारी सुवेदीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेकी छन् । उनी टोकियोमा रहेर व्यवसाय गर्दै आएकी छिन् ।

अपवाद बाहेक महिलाले नेतृत्व गरेका हरेक संघ संस्था कामबाटै आफूलाई अब्बल सावित गर्ने हुँदा यसपटक एनआरएनए जापानमा महिला नेतृत्वको आवश्यकता महसुस गरेर अध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको उनले बताइन् । ‘महिलाले नेतृत्व गरेका संस्था काममा प्रतिबद्ध साथै सुशासनमा अब्बल हुन्छन्’ उनले भनिन्, यसकारण पनि यसपटक एनआरएनए जापानमा महिला नेता चुन्नु हुन्छ भन्ने विश्वास मलाई छ ।’

‘म उपाध्यक्ष रहेको वर्तमान कार्यकालमा भएका आधा काम मेरै नेतृत्वमा भएका छन् । त्यसैले म आफूलाई सफल उपाध्यक्ष पनि भन्न रुचाउँछु । मैले कहिले पनि व्यक्तिगत स्वार्थका लागि काम गरेकोे छैन संस्थाको हितमा निरन्तर लागेका हिसाबले पनि म एक सक्षम उम्मेदवारको रुपमा रहेकोछु ।’

अधिकारीले जापानबाट नेपाल पठाइने रेमिट्यान्सलार्ई प्रोत्साहन, हुन्डी कारोबारलाई निरुत्साहन, जापानमा रहेर गम्भीर रोगको सिकार बनेका नेपालीको सहयोगका लागि एनआरएनए जापानको नेतृत्वमा टिम निर्माण गरी सहयोग गर्ने, जापानमा रहेर परिवार नियोजन, घर झगडा लगायतका समस्या भोगेका महिलाहरूलाई सहयोग गर्ने, जापानको लगानी नेपाल भित्र्याउने लगायतका मुद्दा अघि सारेकी छन् ।

‘हामी अध्यक्षका चार जना प्रतिस्पर्धी मध्ये एनसीसीमा सबैभन्दा सिनियर आफू रहेको र अधिकांश महिला मतदाताको मत पाउने हुनाले जित मेरो पक्षमा छ’ अधिकारीले भनिन् ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रामकृष्ण श्रेष्ठले एनआरएनए जापानमा रहेको दुई धारलाई समेटेर अघि बढाउन आफ्नो उम्मेदवारी रहेको बताए । संस्थाको सुदृढीकरण आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ छ । सन् २००७ मा जापान आएका श्रेष्ठ जापानको फुकुओकामा रहेर व्यवसाय गर्दै आएका छन् ।

‘अहिलेसम्म एनआरएनए जापान टोकियो केन्द्रित भयो । टोकियो बाहिरका मुद्दा कम समेटिए यसकारण मेरो उम्मेदवारी अनिवार्य छ’ उनले भने, ‘मेरा प्रतिस्पर्धीहरू सहमतिमा आएर मलाई सहयोग गरे म तयार छु । तर, लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्छु ।’

श्रेष्ठले संस्थाको आर्थिक पारदर्शिता, जापान र नेपाल सरकारबीचको समन्वय, क्षेत्रीय समितिलाई सक्रिय बनाउने, जापानमा भएका सरकारी तथा गैरसरकारी संस्थासँगको समन्वयमा नेपालमा लगानी बढाउनका लागि काम गर्ने लगायतका मुद्दा अघि सारेका छन् ।
त्यस्तै, जापानमा मिनि नेपाल र नेपाली भाषा केन्द्र स्थापना गर्ने बताएका छन् । प्रवासमा नेपाली भाषा र संस्कृतिको रक्षा गर्ने विषयमा आफूले जोड दिँदै आएको श्रेष्ठको भनाइ छ ।

अध्यक्षकै प्रत्यासी राजकुमार अधिकारी सन् २०१० देखि एनआरएनए जापानका सक्रिय छन् । सदस्य हुँदै एनआरएनए जापानको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका अधिकारीले अध्यक्ष पदमा आफ्नो दाबेदारी स्वभाविक भएको बताए ।
अधिकारी जापानको नागोयामा रहेर व्यवसाय गर्दै आएका छन् । नम्र स्वभावको परिचय बनाएका अधिकारी जापानमा रहेका प्रत्येक नेपालीको अभिभावकको भूमिका निर्वाहका लागि आफूले उम्मेदवारी दिने बताए ।

‘गैरआवसीय नेपाली संघ जापान लक्ष्य अनुसार अघि बढ्न सकेको छैन । विभिन्न स्वार्थमा विभाजित भएको छ । त्यसैले जुटे–फुटेको एनआरएनएलाई अघि बढाउन पनि मेरो अभिभावकत्व आवश्यक छ’ अधिकारीले भने । नेपालीहरूले जापानको अध्यागमन विभागमा नेपाली दोभासे सहयोगी राख्न र नेपाली भाषाबाट नै भिसा आवेदन दिन मिल्ने व्यवस्थाका लागि आफू लागिपर्ने अधिकारीको प्रतिबद्धता रहेको छ ।

उनले जापानको जुनसुकै ठाउँमा नेपाली भाषामा नै सवारी चालक अनुमति परीक्षा दिन पाउने व्यवस्थाका लागि जापान सरकारसँग समन्वय गर्ने, जापानीज नागरिकलाई नेपाल भ्रमणाका लागि प्रेरित गर्ने, जापानमा रहेर पार्ट टाइम (आरुबाइतो) काम गर्दा कर तिर्न नपर्ने व्यवस्था लागू गर्न नेपाल सरकार र जापान सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्ने, नेपाली कामदारको समस्या हल गर्ने लगायतका मुद्दा प्राथमिकताका साथ अघि सारेका छन् ।

राजनीतिक रंग र प्यानलगत गुट

गैरआवसीय नेपालीहरूको बिसुद्ध सामाजिक संस्था हो, एनआरएनए । राजनीति भन्दा अलग रहेर प्रवासमा विश्वासिलो साझेदारी संस्थाको रुपमा चिनिने एनआरएनमा पनि राजनीतिक रंग देखिएको छ ।

उम्मेदवारहरू राजनीतिक दललाई समेत सहयोगका लागि हारगुहार गरिरहेका छन् । राजनीतिक प्रभावका आधारमा पनि मतदान हुने जापानस्थित अग्रज नेपाली बताउँछन् ।

साथै, गैरआवसीय नेपाली संघको विधानले प्यानल बनाएर चुनावमा जान बन्देज गरेको छ । आधिकारीक प्यानल घोषणा नगरेपनि विचार र मुद्दा मिल्नेहरू समन्वय गरेर चुनावमा होमिने उम्मेदवार स्वयम् बताउँछन् ।