१ माघ २०८२, बिहीबार 15 Jan 2026, Thu
kyodainews
ताजा खबर
बोन्डी समुद्री तटमा आक्रमण गरेको आरोपमा ७ जना पक्राउ श्रीलङ्काको विदेशी लगानी १ अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान ग्रीसको तटीय क्षेत्रमा ५४० आप्रवासीको उद्धार आयकर सीमा बढाउने विषयमा एलडीपी र डीपीपीबीच सहमति कम्बोडियाको क्यासिनो हबमा थाई सेनाद्वारा बम प्रहार जर्मनीले ५०० भन्दा बढी अफगानीलाई शरण दिने रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतको आदेश जापानको सहयोगमा धनुषामा २ विद्यालय भवन निर्माण मुद्रास्फीति नियन्त्रणका लागि जापानमा रेकर्ड बजेट प्रस्ताव विदेशीसम्बन्धी नयाँ नियमहरूबारे एनआरएनए चिबाले ‘वेबिनार’ कार्यक्रम गर्दै  कम्बोडियाको सीमा क्षेत्रमा झडप, १७ जनाको मृत्यु जापानमा तल्लो सदनको सिट घटाउने विधेयकबारे अर्को वर्ष मात्रै निर्णय हुने गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फागुनमा हुने हिंसा भड्काएको अभियोगमा धर्मगुरूलाई ३५ वर्षको जेल सजाय भारतमा बस दुर्घटना, ४ जनाको मृत्यु, ५० भन्दा बढी घाइते श्रीलङ्काको तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने तयारी मोरोक्कोमा आकस्मिक बाढी, १४ जनाको मृत्यु सन् २०२५ मा साउदी अरबमा ३४० जनालाई मृत्युदण्ड फुकुओकाको व्यावसायिक केन्द्रमा छुरा प्रहार, एक जना पक्राउ चिकित्सकको सल्लाहविना नै औषधि प्रयोग गर्दै जापानका किशोरकिशोरी

काठमाडाैं । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचनमा ४ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी जुलाई २९ तारिखमा हुने ११ औं महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान वरिष्ठ उपाध्यक्ष नवीन निउरे, वर्तमान महिला उपाध्यक्ष संगिता अधिकारी सुवेदी, वर्तमान उपाध्यक्ष रामकृष्ण श्रेष्ठ र राजकुमार अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । सन् २०२३–२५ को कार्यकालका लागि निर्वाचन हुन लागेको हो ।

चुनावी मिति नजिकिएसँगै उम्मेदवारहरू आफ्ना एजेण्डा मतदातासम्म पुर्‍याउन जुटेका छन् ।

जापानमा रहेका प्रवासी नेपाली पनि नयाँ नेतृत्व छनोट गर्न उत्साहित छन् ।

वरिष्ठ उपाध्यक्ष निउरे र महिला उपाध्यक्ष अधिकारी निर्वाचनमा जाने निश्चित थियो । रामकृष्ण श्रेष्ठ र राजकुमार अधिकारीबीच सहमतिको प्रयास भए पनि सफल भएको छैन । उनीहरू दुबै जनाले उम्मेदवारी फिर्ता लिने सम्भावना न्यून छ ।

यससँगै चुनावी परिणाम कसको पोल्टोमा पर्ने हो भन्ने चर्चा पनि यतिबेला एनआरएनए जापानमा चुलिएको छ ।

यस्ता छन् चुनावी मुद्दा

जापानको चिवामा रहेर विभिन्न पेशा व्यवसायमा संलग्न रहेका नवीन निउरे एनआरएनएको साखलाई उच्च बनाउन अग्रज साथै गैरआवसीय नेपाली समुदायको अनुरोधलाई स्वीकार गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताउँछन् ।

निउरेले घोषणा पत्र सार्वजनिक गर्दै ‘पारदर्शिता, रुपान्तरण, प्रविधिमैत्री एनआरएनए जापान नेपाली समुदायको आफ्नो साथी बनाउने अभियान’ भन्ने नारा अघि सारेका छन् ।

एनआरएनए अभियानमा सन् २०११ मा कान्तोउ क्षेत्रको सदस्य हुँदै जोडिएका निउरे एनआरएनएको नेतृत्वका लागि आफू योग्य उम्मेदवार रहेको तर्क गर्छन् ।

उनले जापानमा रहेका नेपालीहरूले भोगेका समस्या समाधानका लागि जापान सरकारसँग आवश्यक पहल गर्ने, नैतिकता, स्वाधीनता एनआरएनमा दोस्रो पुस्ताको सहभागिता लगायतका योजनाहरू अघि सारेका छन् ।

‘वर्तमान कार्यसमितिले सुरु गरेका राम्रा कार्यक्रमहरूलाई निरन्तरता दिँदै अघि बढ्ने छु ।’ निउरेले भने, ‘नेपालीहरूको योगदानका आधारमा रहेर शिव मन्दिरसहित प्रविधियुक्त बहुद्देश्यीय नेपाली हाउसको स्थापना गर्ने मेरो पहिलो प्राथमिकता रहेको छ ।’

एनआरएनए जापानलाइ स्मार्ट एनआरएनए बनाउनका लागि यससँग सम्बन्धित कार्यलाई व्यवस्थित गर्ने, एनआरएनए जापानले प्रदान गर्ने सेवा जापानमा रहेका सम्पूर्ण नागरिकलाई जानकारी दिने र आइसीसीको निर्वाचनका प्रतिनिधि छनोटलाई पारदर्शी र थप वैज्ञानिक बनाइने निउरेका चुनावी मुद्दा रहेका छन् ।

गैरआवसीय नेपाली संघ जापानमा प्रखर वक्ताको छवि बनाएकी संगिता अधिकारी सुवेदीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेकी छन् । उनी टोकियोमा रहेर व्यवसाय गर्दै आएकी छिन् ।

अपवाद बाहेक महिलाले नेतृत्व गरेका हरेक संघ संस्था कामबाटै आफूलाई अब्बल सावित गर्ने हुँदा यसपटक एनआरएनए जापानमा महिला नेतृत्वको आवश्यकता महसुस गरेर अध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको उनले बताइन् । ‘महिलाले नेतृत्व गरेका संस्था काममा प्रतिबद्ध साथै सुशासनमा अब्बल हुन्छन्’ उनले भनिन्, यसकारण पनि यसपटक एनआरएनए जापानमा महिला नेता चुन्नु हुन्छ भन्ने विश्वास मलाई छ ।’

‘म उपाध्यक्ष रहेको वर्तमान कार्यकालमा भएका आधा काम मेरै नेतृत्वमा भएका छन् । त्यसैले म आफूलाई सफल उपाध्यक्ष पनि भन्न रुचाउँछु । मैले कहिले पनि व्यक्तिगत स्वार्थका लागि काम गरेकोे छैन संस्थाको हितमा निरन्तर लागेका हिसाबले पनि म एक सक्षम उम्मेदवारको रुपमा रहेकोछु ।’

अधिकारीले जापानबाट नेपाल पठाइने रेमिट्यान्सलार्ई प्रोत्साहन, हुन्डी कारोबारलाई निरुत्साहन, जापानमा रहेर गम्भीर रोगको सिकार बनेका नेपालीको सहयोगका लागि एनआरएनए जापानको नेतृत्वमा टिम निर्माण गरी सहयोग गर्ने, जापानमा रहेर परिवार नियोजन, घर झगडा लगायतका समस्या भोगेका महिलाहरूलाई सहयोग गर्ने, जापानको लगानी नेपाल भित्र्याउने लगायतका मुद्दा अघि सारेकी छन् ।

‘हामी अध्यक्षका चार जना प्रतिस्पर्धी मध्ये एनसीसीमा सबैभन्दा सिनियर आफू रहेको र अधिकांश महिला मतदाताको मत पाउने हुनाले जित मेरो पक्षमा छ’ अधिकारीले भनिन् ।

अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रामकृष्ण श्रेष्ठले एनआरएनए जापानमा रहेको दुई धारलाई समेटेर अघि बढाउन आफ्नो उम्मेदवारी रहेको बताए । संस्थाको सुदृढीकरण आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ छ । सन् २००७ मा जापान आएका श्रेष्ठ जापानको फुकुओकामा रहेर व्यवसाय गर्दै आएका छन् ।

‘अहिलेसम्म एनआरएनए जापान टोकियो केन्द्रित भयो । टोकियो बाहिरका मुद्दा कम समेटिए यसकारण मेरो उम्मेदवारी अनिवार्य छ’ उनले भने, ‘मेरा प्रतिस्पर्धीहरू सहमतिमा आएर मलाई सहयोग गरे म तयार छु । तर, लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्छु ।’

श्रेष्ठले संस्थाको आर्थिक पारदर्शिता, जापान र नेपाल सरकारबीचको समन्वय, क्षेत्रीय समितिलाई सक्रिय बनाउने, जापानमा भएका सरकारी तथा गैरसरकारी संस्थासँगको समन्वयमा नेपालमा लगानी बढाउनका लागि काम गर्ने लगायतका मुद्दा अघि सारेका छन् ।
त्यस्तै, जापानमा मिनि नेपाल र नेपाली भाषा केन्द्र स्थापना गर्ने बताएका छन् । प्रवासमा नेपाली भाषा र संस्कृतिको रक्षा गर्ने विषयमा आफूले जोड दिँदै आएको श्रेष्ठको भनाइ छ ।

अध्यक्षकै प्रत्यासी राजकुमार अधिकारी सन् २०१० देखि एनआरएनए जापानका सक्रिय छन् । सदस्य हुँदै एनआरएनए जापानको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका अधिकारीले अध्यक्ष पदमा आफ्नो दाबेदारी स्वभाविक भएको बताए ।
अधिकारी जापानको नागोयामा रहेर व्यवसाय गर्दै आएका छन् । नम्र स्वभावको परिचय बनाएका अधिकारी जापानमा रहेका प्रत्येक नेपालीको अभिभावकको भूमिका निर्वाहका लागि आफूले उम्मेदवारी दिने बताए ।

‘गैरआवसीय नेपाली संघ जापान लक्ष्य अनुसार अघि बढ्न सकेको छैन । विभिन्न स्वार्थमा विभाजित भएको छ । त्यसैले जुटे–फुटेको एनआरएनएलाई अघि बढाउन पनि मेरो अभिभावकत्व आवश्यक छ’ अधिकारीले भने । नेपालीहरूले जापानको अध्यागमन विभागमा नेपाली दोभासे सहयोगी राख्न र नेपाली भाषाबाट नै भिसा आवेदन दिन मिल्ने व्यवस्थाका लागि आफू लागिपर्ने अधिकारीको प्रतिबद्धता रहेको छ ।

उनले जापानको जुनसुकै ठाउँमा नेपाली भाषामा नै सवारी चालक अनुमति परीक्षा दिन पाउने व्यवस्थाका लागि जापान सरकारसँग समन्वय गर्ने, जापानीज नागरिकलाई नेपाल भ्रमणाका लागि प्रेरित गर्ने, जापानमा रहेर पार्ट टाइम (आरुबाइतो) काम गर्दा कर तिर्न नपर्ने व्यवस्था लागू गर्न नेपाल सरकार र जापान सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्ने, नेपाली कामदारको समस्या हल गर्ने लगायतका मुद्दा प्राथमिकताका साथ अघि सारेका छन् ।

राजनीतिक रंग र प्यानलगत गुट

गैरआवसीय नेपालीहरूको बिसुद्ध सामाजिक संस्था हो, एनआरएनए । राजनीति भन्दा अलग रहेर प्रवासमा विश्वासिलो साझेदारी संस्थाको रुपमा चिनिने एनआरएनमा पनि राजनीतिक रंग देखिएको छ ।

उम्मेदवारहरू राजनीतिक दललाई समेत सहयोगका लागि हारगुहार गरिरहेका छन् । राजनीतिक प्रभावका आधारमा पनि मतदान हुने जापानस्थित अग्रज नेपाली बताउँछन् ।

साथै, गैरआवसीय नेपाली संघको विधानले प्यानल बनाएर चुनावमा जान बन्देज गरेको छ । आधिकारीक प्यानल घोषणा नगरेपनि विचार र मुद्दा मिल्नेहरू समन्वय गरेर चुनावमा होमिने उम्मेदवार स्वयम् बताउँछन् ।